Tuesday, November 25, 2014

मोदीले किन गरे प्रियंका चोपडाको तारिफ ? (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत’ अभियानमा राजनितिक व्यक्तित्वदेखि लिएर बलिउडका धेरैजसो हस्तीहरु निकै मन लगाएर भाग लिइरहेको देखिएका छन् । बलिउडको कुरा गर्ने हो भने आमिर खान, सलमान खान र अमिताभ बच्चनपछि अब नायिका प्रियंका चोपडा पनि यो अभियानको हिस्सा बनेकी छिन् ।

प्रियंका चोपडाले युट्युबमाथि यो अभियानमा भाग लिएको एक भिडियो अपलोड गरेकी छिन् जहाँ उनी भारतस्थितछ वरसोवाको एउटा इलाकामा गएर सरसफलाई गरेको देखिएकी छिन् । उनलाई यो अभियानमा त्यहाँका बच्चाहरुले पनि साथ दिएका थिए । यहि इलाकामा प्रियंकाको फिल्म ‘अग्निपथ’को सुटिङ भएको थियो । प्रियंका भन्छिन्, ‘मेरो उद्देश्य यहाँको सरसफाई मात्र नभई यो ठाउँमा फेरि बस्ती बसाउनु हो । ’

प्रियंकाको यो कदमलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तारिफ गरेका छन् । मोदीले ट्विट गर्दै भनेका छन्, ‘प्रियंकाद्वारा गरिएको यो कार्य निकै राम्रो छ । मानिसहरुलाई एकैसाथ ल्याउनु र स्वच्छ भारत बनाउनु निकै ठुलो कुरा हो । ’ (एजेन्सी) 

 Watch Video

Friday, October 17, 2014

जन विद्रोहको नेतृत्व गर्ने प्रचण्डको घोषणा

३१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् ।

२२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने- ‘तर, यदि विगतका सन्धि सम्झौताविरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न गर्न तयार छु ।’
हतियार बुझाउनुस्, सात दिनमा संविधान बनाउँछौं भनियो । तर, कांग्रेस र एमालेबाट मलार्इ विश्वासाघात भएको छ जनयुद्ध सुरु गर्नुअघि मंसिर २२ मा खुलामञ्चबाट जनता विद्रोहमा जाँदैछन् भनेको स्मरण गराउँदै प्रचण्डले २२ दललाई खेलाँची नठान्न आग्रह गरे । उनले भने- ‘२२ दलले विद्रोह गरे १० वर्षे जनयुद्ध भन्दा ठूलो विद्रोह हुन्छ ।’

उनले खुलामञ्चको सभा आन्दोलन नभएर सरसल्लाह एवं कांग्रेस र एमालेलाई सुझाव दिने सभा मात्रै भएको बताए । उनले भने- ‘यो त सरसल्लाह सभामात्रै हो, उनले भने हामी सरसल्लाह गरिहरेका छौं ।’
पछिल्लो दिनमा कांग्रेस र एमाले नेताहरुले आफूलाई राजनीतिक संयन्त्रको नेता कि २२ दलको पहिला प्रष्ट पार्न आग्रह गरेको भन्दै प्रचण्डले आफू दुबैको नेता भएको बताए । दुबैको उद्देश्य सहमति गर्ने र संविधान बनाउने भएको भन्दै उनले तँ यता कि उता भनेर प्रश्न गर्नु नै इमान्दारिता नभएको बताए ।
उनले अघि भने- ‘कांग्रेस संयन्त्र रोज्छन् कि जनताको एजेण्डा रोज्छन् भन्नुहुन्छ भने मलाई संयन्त्र चाहिँदैन, म जनता रोज्छु ।’

हतियार बुझाउँदा विश्वासघात भयो
विगतमा कांग्रेस-एमालेले हतियार बुझाउनुस्, सात दिनमा संविधान बनाउँछौं भनेर कांग्रेस र एमालेले आफूलाई झुक्याएको भन्दै उनले भने-‘मलाई विश्वासघात भएको छ ।’
कैयौं वर्षदेखि सत्तामा बसेका जाली फटाहाहरुले बिगि्रयो भनेर प्रचार गर्छन् र उनीहरुले राज गर्छन् । यस्तो कुरा अबदेखि नपत्याउनोस्
एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेलाई पत्याउनु आफ्नो पनि कमेजारी भएको स्वीकार गरे ।
बाह्रबुँदेदेखि भएका विभिन्न सम्झौतामा पहिचान र संघीयतासहितको नयाँ नेपालको कल्पना गरिएको तर, त्यो ठाउँबाट कांग्रेस र एमालेले बाटो बिराएको उनले बताए । अब बाटो बिराएको ठाउँबाटै फेरि सुरुवात गर्नुपर्ने भन्दै प्रचण्डले भने-‘एक दिन, राति वा विहान सबै सम्झौता हेर्नुस् र प्रतिवद्धताप्रति इमान्दार हुनुस् ।’
प्रचण्डले कांग्रेस र एमालेलाई भने- ‘आज २२ दलले भन्दैछन् सुन्नुस् हाम्रो कुरा, जनताका कुरा । हिजो गरेका सम्झौता पल्टाएर हेर्नुस् र अघिल्लो संविधानसभामा जुन विन्दुमा थियौं, त्यही विन्दुमा जानुस् ।’
आपसमा खुट्टा नतानौं
एमाओवादी अध्यक्ष प्रचण्डले २२ दलीय मोर्चाभित्रै एकले अर्काको खुट्टा तान्ने रोग रहेको भन्दै यो रोगलाई हटाएर एकतावद्ध भई विद्रहशेमा जानुपर्ने बताए ।

मोर्चाबाटै विभिन्न दलहरुले आफूलाई खुट्टा दह्रोसँग टेक्छस् कि टेक्दैननस् भनेर सोध्ने गरेको प्रशंग दोहोर्‍याउँदै प्रचण्डले सबैभन्दा बढी ठक्कर आफूले खाएको हुनाले राष्ट्रलाई जोड्ने नेताको रुपमा आफले भुमिका खेल्ने प्रतिवद्धता मञ्चबाटै व्यक्त गरे ।
‘हामी आफ्नै मान्छेको खुट्टा तानेर अघि जाने संस्कार बनाइदिएको छ, हामीले ठक्कर खायौं, मैले बढी खाएँ । अझै के के हुने हो । जान्नेलाई घरछेउमै पहिरो छभनेजस्तो छ,’ प्रचण्डले भने,’खुट्टा तान्ने रोगबाट हामी निको पारेर अघि बढौं ।’

‘जाली फटाहा’का कुरा नसुन्न आग्रह
सत्ताधारीहरुले आफ्नो र मधेसी दलका नेताहरुको रेडियो र पत्रिबाट बदनाम गर्ने गरेको भन्दै त्यस्तो कुरा नपत्याउन प्रचण्डले कार्यकर्तासँग आग्रह गरे ।
‘प्रचण्डले छाडिसक्यो भनेर रेडियोबाट भन्दियो, कागजमा लेखिदियो भने हामी त्यसैको पछि लाग्छौं, उनले भने- ‘कैयौं वर्षदेखि सत्तामा बसेका जाली फटाहाहरुले बिगि्रयो भनेर प्रचार गर्छन् र उनीहरुले राज गर्छन् । यस्तो कुरा अबदेखि नपत्याउनोस् ।’

‘झुक्याएर मस्यौदा समितिबाट समानुपातिक, समावेशी हटाइँदैछ । खुलेआम पनि, लुकेर पनि हटाइँदैछ,’ सभामा प्रचण्डले भने, ‘संघीयतामाथि प्रहार भइ नै राखेको छ, पाँच विकास क्षेत्र, पाँच विकास क्षेत्र भनिँदैछ । स्थिति गम्भीर छ ।’

प्रचण्डले आफूले सवै जाति, समुदाय, वर्ग र लिंगलाई जोड्ने बताए । ‘लिम्बुवानले लिम्वुवान लान्छ, तमुवानले तमुवान लान्छ, राष्ट्रलाई जोड्ने नेता तँ हुन्छस् भनेर साथीहरुले सोध्नुहुन्छ,’ प्रचण्डले भने, ‘पर्शुराम तामाङ र ऋषि कट्टेलजीहरुले पनि दह्रोसँग खुट्टा टेक्नुहुन्छ ? भन्नुभएको छ ।’
शनिबार २२ दलको बैठक बसेर नयाँ निर्णयका साथ अघि बढ्ने बताउँदै प्रचण्डले एक्लै केही गर्न नसकिने तर २२ दल मिल्यो भने ठूलो विद्रोह हुने बताए ।
- See more at: onlinekhabar.com

Tuesday, September 9, 2014

कहिले देख्नुभएको छ कुकुरको जस्तो मुख भएको माकुरा ? (भिडियोसहित)

लण्डन– के तपाईंले कहिले ‘स्पाइडर–डग’ दुख्नुभएको छ ? अर्थात, यस्तो प्राणी जसको अनुहार कुकुरको जस्तो र शरिर माकुराको जस्तो । पक्कै पनि देख्नुभएको छैन नि ? तर पोल्याण्डको सडकमा एउटा यस्तै जीवले मानिसहरुको होस–हवास लिइरहेको छ र उनीहरु आफ्नो ज्यान बचाउनका लागि उक्त जीवबाट भागिरहेका छन् । तल दिइएको भिडियोमा तपाईंले यो अचम्मको जीव सडकमा दौडिरहेको देख्नसक्नुहुन्छ । कोही मानिसले यो जीव देख्दा निकै आत्तिएर भाग्ने गरेको पनि भिडियोमा देख्न सकिन्छ ।

सडकमा, पार्कमा, लिफ्टमा अथवा भर्याङ्मा, जताततै यो जीव अचानक देखा परिरहेको छ । यो जीवको अनुहार कुकुरको जस्तो र आठवटा खुट्टा भएको शरिर माकुराको जस्तो छ । जसले यसलाई निकै डरलाग्दो स्वरुप दिएको छ । यसैकारण पनि मानिसहरु यो जीवलाई देखेर निकै डराउने गर्दछन् । तर तपाईंलाई यो जानकारी दिऊँ कि यो ‘स्पाइडर–डग’ कुनै वास्तविक जीव नभई एउटा रमाइलो कार्यक्रमको हिस्सा हो । सिलवेस्टर नामका युवकले आफ्नो कुकरलाई माकुराको जस्तो फर भएको कपडा लगाइदिए र उक्त कुकुरलाई सडकमा छोडिदिए । यस्तो लुगा लगाइदिएपछि उक्त कुकुर कुकुर नभई जिउँसो राक्षरजस्तो देखियो । त्यसपछि के भयो भन्ने कुरा त तपाईंले यो भिडियोमा हेर्न सक्नुहुन्छ । थुप्रै मानिसहरुलाई आफ्नो शिकार बनाएको यो भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । हेरौँ हामी पनि यो ‘स्पाइडर–डग’ को आतंक । (एजेन्सी)रातोपाटी

Monday, September 1, 2014

आमासँग पाँच लाख उठाउन कलेज हिडेका छोराको अपहरण

काठमाडौं : पारिवारिक लेनदेनकै कारण कलेज जाँदै गरेका एक विद्यार्थी सोमबार अपहरणमा परेका छन्। काष्ठमण्डप कलेज जाँदै गरेका वीरेन क्षेत्री सोमबार बिहान अपहरणमा परेका हुन्।

कालीमाटी प्रहरी वृत्तका प्रमुख नायव उपरीक्षक यज्ञविनोद पाखरेलले लेनदेनको विवादका कारण अपहरण भएको सूचना प्रहरीलाई प्राप्त भएको बताए।

प्रहरीका अनुसार वीरेनकै आमाले सापटी लिएको पाँच लाख नतिरेपछि सुशान्त पोखरेलसहितको टोलीले वीरेनलाई अपहरण गरेको थियो।

पटकपटक ताकेता गर्दा पनि वीरेनकी आमाले पैशा नतिरेपछि छोरालाई अपहरण गरेर पैशा असुल्ने योजनाअनुसार अपहरण गरिएको थियो। प्रहरीका अनुसार वीरेन अपहरण मुक्त भइसकेका छन्। वीरेनकै आमा सम्पर्कमा आएकी छैनन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।annapurnapost

Tuesday, August 12, 2014

एमआरपी पासपोर्ट बनाएर लिन नजानेलाई चेतावनी

२७ साउन, काठमाडौं । सहज एवं छिटो तरिकाले राहदानी नपाइएको गुनासो आउने गरेका बेला एमआरपी पासपोर्ट बनाएर लिन नजानेहरुको संख्या बढेको छ । पासपोर्ट बनाएर मानिसहरु लिनै नआएपछि नारायणहिटीमा रहेको राहदानी विभाग समस्यामा फसेको छ ।

परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने तर, लिन नजानेहरुलाई विभागले यथाशिघ्र सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारी गर्न बाध्य भएको छ । लिन नआएर कानूनअनुसार गर्ने विभागले चेतावनीसमेत दिएको छ ।

०६७ पुस १७ गतेदेखि लागू गरिएको मेसिन रिडेबल पासपोर्टका लागि निवेदन दिएर लिन नआएकाहरुलाई साउन मसान्तसम्ममा सम्पर्क गर्न विभागले भनेको छ ।दश हजार रुपैयाँ खर्चेर दू्रत सेवामार्फत राहदानीका लागि निवेदन दिनेहरु सम्पर्कमा नआएपछि विभागले साउन ३१ गतेसम्म सम्पर्कमा आएर राहदानी लैजान भनेको हो ।

विभागले मंगलबार सूचना प्रकाशित गरेर नलगिएका राहदानी साउन ३१ गते विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिने जनाउँदै राहदानी बाहकलाई सम्पर्कमा आउन भनेको छ ।साउन ३१ सम्ममा राहदानी लिन नआएमा कानुन अनुसार प्रक्रिया अघि बढाउने जनाउँदै विभागले आवश्यक प्रमाणसहित उपस्थित हुन भनेको छ । द्रूतसेवाको सदुपयोग गर्दै दोब्बर दस्तुर अर्थात १० हजार रुपैयाँ खर्चेर राहदानी विभाग नारायणहिटीमा निवेदन दिएकाहरु राहदानी लिन नआएपछि समस्या भएको हो ।

सरकारले नियमित प्रक्रियाबाट राहदानी लिनेसँग ५ हजार दस्तुर लिने गरेको छ । नियमित प्रक्रियाबाट राहदानी लिँदा कम्तिमा ३ महिना कुर्नुपर्ने बाध्यता छ भने दोब्बर दस्तुर तिर्दा विभागले एक हप्तामा राहदानी दिने गरेको छ । अनलाइन खबर

Sunday, August 10, 2014

नेपाली सदाबहार अभिनेता श्रीकृष्‍ण श्रेष्‍ठको निधन

काठमाडौं: नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। भारतको नयाँदिल्‍लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको शनिबार राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्।वैवाहिक दाम्‍पत्‍यमा बाँधिएको केही सातामै उनी उपचारको लागि भन्दै अभिनेता श्रीकृष्ण श्रीमती श्‍वेता खड्कासँगै भारत गएका थिए। त्‍यही सिलसिलामा गत असार २७ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। उनको फक्सोमा पानी जमेकाले केही महिना यता प्राय विरामी भइरहन्‍थे।

श्रीकृष्णको निधनको खबरलाई निर्देशक आकाश अधिकारीले पुष्टी गर्दै भनेका छन् 'दिल्लीबाट मलाई एका बिहानै फोन आयो, घटना राति नै घटेको रहेछ। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म पनि जाने तयारीमा छु।' उनी बोल्‍दाबोल्दै रोकिए।अभिनेता श्रीकृष्णले पहिलो पटक वि स २०४५ सालमा 'भूमरी' नामक नेपाली चलचित्रमा आफ्नो यात्रा सुरु गरेका थिए। उनले 'भूमरी'  चलचलित्रमा एउटा कलेज ब्‍वाईको रुपमा अभिनय गरेर 'कसम' चलचित्रमा हिरोको साथी र 'पुकार' चलचित्रमा भिलेनको भूमिका खेल्दै वि. स. २०४७ सालमा छविराज ओझाको चलचित्र 'नाता' मार्फत नायकको रुपमा नेपाली चलचित्रमा पाइला चालेका थिए। श्रीकृष्णको उमेर ४७ बर्ष रहेको बताइएको छ।

उनले दर्जनौ नेपाली चलचित्रमा आफ्नो कलाकारितालाई नजिकबाट नियालेर दर्शकको मन जितेका थिए। उनले नेपाली समाजको यथार्थपरक घटनालाई समेटिएको चलचित्रलाई आफ्नो कर्म र धर्म मनेका थिए।केही साता अघि मात्रै उनले आफुलाई सधै नेपाली समाजलाई रुपान्तरण गर्ने लक्ष्‍य लिएर चलचित्रमा अभिनय गर्ने गरेको इमेज एफएमको 'इन्साइड स्टोरी' मार्फत व्‍यक्त गरेका थिए।तर उनलाई रोगले च्‍याप्दा भने उनी 'इन्साइड स्टोरी'मा बोल्दाबोल्दै पटक-पटक खोक्‍न बाध्‍य हुन्‍थे र आफ्नो आवाज सबै श्रोतामाझ पुर्‍याउन सहजता अपनाउनतिर लाग्‍थे।

नेपाली चलचित्रलाई दर्जनौ सुपरहिट सिनेमा दिएका श्रीकृष्णले आफ्नै लागनीमा बनाएको नेपाली कथानक चलचित्र 'कोहिनूर' गत शुक्रबाट देशभरका हलहरुमा चलिरहेको छ। यसअघि श्रीले बनाएको 'कहाँ भेटिएला?' चलचित्र नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल भएको थियो। उनीद्धारा अभिनित गोर्खाली, जंगबाज, सुख-दु:ख, ए मेरो हजुर, आफन्‍त लगायत दर्जनौ  नेपाली चलचित्र चर्चित छन्।
तीनदिन अघि अभिनेता श्रीकृष्ण  श्रेष्‍ठले बोल्‍न नसक्दानसक्दै पनि आफ्नो आवजमा यसरी व्‍यक्त गरेका थिए। अन्नपूर्ण पोस्ट

Saturday, August 9, 2014

चरी मरे संगै सकियो प्रेमिकाको मौन अठोट

काठमाडौ : म एउटी केटी भएर भन्‍न त नमिल्ने हो तर, संसारमा कतिपय ठुला घटनाहरु केटीकै कारणले भएका छन् भनिन्छ। दुर्भाग्यवस् मेरो सन्दर्भमा पनि त्यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरूबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन।

संसारका चर्चित अपराधिहरु आज समाजका हिरो वनेका छन । यस्ता कुराहरु धेरै पढे अनी सुने पनि। कतिपय पढेका राम्रा कुराहरुलाई आत्मासाथ गर्थे । तर, जिवनमा पढेका र सुनेका कतिपय कुराहरु आज आफै भोग्दै छु । लामो समय देखीका मिल्ने र छिट्टै जिबन साथी वन्न लागेका धादिङका चरी उपनामले चिनिएका दिनेश अधिकारीलाई मैले गुमाए ।

दिनेशसँग मेरो चिनजान झण्डै डेढ वर्ष अघि मात्र भएको थियो। नया वजारमा भएको मेरो बालवालिका सेल्टरमा एक सडक बालकलाई लिएर उनी आएका थिए। पहिलोपटक भेट्दा नै मलाई ऊ कुनै गुन्डा वा डनजस्तो लागेन। त्यही चिनजानले विस्तारै हाम्रो भेट बाक्लिदै गयो।

हाम्रो भेट हुनुमा पुराना साथी अपर्ण कोईरालाको पनि हात छ। कोईरालाको हामी दुवैसँग राम्रै सम्वन्ध थियो। पछि आपसी मनमुटाबका कारण हाम्रो सम्वन्ध किनारा लाग्यो । दिनेशको शालिनतावाट म उनीप्रती आर्कषित हुँदै गए। त्यो कुरा मैले आफ्नो परिवारमा राखे।

शुरुमा त परिवार पनि हच्कियो। समाजमा नराम्रो छवि बनाएकासँग सम्बन्ध किन गास्ने भन्ने पनि भयो। आमाले 'भोलि यो मान्छे जेल जान सक्छ त्योबेला तिमी तयार छौं ?' भन्‍ने प्रश्‍न गर्नुभयो।

म पहिल्यै तयार थिए। किनभने मैले संसारका धेरै अपराध पृष्ठभूमिका मानिस सुध्रिएर धेरै ठूला मानिस भएको देखेको थिए। पढेको थिए। रत्नाकर डाकु वाल्मिकी बनेको त हाम्रै धर्मले भन्छ। मैले दिनेशलाई यस्ता कुरा पढन भनेर दिएको थिए।

दिनेशसँग बुबाआमाको भेटपछि उहाँहरूको पनि पूरानो धारणा बद्लियो। किनभने उनी दुनियाँले देखेजस्तो कतै थिएनन्।

दुवै पक्ष राजी भए पछि गएको दशैंमै टिकाटालोको गर्ने योजना थियो। तर, दिनेशको परिवारमा आफन्तको मृत्यु भए पछि त्यो सम्भव भएन। यो दशैंमा हामी टिकाटालो गर्दै थियौ। अब त्यो सबै सकियो। मान्छे नै रहेन।

मान्छे मन पराउदा केहि देखिन्न। मलाई दिनेश मन पर्‍यो। मैले हेर्दा उसलाई कतै अपराधी जस्तो देखिन। उसले युवा उमेरमा गरेका अपराधहरुले उसलाई 'मोस्ट वान्टेड' बनाएको थियो।

धेरैका लागि हाम्रो जोडी अस्वभाविक लाग्थ्यो। तर, हामी एउटा उदाहरणीय जोडी बन्न चाहान्थ्यौं। म उसलाई पूरै सुधारेर अर्कै मान्छे बनाउन चाहान्थे। वास्तवमा म एउटा प्रयोग गर्न चाहान्थे।

म गृहमन्त्रीको भनाईलाई चुनौती दिन्छु। गृहमन्त्रीले दोहोरो भिडन्तमा दिनेश मारिएको प्रमाण दिन सक्नुहुन्छ ? म पैसाको लागि दिनेशको माया जालमा फसेको होईन । मेरो परिवार आर्थिक रुपमा सवल र सक्षम छ ।
हो, म एउटा प्रहरीले भनेको 'डन' को गर्लफ्रेन्ड थिए। त्यसैले कतिबेला के होला भन्ने त लागिरहन्थ्यो। तर, ऊ यसरी मारिएला जस्तो मलाई कहिल्यै लागेन। धेरै भए प्रहरीले पक्रेला, जेल जाला भन्‍नेसम्म थियो।

दिनेशको मृत्युलाई हाम्रो दुवै परिवारले सुनियोजित हत्याको रुपमा लिएको छौ । दिनेशको हत्याको छानविन होस र हामीहरु न्यायको खोजीमा छौ। प्रहरी दोहोरो भिडन्तमा दिनेश मारिएको दावी गर्छ । तर, म दावाका साथ भन्छु , दिनेश दोहोरो भिडन्तमा मारिएको प्रमाण प्रहरीले ल्याउन सक्छ ?।

दिनेश मारिएको स्थानमा मुचुल्का उठाउने बेलामा प्रहरीले किन परिवारका सदस्यहरुलाई जान दिएन ?। दिनेश दाहोरो भिडन्तमा मारिएका होईनन, प्रहरीले उनको हत्या गरेको हो ।

दिनेश मारिएको दिन विहान सॉढे नौ वजे भाईवरमा उनीसॅग कुरा भएको थियो मेरो। झण्डै एक महिना अघि मात्र उनी काठमाडौ आएका थिए । दिनेश केही समय भारतमा वसे । पछिल्लो समय उनी अदालतमा आत्मासर्मपण गर्ने गरी काठमाडौ आएका हुन ।

त्यसबारेमा हाम्रो दैनीक जसो वकिलसॅग छलफल भईरहेको थियो । उपप्रधान तथा गृहमन्त्रीले दिनेशको हत्या प्रकरणलाई लिएर संसदमा दिएको जवाफ पनि सुने मैलै । उहॉले प्रहरीले दिएको रिपोर्ट पढेर सुनाउनु भएको रैछ ।

तर, म गृहमन्त्रीको भनाईलाई चुनौती दिन्छु। गृहमन्त्रीले दोहोरो भिडन्तमा दिनेश मारिएको प्रमाण दिन सक्नुहुन्छ ? म पैसाको लागि दिनेशको माया जालमा फसेको होईन । मेरो परिवार आर्थिक रुपमा सवल र सक्षम छ ।

मैले ग्यालेक्सी, काठमाडौ विश्वविद्यालयको स्कुल, जेभियर एकेडेमी हुँदै विश्‍वको चर्चित विश्‍वविद्यालय वेलायतको अक्सफोर्डबाट स्नातकोत्तर तहको पढाई सकाईसके । म ईज्जतका साथ आफनो जिवन जिउन सक्छु । मैलै बॉच्नकै लागि दिनेशको सहारा लिएका हैन। हामी निस्वार्थ प्रेमले गॉजिएका थियौ। त्यसैको एघटा कारण बन्यो, दिनशको हत्या।अन्न्पूर्ण पोस्ट

 (अन्‍नपूर्णकर्मी रविन गिरी र शम्‍भु कट्टेलले ओलीसँग गरेको कुराकानीमा आधारित)

Wednesday, July 16, 2014

के तपार्इको काखी गनाउँछ? किन यस्तो हुन्छ र के गर्नु पर्छ हेर्नुस

गर्मीयाममा हामीलाई घामले मात्रै सताउँदैन । आफ्नै शरीरको दुर्गन्धले पनि पार्नु हैरान पार्छ । त्यसको एक मात्र कारक हो— पसिना ।

धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु हुन्छ । केही व्यक्तिलाई बढी पसिना आए पनि गन्हाउँदैन, कसैलाई कम पसिना आए पनि त्यो अति गन्हाउने हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ ।

पसिना आउनु प्राकृतिक प्रक्रिया हो । यसकै कारण कसैका अघि लज्जित हुनुपर्ने अवस्थालाई भने केही निश्चित प्रक्रिया अपनाएर धेरै हदसम्म कम गर्न सकिन्छ ।

पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ  । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने उल्लेख गर्दै धुलिखेल अस्पतालको छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'पसिना आफैंमा गन्हाउने नभए पनि छालामा भएको जीवाणुले यसलाई एरोमैटिक फ्याट्टी एसिडमा परिवर्तित गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।'

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । शरीरको छालाको आद्रता कायम रहोस् भनेर पसिना निस्किने गरेको उल्लेख गर्दै डा. कर्ण बढी गर्मीमा छाला सुक्खा नहुन, नबिग्रन प्राकृतिक रूपमा पसिना निस्किने गरेको जनाउँछन् । 

पसिना निस्केर सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व रहिरहन्छ । यही तत्त्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्छ । यी तत्त्वहरूलाई छालाबाट तुरुन्त नहटाउँदा बिमिरासमेत उत्पन्न गर्छ ।

थाइराइड असन्तुलनले समेत बढी पसिना आउन सक्ने जनाउँदै डा. कर्ण थाइराइड, कार्सिनोइड सिन्ड्रोम आदिमा पसिना बढी निस्किएर दुर्गन्ध बढ्ने गरेको बताउँछन् ।

शरीरको केही खास खण्ड अर्थात् काखी, तिघ्राको काप आदिबाट पसिना बढी आउँछ । त्यहाँ प्रोटिन र तेल बढी निस्किँदा ब्याक्टेरिया छिट्टै हुर्किन्छ । डा. कर्णका अनुसार कापमा आद्रता बढी हुनु, हावाको प्रवाह नहुने भएकोले बढी मात्रामा दुर्गन्धको अनुभव हुन्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै पसिनाको समस्या भएकाहरू दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिने डा. कर्ण बताउँछन् ।

पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ । दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदलनाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । ती ठाउँमा एन्टि- फंगल/ब्याक्टेरियल पाउडर लगाउँदा समेत राहत मिल्न सक्छ । काखी, तिघ्राको काप, थाई, गर्घन, छाती छेउछाउ दिनहुँ राम्ररी साबुनपानीले धुँदा पनि राहत हुने डा.कर्ण बताउँछन् ।

गर्मी याममा भने सैडलसँगै सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । धेरै बढी पसिना गन्हाउने समस्या भएकाहरूले नुहाएपछि डियोडरेन्ट (दुर्गन्धनाशक) र एन्टिपर्सिपिरेट (पसिना रोक्ने) उपयोग गर्न सक्छन् । पसिनाको दुर्गन्ध सामान्य उपायबाट नगए एकपटक छाला रोग विशेषज्ञको सल्लाह लिन सल्लाह दिँदै डा. कर्ण भन्छन्, 'अन्य शारीरिक समस्याले समेत दुर्गन्ध देखिन सक्छ त्यसैले विज्ञ चिकित्सकको परामर्श आवश्यक हुन्छ ।'

जर्मनीलाई विश्‍वकप जिताउने मारियो गोचे को हुन? उनको नेपाली सम्‍बन्‍ध हेर्नुस

काठमाडौं: हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।
मारियोले तीन महिनायता पश्‍चिम नेपालका मुक्त कमलरी बालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्।

कमलरीका बारेमा सुनेपछि मारियोले आफू सहयोगका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। 'कमलरीको समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागि सहयोग गर्न तयार हुनुभएको हो', प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने।

प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धेरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीका समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्न इच्छा देखाएका हुन्।

मारियोसहित अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालाई स्कुल पठाउने, बढी उमेरकालाई सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ। पाँचवर्षे यो परियोजनामा कमलरीलाई शिक्षा र सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालाई आफ्नै खर्चमा पढाउँदै आएका छन्। प्लान इन्टरनेसनल जर्मनीका अनुसार फिलिपिन्स, ब्राजिल र बुक्रिनाफासोका बालिकालाई उनको सहयोग छ। ब्राजिलमा भने बालिकाको फुटबल सीपमा उनले सहयोग पुर्‍याइरहेका छन्। नेपालबाट सुरु भएको 'चिल्ड्रेन निड फ्रेन्ड' (बालबालिका साथी चाहन्छन्) अभियान संसारका ८२ देशमा छ।

केसीका अनुसार प्लान इन्टरनेसनल जर्मनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँदा बालिकामाथि विभेद देखेपछि यस्तो अभियान संसारभर थालिएको हो। प्लानले त्यही नारालाई आफ्नो आधिकारिक नाराका रूपमा प्रयोग गर्दै आएको छ।

प्लान नेपालका अधिकारीले मारियोले आफ्नो सहयोगका कार्यक्रम हेर्ने इच्छा देखाए तत्काल नेपाल आउने व्यवस्था मिलाउन सकिने बताए। पहिलोपटक विश्वकपमा खेलेका २२ वर्षीय मारियो बायर्न म्युनिख क्लबबाट फुटबल खेल्छन्। अन्न्पूर्णपोस्ट