Wednesday, May 23, 2012

संविधान सभाको म्यादबारे मुख्य दलहरुको बैठक आज बस्दै I

काठमाडौ, जेठ १०,

सरकारले संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव गरेपछिको अवस्थाबारे छलफल गर्न मुख्य दलहरुको बैठक आज बस्दैछ । बुधवार विहान सिंहदरबारमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधानसभाको म्याद, संविधान लेखन र विवादित विषयमा छलफल गर्ने कार्यक्रम रहेको एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।

बाँकी पाँच दिनमा सकभर सहमति जुटाउनेबारे छलफल केन्द्रित हुने उहाँले बताउनुभयो । दलहरुबीच विवाद समाधान पनि गर्दै जाने र संविधानसभाको म्याद तीन महिना थप्ने मंगलवार बेलुकी सहमति भएको थियो ।

त्यसै अनुसार अन्तरिम संविधानको १३ औं संशोधनको लागि सरकारले बुधवार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment