जापानमा एक कपडा कम्पनीले यस्तो ब्रा उत्पादन गरेको छ जसमा पंखा र पानी राखिएको हुन्छ । गर्मी महिनामा महिलाका लागि शितलता दिन भन्दै कम्पनीले यस्तो ब्रा को उत्पादन गरेको हो ।
गर्मीबाट छुटकारा पाउनका लागि महिलाहरुले यस्तो ब्रा लगाउन सक्ने यो ब्रा को उत्पादक कम्पनी ट्रम्प इन्टरनेशनलले जनाएको छ । यो ब्रा भित्र विशेष प्रकारको थैलीमा पानी भरिएको हुन्छ । यदि महिलाले गर्मी महसुस गरेमा ब्रा मा भएको एउटा तुना तानेर उक्त थैलीबाट पानीको पिच्किरीले हाम्रो वक्षस्थल भिजाउन सक्छन् । यतिले पनि शितलता नदिएमा ब्रा मा राखिएको पंखा चलाउन सक्ने बताइएको छ ।
कम्पनीले यस्तो शितल स्तनदानीको साथमा महिलाको तल्लो अन्तरवस्त्र पनि बनाएको छ । कम्पनीले उत्पादन गरेको उक्त जालीयुक्त शितल मिनिर्स्कर्टले शितलता प्रदान गर्नुका साथै लामखुट्टेको टोकाइबाट समेत बचाउने कम्पनीको भनाइ छ ।
यो अन्तराष्ट्रिय कम्पनीले जापानमा बिजुलीको बचत गर्नका लागि यस्तो ब्रा र मिनिर्स्कर्टको डिजाइन तयार पारेको जनाएको छ । गतवर्षको सुनामी र भुइँचालोपछि जापानमा उत्पन्न उर्जासंकटका कारण बिजुली अपुग भएको भन्दै महिलाले घरमा विजुलीबाट पंखा चलाउन नपरोस् र बिजुली बचत होस् भनी यस्ता वस्त्र उत्पादन गरिएको हो ।
हालै टोकियोमा एक कार्यक्रमबीच यो पंखा तथा पानी जडित ब्रा लोकार्पण गरियो । उपभोक्ताहरुलाई यो ब्रा किन्न एउटा जेल पनि दिइने छ । यो ब्रा लगाउनुभन्दा दुइघण्टा पहिलेसम्म प्रिmजरमा राख्नुपर्नेछ ।स्रोत : अनलाइनखबर









0 comments:
Post a Comment