Monday, June 23, 2014

इराकमा रहेका नेपालीहरुलाइ इराक छाड्न सरकारको आग्रह

काठमाडौं । सरकारले तत्काल इराक छाड्ने नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।
इराकको सुरक्षा अवस्थामा कुनै सुधार नआएको बरु थप भूभाग असुरक्षित बन्ने खतरा रहेको भन्दै सरकारले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन तथा छिटो इराक छोड्न अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा बसेको मन्त्रालयका उच्च अधिकृतहरुको बैठकमा हालसम्मको स्थिति समिक्षा हुनुका साथै आगामी कदम र उद्धारलाई अझै प्रभावकारीरुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । इराकमा रहेका नेपालीलाई पारेको प्रभावका विषयमा मन्त्रालयले अनुमगनका साथै उद्धारका लागि सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले इराकभित्र रहेका नेपालीका विषयमा कुनै पनि प्रकारको सूचना मन्त्रालयको टोल फ्रि नम्बर १६६०-०१-००१८६ वा rescus@mofa.gov.np मा जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment