Saturday, May 31, 2014

प्रहरी र सेनाबीच रडाको

नारायणहिटी दरबार संग्रहालय छिर्नासाथै दाहिनेपट्टि नेपाल प्रहरीको एउटा कार्यालय देखिन्छ, महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म। जसको नामले नै संग्रहालयको समग्र सुरक्षाको जिम्मा प्रहरीले लिएको बुझाउँछ।

प्रहरी गुल्म कार्यालय पार गरनिसक्दै दायाँबायाँ प्रहरीका दुईवटा सुरक्षा सेन्ट्री पोस्ट छन्। यही क्षेत्र भएर संग्रहालय प्रवेश गरन्िछ। भित्र छिरेपछि भने नेपाली सेनाका सुरक्षा पोस्ट भेटिन्छन्। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नासाथै यस क्षेत्रको सुरक्षाको जिम्मा कसको हुने भन्नेमा राज्यका दुई प्रमुख सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीबीच मतभेद देखिएको थियो, जुन अहिलेसम्म सल्टिएको छैन। यद्यपि, खुला रूपमा दुवै निकाय यसबारेमा टिप्पणी गर्न चाहँदैनन्।

दरबार क्षेत्र सरकारी सम्पत्तिमा परिणत भइसकेकाले त्यसको सुरक्षा राज्यको 'सिभिलियन' निकायले लिनुपर्ने प्रहरीको तर्क छ। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, "सार्वजनिक सम्पत्ति भएपछि त्यसको सुरक्षा गर्ने जिम्मा स्वतः प्रहरीको हुन्छ।


संसारभरिको अभ्यास यही हो।" तर, सेनाले भने राजा हटे पनि उक्त जग्गा नेपाली सेनाकै भएकाले आफूहरू नारायणहिटीबाट नहट्ने अडान लिएको छ, जसले गर्दा नारायणहिटीको सुरक्षा प्रहरी र सेनाले आ-आफ्नो क्षेत्र छुट्याएर गररिहेका छन्। नारायणहिटीको दक्षिण गेटदेखि पश्चिम गेटसम्मको बाहिरी घेरा प्रहरी सुरक्षामा छ भने राजदरबारको कोर क्षेत्र सेनाको सुरक्षामा चलेको छ। संग्रहालय भवनका लागि सेनाका आठवटा सेन्ट्री पोस्ट छन्। त्यसबाहेक संग्रहालयदेखि उत्तरको पूरा भाग सेनाको उपत्यका पृतना र गण बसेको छ।

एकै क्षेत्रमा दुई सुरक्षा निकायको उपस्थितिले कमान्डिङ कन्ट्रोलमा समस्या उत्पन्न हुन सक्ने जोखिम रहेको सुरक्षा विश्लेषकहरू बताउँछन्। पूर्वसचिव मोदराज डोटेल भन्छन्, "यस्तो अवस्थामा राम्रो संयोजनको अभाव भयो भने खतरा हुन सक्छ।" तर, आ-आफ्नो क्षेत्र छुट्याएकाले त्यस्तो समस्या हालसम्म नआएको गुल्मका प्रहरी निरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन्। भन्छन्, "तर, भित्रका कुरा हामीलाई केही पत्तो हुँदैन।"

राजदरबारको बगैँचासमेत सर्वसाधारणले नियाल्न पाउँदैनन्। यो उद्यान सेनाको तालिम गर्ने क्षेत्र नजिकै रहेकाले मानिसको आवतजावत बढ्दा काममा बाधा हुने भन्दै सेनाले रोकेको हो। "कम्तीमा पनि टाढैबाट औँलाले देखाउन भए पनि दिनु भन्दा पनि सेना चलमलाएन," संग्रहालय प्रमुख लेखबहादुर कार्कीको कथन छ। कार्कीको भनाइले सेना संग्रहालयप्रति टसमस नहुने अडानमा रहेको बुझिन्छ।

गणतन्त्र घोषणा भएर नारायणहिटी राजदरबार राज्यको सम्पत्तिमा परण्िात भएको आधा दशक पार गरे पनि यसको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको मातहतमा आउन सकेको छैन। पूर्वी मूल गेटको ताल्चासाँचो लिएर मात्रै प्रहरी बसिरहेको अवस्था छ। एसएसपी खनालका अनुसार सेनालाई सरकारले ठाउँ उपलब्ध गराएर नारायणहिटीको सम्पूर्ण सुरक्षा जिम्मा प्रहरीलाई सुम्पने भद्र सहमति बनेको थियो । "त्यो भद्र सम्झौता कार्यान्वयन हुने हो भने अहिले नारायणहिटीको सुरक्षा प्रहरीमा आउनुपथ्र्यो," उनी भन्छन्। खनालले ३० जेठ ०६५ मा सेनाबाट नारायणहिटी दरबारको सुरक्षाको जिम्मेवारी बुझेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी प्रहरी प्रधान कार्यालयले यसबारेमा कुनै धारणा बनाइनसकेको बताउँछन्। "सरकारले जे निर्णय गर्छ, त्यही कार्यान्वयन हुन्छ," उनी भन्छन्।

साँचोको सेरोफेरो

नेपाल गणतन्त्र घोषणा भएपछि ०६५ जेठ अन्तिममा राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिँदा सिंगो मुलुक खुसीमा डुबे पनि देशका प्रमुख दुई सुरक्षा अंग नेपाल प्रहरी र नेपाली सेनाबीच भने दरबारको साँचो कसले राख्ने भन्ने विषयमा मतान्तर थियो। प्रहरी राजाको सम्पत्ति राज्यको भइसकेकाले त्यसको सुरक्षा सिभिल प्रहरीले गर्नुपर्ने लबिङमा थियो भने नेपाली सेना साँचो आफैँ राख्ने दाउमा थियो। राजा निस्किएपछि त्यहाँको सम्पत्ति कसले रेखदेख गर्ने भन्नेमा गृह मन्त्रालयको सुरक्षा समितिमा सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधिबीच लामो समय छलफल चलेको थियो।

त्यही बेला नेपाल प्रहरीले आफू सिभिल प्रहरी भएकाले सुरक्षाको जिम्मा आफैँले लिने प्रस्ताव गरेको थियो। सशस्त्र प्रहरीले समेत चासो देखाएको थियो। तर, प्रहरीले चलाखी गरेर सुरक्षा समितिमा प्रस्ताव लग्नासाथै नारायणहिटीको दक्षिणी मूल गेटमा प्रहरी खटाएको थियो। "त्यतिबेलासम्म सेनालाई राजाको नजिकको विश्वसनीय शक्तिका रूपमा हेरिन्थ्यो। त्यसैले सेनालाई सुरक्षाको जिम्मा दिँदा त्यहाँ सम्पत्ति सुरक्षित नहुन सक्छ भनेर सबैलाई मनाइयो," समितिको बैठकमा सहभागी एक जना उच्च प्रहरी अधिकारी भन्छन्।

प्रहरीले संग्रहालयसहित नारायणहिटीभित्र सुरक्षा पोस्ट खडा गर्ने प्रस्ताव गरेको थियो। तर, सेनाले मूल गेटभन्दा दुई सय मिटर भित्रसम्म मात्रै प्रहरीको पहुँच दियो। सुरक्षा समितिका अधिकारीहरूसँग सेनाका सेन्ट्री बसेका ठाउँमा समेत प्रहरी बस्ने मौखिक सहमति भएको थियो। प्रहरी निरीक्षकको कमान्डमा १ सय २६ प्रहरी नारायणहिटी दरबारको बाहिरी परसिरको सुरक्षामा खटिएको छ। कोर क्षेत्र भने अझै पनि सेनाकै कब्जामा छ। दक्षिण मूल गेटदेखि पश्चिम राहदानी विभागसम्मको सुरक्षा गुल्मले हेर्ने गरेको छ। "भित्री भागमा हाम्रो उपस्थिति छैन," प्रहरी निरीक्षक राजभण्डारी भन्छन्, "नामचाहिँ नारायणहिटी सुरक्षा छ, कामचाहिँ राहदानी सुरक्षा भइरहेको छ।"



सेनाका कारण सकस

नारायणहिटीमा रहेको सेनाको ब्यारेक सुरक्षाको विषयमा मात्रै सीमित छैन। संग्रहालयसँग पनि द्वन्द्व बढेको छ, सेनाको। त्यहीँको ब्यारेकसमेत विस्थापित गर्ने पक्षमा रहेको संग्रहालय सेनाले थप जग्गामा दाबी गरेपछि झनै झस्किएको हो। सिंहदरबारमा रहेको सेनाको घोडचढी पल्टन र ब्यान्ड गुल्मलाई नारायणहिटीमा स्थानान्तरण गर्ने निर्णय भएपछि संग्रहालयको मौलिकता गुम्ने भन्दै संग्रहालय कार्यालयले यसको विरोध गररिहेको छ। सेनाले नारायणहिटीमा थप १ सय ७४ रोपनी जग्गासमेत मागेको छ।

२ असार ०६५ को मन्त्रिपरिषद् बैठकले नारायणहिटी दरबार क्षेत्रलाई ऐतिहासिक संग्रहालयको रूपमा विकास गर्ने निर्णय त गर्‍यो तर घुम्न जानेहरूले अहिलेसम्म नारायणहिटीका महत्त्वपूर्ण पाटो हेर्न पाउँदैनन्। नारायणहिटीको ६० प्रतिशतभन्दा बढी क्षेत्र नेपाली सेनाले ओगटेको छ। सेनाकै नियन्त्रणका कारण दरबारका कतिपय कुरा आगन्तुकलाई संग्रहालयले देखाउन पाएको छैन। साना-ठूला गरी झन्डै आधा दर्जन हेलिकप्टर बस्न सक्ने क्षमताको हेलिप्याड नारायणहिटी घुम्न जाने सर्वसाधारणले हेर्न पाउँदैनन्। त्यो हेलिप्याड सेनाको तालिम गर्ने थलोमा परण्िात भएको छ। राजा तथा राजपरिवारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तालिम दिने फायरङि रेन्ज पनि सेनाकै अधीनमा छ। "दरबारको सुरक्षा कसरी हुन्थ्यो भन्ने सुरक्षाको मोडालिटी सर्वसाधारणलाई देखाउन मिल्ने गरी मात्रै सेनाको उपस्थिति बनाउनुपर्छ। ब्यारेक नै राख्नु जरुरी छैन," संग्रहालयका प्रमुख कार्की भन्छन्।
ठाउँ छाड्नु त टाढाको कुरा भो, सेनाले नयाँ भौतिक संरचनासमेत थपेको छ नारायणहिटीभित्र। आठ-आठ कोठे दुईवटा एकतले भवन निर्माण केहीअघि मात्रै सकिएको छ। ७ सय ५४ रोपनीमा फैलिएको नारायणहिटीमा थप संरचना बनाउँदा दरबार परसिरको मौलिक स्वरूप देखाउन नसकिने   कार्कीको भनाइ छ।

संग्रहालयलाई व्यवस्थित बनाउन सरकारले गठन गरेको नारायणहिटी संग्रहालय गुरुयोजना तयारी समितिलाई समेत सेनाले ६ महिनासम्म राय-सल्लाह दिएन। ०६९ फागुनमा सरकारले ०७० सालभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैठकमा समितिले ६ महिनाअघि राय प्रतिक्रिया दिन नारायणहिटी दरबार क्षेत्रको नक्सासहित सेनालाई दिएको थियो। तर पनि सेनाले जवाफ दिन त परै जाओस्, नक्सासमेत गायब बनाइदिएको संग्रहालय प्रमुख कार्की बताउँछन्। सेनाले वास्ता नगरेपछि समितिले सेनाको असहयोगसहितको प्रतिवेदन बुझाउने तयारी गररिहेको छ। "सेनाको व्यवहारले नै समयमै प्रतिवेदन बुझाउन सकिएन," कार्की थप्छन्, "यी सबै कुरा समेटेर गुरुयोजना बुझाउने तयारीमा छौँ।" कान्तिपुरबाट
भिडियो हेर्न बीचमाक्लिक गर्नुस भिडियो पेज खुल्दा बजेन या error message or चलेन भने कृपया यसैको कमेन्ट बक्समा कमेन्ट लेख्नु होला

अब तेल अभाव नहुने

काठमाडौ, जेष्ठ १७ - अख्तियारले उच्च पदस्थ कर्मचारीलाई थुना राखेपछि तेल आपूर्ति प्रभावित हुने अनुमान गरिरहेका बेला आयल निगमले भने कुनै असर नपर्ने जनाएको छ ।

'निगमको दैनिक काम कारबाहीमा कुनै फरक पर्दैन,' निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, 'तेल बिक्री वितरण सुचारु छ । जारी नै रहनेछ ।' अख्तियारको कारबाहीपछि निगमका कर्मचारीले पेट्रोल कारोबार ठप्प पार्ने चेतावनी दिँदै आएका थिए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नयाँ निमित्त कार्यकारी निर्देशक नियुक्ति गरी निगमको काम कारबाहीलाई निरन्तरता दिन निर्देशन दिएपछि कर्मचारीले रोकेका छन् ।

निमित्त कार्यकारी निर्देशकमा गोइत सिफारिस निगममा नयाँ कार्यकारी निर्देशकको खोजी सुरु भएको छ । नयाँ निमित्त कार्यकारी निर्देशकमा निगमकै वरिष्ठ कर्मचारी वीरेन्द्र गोइतको नाम सिफारिस भएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले निमित्त कार्यकारी निर्देशकमा गोइतको नाम सिफारिस गरेको हो । 'शुक्रबारको बैठकमा नयाँ निमित्त कार्यकारी निर्देशको छनोटमै केन्दि्रत भयो,' घिमिरेले भने, 'गोइतको नाम मन्त्रालयमा सिफारिस गरेका छौं ।'

कस्ले चलाउँछ पशुपतिनाथलार्इ

काठमाडौ, जेष्ठ १६ - पशुपतिनाथले चलाएको देश, भनेर मुलुकको बेथिति जनाउन सबैलाई सजिलो होला । आपत पर्दा आराध्यदेवकै दुहाई दिन उत्तिकै सहज । तर स्वयं पशुपति नै कसरी चलेको छ त ?
पहिलो कुरो, पशुपतिको ढुकुटीमा के के छ भन्ने नै रहस्यमा छ ।२००२ देखिमात्र भित्रिएका सामानको लगत राख्न थालिएकाले त्यसअघि ढुकुटीमा के के राखिए भन्ने कसैलाई थाहा छैन ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यको अनुमानमा त्यहाँ बहुमूल्य रत्न, जवाहरात, मणिमाणिक्य छन् । त्यहाँको हीरा बेलायतमा जँचाइयो, अमूल्य ठहर भयो । त्यो एउटै जाँचेको आधार हो, पशुपतिको ढुकुटीबारे बखान हाल्ने । कोषका सदस्य सचिव गोविन्द टन्डनका अनुसार चन्द्रशमशेरले करिया मोचन गर्दा ढुकुटीको ३ लाख ६७ हजार रुपैयाँ चलाएका थिए ।
पशुपतिनाथका नाममा अथाह सम्पत्ति छ  हेर्नुस।
 ७ हजार रोपनीभन्दा बढी जग्गा छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको जग्गा त्यसमै पर्छ । नागरिक उड्डयन प्राधिकरण र पाँचतारे हयात होटलले पनि पशुपतिकै जग्गा भोगचलन गरेको छ । यति हुँदासमेत पशुपतिको आयस्ता निम्छरै छ । सदस्य सचिव गोविन्द टन्डनका अनुसार पशुपतिले कुतबापत प्रतिरोपनी १ हजार ३ सय रुपैयाँ पाउँछ । 'जग्गामा ६६ प्रतिशत स्वामित्व पशुपति र ३३ प्रतिशत मोहीको हो,' उनी थप्छन्, 'तर पशुपतिले पाउने कर निकै कम छ ।' नागरिक उड्डयन प्राधिकरणले गल्फ कोर्सलाई ३ सय ३५ रोपनी जग्गा भाडामा दिएको छ । उसले प्रतिरोपनी १ हजार ३ सय रुपैयाँको दरले ३ सय रोपनीको कुत कोषलाई बुझाउँछ । बाँकी ३५ रोपनीको ३५ वर्षदेखिको कुत अझैसम्म बुझाइएको छैन । तिलगंगा आँखा अस्पताल निर्माण गर्न पशुपतिले जग्गा दिएको हो । यसबाट उसलाई सुको आम्दानी हुन्न । मुनाफा सेयर गर्ने सहमति भए पनि अस्पतालले नाफामूलक संस्था होइन्ा भन्ने जवाफ दिएको टन्डनले बताए ।

पूर्वकोषाध्यक्ष वैद्यका अनुसार चार किल्ला -चाबहिल, रातो पुल, कालोपुल, तिलगंंगासम्म) को जग्गा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले १८७० सालमा स्थानीयको सहमति लिएर पशुपतिमा चढाएका थिए । त्यतिबेलै जग्गा अरूको नाममा दर्ता भएकाले सबैलाई मोही कायम गरिएको थियो । यसबाहेक सरकारका साथै भक्तजनले विभिन्न समयमा चढाएका -पशुपतिको नाममा नामसारी गरिदिएका) जग्गा पशुपतिको आयस्ताको स्रोत हो ।

२०४६ सालमा पञ्चायतको अन्तिम सरकार -लोकेन्द्रबहादुर चन्द नेतृत्वको) ले मन्त्रिपरिषद्को अन्तिम बैठकको निर्णयबाट कोषलाई गोठाटारमा ५ सय रोपनी सार्वजनिक जग्गा दिएको थियो । त्यो जग्गाबाट वाषिर्क २ करोड आम्दानी हुन्छ । व्यवस्थित नबनाइँदा भेटीघाटीबाट पशुपतिको आम्दानी नगण्य थियो । त्यो सबै भट्ट र भण्डारीले बाँडीचुँडी लिन्थे, नाममात्रको रकम भण्डारमा दाखिला गरिन्थ्यो । वैद्यका अनुसार भेटीघाटीलाई ५ भाग लगाइन्थ्यो, एकभाग मूल भट्टले लिन्थे । बाँकीलाई फेरि ५ भाग लगाएर ३ भाग भट्टहरूले र २ भाग भण्डारीले लिन्थे । भेटीघाटी व्यवस्थित गर्ने नियमावली -२०६८ साल चैत २६) लागू भएपछि सबैलाई मासिक दक्षिणा -तलब) को व्यवस्था गरिएको छ । २०६८ मा भेटीघाटीबाट १ लाख रुपैयाँ आम्दानी भएको जनाइएको थियो । तर गत वर्षमात्र ३ करोड रुपैयाँ दाखिल भयो । मूल भट्टको तलब मासिक २ लाख १९ हजार रुपैयाँ छ । चार जना भट्टको जनही १ लाख ६९ हजार रुपैयाँ छ । भण्डारीले १ लाख रुपैयाँका दरले दक्षिणा पाउँछन् । यसबाहेक हालै भट्टहरूले आन्दोलन गरेपछि विशेष पूजाबाट कमिसन पाउने भएका छन् । विशेष पूजामा खर्च गरी बचेको रकमबाट १८ प्रतिशत बराबर रकम भट्ट/भण्डारीले कसिमन पाउने छन् । १८ प्रतिशत बराबर हुने रकमबाट मूल भट्ट, भट्ट र भण्डारीले क्रमशः ७.२, ३.६ र ०.५ प्रतिशत रकम पाउने छन् ।

 पूर्वकोषाध्यक्ष वैद्य यसलाई कमिसन नभई दक्षिणा भन्छन् । नियमावली लागू भएदेखि उनीहरूले विशेष पूजाबापत दक्षिणा पाएका थिएनन् । 'पूजा गराएपछि पण्डितलाई धेरथोर दक्षिणा त दिनैपर्छ,' उनी भन्छन् । अहिलेको गतिमा विशेष पूज्ाा हुँदा मूल्ा भट्टले अब महिनामा करिब १० लाख रुपैयाँ थाप्ने छन् । अन्य चार जनाको भागमा जनही सात लाख रुपैयाँ पर्नेछ । दुई सन्तानलाई शैक्षिक वृत्तिको सुविधा दिइएको छ । वर्षमा दुई पटकसम्म घर आवत जावत गर्न हवाई टिकट पनि कोषले उपलब्ध गराउँछ ।

नियमावली लागू हुनुअघि मूल भट्टले ३ सय ६५ मुरी धान र प्रत्येक पूणिर्मामा चारमासा सुनको औंठी पाउँथे । नियमावली बनाएर आम्दानी व्यवस्थित बनाउन थालेपछि २ वर्षमै पशुपतिको खातामा १८ करोड रुपैयाँ बचत भइसकेको छ । २०६८ मा नियमावली लागू भएपछि विशेष पूजाबाटै वाषिर्क करिब ७ करोड रुपैयाँ आम्दानी भयो । हाल पशुपतिमा पाँच किसिमका विशेष पूजा गरिन्छन् । यस्ता पूजा गराउने दैनिक २ सय हुन्छन् । २०६९ देखि अहिलेसम्म ३८ हजार जनाले यस्तो पूजा गराइसकेका छन् । १ हजार १ सय रुपैयाँदेखि ९ लाख रुपैयाँसम्मका विशेष पूजा हुन्छन् । ९ लाख रुपैयाँको विशेष पूजा गर्नेमा अमिताभ बच्चन र बच्चु सिंह नामका भारतीयमात्र छन् । २५ लाख रुपैयाँसम्मको विशेष पूजाको व्यवस्था गर्ने तयारी भइरहेको टन्डनले बताए ।

२०२२ सालदेखि विशेष पूजाको प्रचलन सुरु भएको हो । सस्तो विशेष पूजामा एक जना पण्डितले रुद्री पाठ गर्छन् । ९ लाख रुपैयाँको पूजामा १ सय ३३ पण्डितले एक महिना रुद्री पाठ गर्छन् । पशुपतिले गत वर्ष ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो । सदस्य सचिव टन्डनका अनुसार सबैभन्दा बढी १५ करोड रुपैयाँ मन्दिरमा छिर्न नपाउने पर्यटकबाट संकलन भएको थियो । कोषले पशुपति क्षेत्र प्रवेशमा जनही १ हजार रुपैयाँ शुल्क लिन्छ । आत्मनिर्भर पशुपतिलाई स्वायत्तता दिनुपर्नेमा समस्या देखाएर मन्त्रालयको पकडमा लिने प्रयास हुने गरेको छ । 'हातमा घाउ आएपछि औषधि गर्नुपर्ने हो,' उनले भने, 'हातै काट्ने कुरा हुन्छ ।' पशुपतिको मूल मन्दिरमा १ मूल भट्ट, ३ भट्ट र २ सहायकसहितको १ भण्डारीले पूजा चलाउँछन् ।

मूल भट्ट र भट्ट कर्नाटकको ब्राह्मण परिवारबाट ल्याउने परम्परा मल्लकालदेखि यथावत् छ । पशुपतिको चार किल्लाभित्र राजभण्डारी परिवारमा जन्मिएको, स्वजातीय विवाह गरेको मात्र भण्डारी बन्न हक लाग्छ । १ सय ३८ भण्डारी छन्, भण्डारी सूचीमा रहेकाहरू एकचोटिमा ३ जनाका दरले पालैपालो १ महिनाका लागि मन्दिरको पूजामा हुन्छन् । पशुपतिको सम्पत्ति रेखदेख गर्न ९ जना बिसेट हुन्छन् । यसमा एक जना नाइके हुन्छन् । भण्डार दाखिला गर्नुअघि गरगहना र बहुमूल्य वस्तुको रेखदेख उसको मुख्य ड्युटी हो ।

 बिसेट हुन पनि चार किल्लाभित्रै र बिसेट परिवारमै जन्मिनुपर्छ । कोषको दैनिक प्रशासनमा १ सय ९२ कर्मचारी छन् । यसबाहेक पूर्णकालीन र आंशिक गरी ७० जना रैरकमी छन् । पशुपतिमा हुने जात्रालगायतका काममा तीनै रैरकमी सहभागी हुन्छन् । पशुपतिको ढोका खोल्ने, फूल पुर्‍याउने, बाँदर धपाउने, जात्रामा कसैले खट बोक्ने, कसैले खड्ग बोक्नेजस्ता जिम्मेवारी रैरकमीको हुन्छ ।

 बिहान ४ बजे सुरु हुने पशुपतिको पूजा दिउँसो सवा २ बजेसम्म जारी रहन्छ । ५ देखि ७ बजेसम्म फेरि खुल्छ । मूल भट्टले सञ्चालन गर्ने गुठी १२ वटा छन् । बर्सेनि निकालिने जात्रा नै १४ वटा छन् । हरेक पूणिर्माको साँझ पशुपतिमा महाभोग -महास्नान) लगाइन्छ । ७ मुरी, ७ पाथी, ७ अञ्जुली, ७ चिम्टीको अन्न भाग लगाएर गरिने महाभोगको खर्च ८/९ लाख रुपैयाँ हुन्छ । सिन्धुपाल्चोकको फटकसिलामा ५ सय ६६ रोपनी र गोकर्णमा १ हजार ६ सय ३३ रोपनी जग्गा गुठी राखिएको छ, त्यसको आयस्ताबाट महाभोगको खर्च जुटाइन्थ्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि स्थानीयले आयस्ता दिन छाडेकाले गुठी संस्थानले खर्च बेहोर्दै आएको छ । 'पशुपति क्षेत्र झन्डै चौबीसै घन्टा र वर्षैभरि सांस्कृतिक रूपमा जीवन्त भइरहने मन्दिर हो,' टन्डन भन्छन् । चार धाम दर्शन गरे पनि पशुपतिनाथ दर्शन नगरे अपूरो हुने हिन्दुधर्मीमा विश्वास छ । यसैले भारतबाट ठूलो संख्यामा दर्शनार्थी आउँछन् । पशुपतिमा आस्था राख्ने भारतमा मात्र होइन मलेसिया, फिजी, मरिसस, इन्डोनेसियामा समेत थुप्रै छन् । पूर्वाधारको विकाससँगै हिन्दुधर्मी भएका ठाउँमा प्रवर्द्धन गर्नसके पशुपतिले मुलुकमा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउनसक्ने टन्डनले बताए ।

 पूर्वकोषाध्यक्ष वैद्यले संग्रहालय निर्माण गरी पशुपतिको ढुकुटीमा रहेका बहुमूल्य जवाहरात, मणिमाणिक्य प्रदर्शन गर्नुपर्ने धारणा राखे । 'यस्ता रचनात्मक विकास गर्नसके पशुपति मुलुकमा धनावषर्ा गराउने सम्पत्ति हो,' उनले थपे । कोषले वेद विद्याश्रममा प्रत्येक वर्ष ७५ जिल्लाका एक-एक जनालाई छात्रवृत्तिमा संस्कृत पढाउँछ । यसमा सवा करोड खर्च हुन्छ । अब पशुपतिले विश्वविद्यालय, अस्पताललगायतका सेवा विस्तार गर्नुपर्ने वैद्यले बताए । सबै धार्मिक कार्य व्यवस्थापन गर्न राणाकालमै श्री ५ गुठी बन्दोबस्त अड्डा र श्री ३ गुठी बन्दोबस्त अड्डा थिए । तिनले पशुपतिको व्यवस्थापन हेर्थे । राणाकालमै पशुपतिको पूजा व्यवस्थापन गर्न पशुपति गोस्वारा अड्डा स्थापना भएको थियो । पशुपति गोस्वाराले गरिबलाई हण्डी वितरणका साथै पूजाको अनुगमन र सरसफाइको काम हेथ्र्यो । पशुपति गुठीको जग्गाको संरक्षण र कुत असुल्न पशुपति अमालकोट कचरी अनि अरू सम्पत्तिबाट कर असुली र पूजा, जात्रा आदिका सामग्री बन्दोबस्त गर्न भण्डार तहबिल कार्यालय उही बेलादेखि छन् । राणा शासनसँगै दुईवटा बन्दोबस्ती अड्डा खारेज भए ।

२०२१ सालमा गुठी संस्थान स्थापना गरी त्यसैअन्तर्गत पशुपतिलाई राखियो । पशुपति गोस्वारा गुठीको सम्पर्क कार्यालय थियो । तर गुठी संस्थानबाट पशुपतिको समुचित व्यवस्थापन हुन नसकेको आवाज स्थानीय स्तरबाट उठेपछि २०३२ सालमा भूपालमान सिंह कार्कीको अध्यक्षतामा पशुपति क्षेत्र विकास समिति गठन भएको थियो । भट्टसँग विवाद भएपछि भूपालमान सिंहले पद छाड्न पर्‍यो ।

२०४३ सालमा कोष स्थापना भएपछि पशुपतिको व्यवस्थित विकास सुरु भएको हो । कोषले गुरु योजना बनाएर क्षेत्रको विकास गरिरहेको छ । यतिखेर सरकारले पशुपति क्षेत्रको विकासलाई राष्ट्रिय गौरवको आयोजनामा प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आउने आर्थिक वर्षमै यसको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।

 पञ्चायतमा राजा कोषको संरक्षक, रानी अध्यक्ष र सम्बद्ध मन्त्री उपाध्यक्ष हुन्थे । प्रजातन्त्रमा संरक्षक प्रधानमन्त्री, अध्यक्ष मन्त्री छन् । अस्थिर सरकारसँगै कोषको कामकारबाही प्रभावित हुने गरेको छ । पशुपति क्षेत्रमा सयौं मन्दिर भए पनि तिनमा पशुपति र जयबागेश्वरी मन्दिरमात्र कोषअन्तर्गत छन् । गुह्येश्वरीलगायतका बाँकी मन्दिर गुठी संस्थान अधीनस्थ छन् । दुई निकायले सञ्चालन गर्दा एकरूपता कायम हुन नसकेको सदस्य सचिव टन्डनले बताए ।कान्तिपुर दैनिक पत्रिका

Friday, May 30, 2014

आयल निगमका अधिकारीविरुद्ध कारबाही

काठमाडौं : घाटामा गएको नेपाल आयल निगमका कर्मचारीलाई गैरकानुनी रूपमा बोनस वितरण गरेको अभियोगमा निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित २० जना उच्च अधिकारीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ।


निगम ऋणमा डुबेका बेला अनियमित बोनस वितरण गरेर थप हानिनोक्सानी पु:याएको दाबीसहित सजायको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार निगमको 'ब्यालेन्स सिट' को तथ्यांकले नै आर्थिक वर्ष २०६६/६७ को अन्त्यसम्म ११ अर्ब ४४ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ। छानबिनका क्रममा कर्मचारीले गैरकानुनी रूपमा बोनसबाट लाभ लिएको भेटिएको छ। बोनस वितरणबाट निगमलाई एक करोड ७२ लाख ५८ हजार चार सय पाँच रुपैयाँ ४१ पैसा थप नोक्सान भएको दाबी अख्तियारको छ।
बोनस प्रकरणमा निमित्त कार्यकारी निर्देशक सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई, नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, सुशील भट्टराई, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान वसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको छ।

भ्रष्टाचारको आशंकामा भट्टराईबाहेकका आठजनालाई बुधबार पक्राउ गरी अख्तियार हिरासतमा राखिएको थियो। अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार भट्टराई मोबाइलको स्विच अफ गरेर फरार रहेकाले पक्राउ गर्न नसकिएको हो।

बोनस अनियमिततामा तत्कालीन निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, शिवप्रसाद पुडासैनी, तत्कालीन नायब कार्यकारी निर्देशक जयराज आचार्य, निमित्त नायब कार्यकारी निर्देशक मुकुन्दप्रसाद ढुंगेल, तत्कालीन निर्देशकहरू भुवनेश्वर राजभण्डारी, रमेशचन्द्र कोइराला, मोहनकुमार कार्की, प्रबन्धकहरू कुमारविक्रम कार्की, सुभासचन्द्र दाहाल र कर्मचारी शिवप्रसाद अधिकारीविरुद्धसमेत भ्रष्टाचारको अभियोग लगाइएको छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरूप जरिबाना तथा जेलसजायको माग गरिएको छ। विशेष अदालतका रजिस्ट्रार नातीबाबु लामिछानेले बुधबार पक्राउ परेका आठजनासँगै अभियोगपत्र दर्ता गरिएको बताए। 'मुद्दा दर्ता भयो। अख्तियारको अभियोगपत्रमा बाह्रजनालाई फरार देखाइएको छ', लामिछानेले अन्नपूर्णसँग भने।

अख्तियार प्रवक्ता सापकोटाका अनुसार अनुसन्धानका क्रममा निगम लगातार घाटामा गइरहँदा पनि बोनस वितरण गरेको अवस्था देखिएपछि उक्त कार्य रोक्न यसअघि अख्तियारले अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो।

अख्तियारले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न ६ महिनाअघि नै मन्त्रालयलाई निर्देशन दिएको थियो। अर्थ मन्त्रालयको स्वीकृतिवेगर आयोगको निर्णयको बर्खिलाप हुने गरी बोनस वितरण गरेको भेटिएको छ। निगम सञ्चालक समितिको २०६७ साउन ५ गतेको निर्णयमा पनि 'निगम कुल सञ्चित नाफाको अवस्थामा नआएसम्म बोनस वितरण कार्य रोक्का गर्ने' भनिएको थियो। अनुसन्धानका क्रममा निगमबाट आफ्नै निर्णय उल्लंघन गरिएको फेला परेको छ अन्नपूर्ण पोस्टमा छापिएको छ।

मलेसिया अलपत्र छन नेपालीहरू

वैदेशिक रोजगारीका लागि मलेसिया गएका आफन्तले काम नपाइ अलपत्र परेको भन्दै आफन्तहरू जिल्ला प्रहरी कार्यालय दाङमा न्याय माग्न थालेका छन्।

जुपिटर ओभरसिज शाखा कार्यालय घोराहीले आफन्तहरूलाई मलेसिया पठाएको र त्यहाँ भनिएजस्तो तलब पनि नपाएको बताउँदै आफन्तहरूलाई तत्काल स्वदेश फिर्ता हुनुपर्ने र बुझाइएको रकम पनि फिर्ता हुनुपर्ने माग पीडितका आफन्तहरूले गरेका छन्।

जिल्ला प्रहरी कार्यालयमा पुगेर आफन्तहरूले आफ्नो मागको सुनुवाइ गर्न नाराबाजीसमेत गरेका थिए। जुपिटर ओभरसिज शाखा कार्यालय सञ्चालक देवेन्द्र केसीले ६५ हजार मासिक तलब रहेको भन्दै प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाखसम्म असुलेर १ सय ६ जनालाई मलेसिया पठाएको मलेसिया पुगेका एक व्यक्ति का आफन्त पुरन योगीले बताए। उनका अनुसार अघिल्लोपटक गएका १ सय ६७ जना र यो पटक गएका १०६ जनाले काम नपाइ मलेसियामै अलपत्र परेका छन्।

पीडितका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा नाराबाजी र छलफल गरिरहँदा जुपिटर ओभरसिजका देवेन्द्र केसी पनि सोही कार्यालयमा उपस्थित भइसकेका छन्। यद्यपि आन्दोलनकारी पक्षले प्रतिनिधिमूलक वार्ता अस्वीकार गरेकाले दुई पक्षबीच कुरा हुन नसकेको प्रहरीले जनाएको छ।
हेर्नुस 
दुईपक्षबीच छलफल गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मलेसिया पुगेका घोराही निवासी माधव केसीले आफूहरूलाई श्रम मन्त्रालयबाट सम्पर्क गरिएको टेलिफोनमा जानकारी दिँदै आफूहरूलाई अलपत्र परेका सबैको नाम, पासपोर्ट नम्बर पठाइदिन भनिएको बताए।

करिब ८/९ महिनाको प्रयासपछि सञ्चालक केसीले वैशाख १२ गते मलेसियाको एपेक्स इनर्जी कम्पनीमा लगाइदिने भन्दै उडाएको तर अहिले आफ्नो श्रीमान केशव योगी मलेसियामा अलपत्र परेको घोराहीकी शशि योगीले बताइन्। विदेश गएको एक महिनामै भिसाको म्याद सकिएपछि एक महिनादेखि मलेसियाको सावा भन्ने स्थानमा बन्धकका रुपमा श्रीमानले दिन बिताइरहनु भएको छ, शशिले भनिन्।

मलेसिया पुगेको १ महिनामै भिसाको म्याद सकिएको र टुरिष्ट भिसामा उनीहरूलाई लगिएको रहस्य खुलेको शशिको भनाइ छ।

यसअघि पीडितका आफन्तहरूले घोराही नगरपालिका- ११ स्थित जुपिटर ओभरसिजको शाखा कार्यालय रहेको घरमा तोडफोड गरेका थिए। आफन्तहरूले जुपिटर ओभरसिजका सञ्चालक देवेन्द्र केसीसँग आफन्तहरूलाई र पैसा फिर्ता माग गर्दा नमानेपछि आक्रोशित भएका आफन्तहरूले शाखा कार्यालयमा बुधबार तोडफोड पनि गरेका थिए। via annapurna post

रमेश खरेलको सरुवा अस्वीकार

काठमाडौं : काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश खरेलको सरुवा निर्वाचन आयोगले रोकिदिएको छ।
 निर्वाचन आचारसंहिताको उलंघन भएको ठहर गर्दै आयोगले खरेललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिने भएको छ।

गृहमन्त्रालयले केही दिनअघि खरेललाई सरुवा गर्ने निर्णय गरेपछि आयोगले यसबारेमा अध्ययन गरेको थियो। खरेललाई सरुवा गर्ने निर्णयका बारेमा गृह मन्त्रालयले आयोगसँग सहमति मागेको थियो।

अश्लिलचित्र तथा video हेर्नुहुन्छ

अश्लिलचित्र तथा video हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । अश्लिल चित्र तथा भिडियो हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले पत्ता लगाएको यो पहिलोपटक हो । अधिक समय पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने पनि अनुसन्धानकर्ताको भनाई छ ।
बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको पहिलोपटक भएको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन ।
अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफीमहामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
भिडियो को लागि  बक्सको बीचमा क्लिक गर्नुस बज्छ कि बज्दै कृपया comment box मा कमेन्ट लेख्नुहोला

मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् । अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् ।

इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् । च्यारिटी युनिभर्सिटीकी डा. सिमोन कुनले आफ्नी सहकर्मी जुर्गेन गालियान्टसंग मिलेर २१ देखि ४५ वर्षबीचका ६४ जना स्वस्थ मानिससंग उनीहरुको अश्लिल भिडियो तथा चित्र हेर्ने बानीका बारेमा प्रश्न सोधेका थिए । अनुसन्धानकर्ताले ती मानिसको मष्तिष्कको नाप पनि लिएका थिए ।

Thursday, May 29, 2014

किन भयो आलियाको प्रेम चर्चा - कस्तो थियो उनको प्रेम

अभिनेत्री आलिया भट्टको प्रेम चर्चाले बलिउडमा उच्च स्थान पाउन थालेको छ। चलचित्रमा जुन नायकसँग काम गर्‍यो उसैसँग नाम जोडिने गरेकाले उनी सञ्चारमाध्यममा चर्चाको विषय बनेकी हुन्।

महेश भट्टकी छोरी आलिया पछिल्लो समय अर्जुन कपुरको 'लिंकअप' का कारण सञ्चारमाध्यममा छाएकी हुन्। तर उनले अर्जुन कपुर र आफूबीच कुनै लिंकअप नभएको र जे जति चर्चा भइरहेको छ त्यो सबै गलत भएको दाबी गरेकी छन्।
भिडियोहेर्न
आलियाले चलचित्र '२ स्टेट्स' मा अर्जुन कपुरसँग अभिनय गरेकी छन्। आलिया र अर्जुनबीच केही पाकिरहेको विषयमा सञ्चार माध्यममा पटकपटक चर्चा हुन थालेपछि उनले त्यसको खण्डन गरेकी हुन्।

आगामी चलचित्र 'हंपटी शर्माकी दुल्हनिया' को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा आलियाले यस्तो खण्डन गरेकी हुन्। जुन चलचित्रमा काम गर्‍यो त्यही चलचित्रको अभिनेतासँग नाम जोडिएर चर्चा हुने गरेकोमा उनले आपत्ति पनि जनाएकी छन्। केही समयअघि आलिया र वरुण धवनको नाम जोडिएको थियो। एजेन्सी

कामको खोजीमा भौंतारिँदै सहिदका सन्तान

 गणतन्त्र ल्याउन जनआन्दोलनका क्रममा सहिद भएका ताहिर मियाँ अन्सारीका छोरा वाकर अली साउदीमा र हैदर अली दुबईमा वैदेशिक रोजगारीमा छन्।

उनका अन्य छोराहरू जम्सेर अली, अफ्ताव अली, अस्कर अली, सकिल अली केही वर्षअघि रोजगारीको लागि साउदी जाँदा दलालले झुक्याएकाले २२ दिन पछि नेपाल फर्केका थिए।

साउदीबाट २२ दिनमा फर्केपछि केही वर्षदेखि उनीहरू नेपालमा नै कामको खोजीमा छन्। video
देशमा गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र ल्याउन जीवन बलिदान गर्नेका सन्तान भने कामको खोजीमा भौंतारिरहेका छन्।
सहिदका परिवारलाई क्षमताअनुसारको राज्यले रोजगार दिनुपर्ने सकिल अलीले माग गरेका छन्। सहिद अन्सारीका जेठा छोरा अस्कर अलीले भने, 'राज्यले १० लाखबाहेक केही दिएन, सहिदका परिवारलाई उपेक्षा गरेको छ।'

वैदेशिक रोजगारमा जाँदा सहुलियत हुनुपर्ने, साना उद्योग, व्यापार, व्यवसाय गर्दा सरकारले अनुदान दिनुपर्नेलगायतका माग सहिद परिवारले राखेका छन्।

 गणतन्त्र आएको सात वर्ष भइसक्दा पनि संविधान नबनेकोमा सहिद अन्सारीकी पत्नी ५५ वर्षीया सकिला खातुनले दु:ख व्यक्त गरिन्। सहिद पत्नी सकिलाले भनिन्, 'देशमा शान्ति आओस्, नयाँ संविधान बनोस्।'

आन्दोलनको क्रममा रौतहटको प्रतापपुर पल्टुवा गाविस ६ का खतवैयाटोलका ताहिर मिया अन्सारीको प्रहरीको अश्रुग्याँस लागेर ज्यान गएको थियो। २४ जना भन्दा बढीको संयुक्त परिवार रहेको र दाजुभाइ बेरोजगार रहेकोले समस्या हुँदै आएको सहिद अन्सारीका छोरा जम्सेर अली अन्सारीले बताए।

सहिद अन्सारी तात्कालीन समयमा नेकपा एमालेका रौतहट जिल्ला कमिटी सदस्य, अखिल नेपाल किसान संघका जिल्लाअध्यक्ष तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्यसमेत थिए। सरकारले सहिदको गाउँमा बाटो बनाउनुपर्ने, बिजुली विस्तार गर्नुपर्ने, विद्यालयलगायतका अन्य भौतिक विकासमा चासो दिनुपर्नेसमेत माग उनीहरूको छ।

नेकपा एमाले रौतहटका जिल्लाअध्यक्ष तथा सभासद् रामकुमार भट्टराईले सहिद अन्सारीका परिवारले १० लाखबाहेक सरकारबाट अन्य सुविधा नपाएको जानकारी दिांदै सहिद अन्सारीको परिवारलाई रोजगारका लागि पहल गरिरहेको बताए।

के देश ट्रयाकमा आएकै हो त?

 काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले मुलुक बल्ल राजनीतिक र संवैधानिक रूपले सही बाटोमा आएको भन्दै सन्तोष प्रकट गरेका छन्। राष्ट्रपतिले अब हुने त्रुटिलाई मुलुकले धान्न नसक्ने अवस्था आउने भएकाले सचेततापूर्वक अगाडि बढ्न पनि राजनीतिक दल र सरकारलाई सुझाउ दिए।

'अन्तरिम संविधानले बाटो बिराएको अवस्था थियो। तर अहिले जनताद्वारा निर्वाचित सार्वभौम संविधानसभा छ। निर्वाचित सरकार छ। र, अन्तरिम संविधानबाट प्रयोग गरिएको विशेष व्यवस्था पनि सार्वभौम सभाबाट अनुमोदन भई संविधान निर्माण गर्ने क्रममा छौं', राष्ट्रपति यादवले बुधबार अन्नपूर्णसँग विशेष कुराकानी गर्दै भने, 'बाटो बिराएको राजनीति र अन्तरिम संविधान ट्र्याकमा आएको छ। प्रजातान्त्रिक अंगहरू पूर्ण भइनसके पनि काम गर्न थालेका छन्।'

पहिलो संविधानसभा विघटनपछि अर्को संविधानसभा निर्वाचन गर्ने संवैधानिक व्यवस्था नहुँदा समस्या परेको थियो। त्यस्तै राजनीतिक दलहरूबीच सरकार निर्माणमा सहमति नजुट्दा अन्तरिम संविधानविपरीत बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन गर्नुपरेको थियो। दुवै कामका लागि संविधानको धारा ५८ अनुसार राष्ट्रपतिले बाधाअड्काउ फुकाउ आदेश जारी गर्नुपरेको थियो।

गणतन्त्रको ६ वर्षे कार्यकालमा धेरै उतारचढाव र त्रुटिबाट राजनीति गुज्रिएको राष्ट्रपतिले बताए। 'तर अब त्यस्तो त्रुटि मुलुकले धान्न सक्दैन', उनले भने, 'राजनीतिक दलहरूले त्रुटिबाट पाठ सिक्दै सच्चिएर अघि बढ्नुपर्छ।'


राष्ट्रपति यादवले २०६२/६३ को परिवर्तनले जनतामा उत्साह आए पनि दलहरूका पछिल्ला गतिविधिले निराश बनाएको बताए। 'नेपाली जनतामा धेरै उत्साह थियो। पहिलो संविधानसभाले शान्तिप्रक्रिया टुंगो लगाउने काम गरे पनि संविधान निर्माण गर्न नसक्दा जनतामा निराशा आयो', उनले भने, 'तर अहिले फेरि आशा पलाएको छ। संविधान निर्माण हुने र मुलुक विकास प्रक्रियामा अघि बढ्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वासको वातावरण निर्माण भएको छ।' उनका अनुसार कताकता ढिलासुस्ती भइरहेको हो कि जस्तो देखिए पनि संविधान निर्माणका लागि सकारात्मक बाटोमा दलहरू अघि बढिरहेका छन्।

संविधान कहिले बन्लाजस्तो लाग्छ भन्ने जिज्ञासामा उनले मिति तोक्न चाहेनन्। तर समयमै संविधान निर्माण हुने उनमा विश्वास छ। राष्ट्रपतिले भने, 'संविधानसभामा दलहरूबीच सकारात्मक सहमति भइरहेको छ। सहमति गरेर उनीहरू अगाडि बढेका छन्। समितिले पनि काम थालिसके। यति-उति भन्नेभन्दा पनि समयमै संविधान बन्छ भन्ने मलाई विश्वास छ।'

गणतन्त्र संस्थागत गर्न जनताको हितलाई सर्वोपरि ठान्नुपर्ने उनको भनाइ थियो। 'जनताको सर्वोपरि हितलाई ध्यान नदिई गणतन्त्र संस्थागत हुन्न। समयमै संविधान जारी गरी जनताको सर्वोपरि हितलाई ध्यान दिँदै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन राजनीतिक दलहरूले ध्यान दिनु आवश्यक छ', यादवले भने, 'गणतन्त्र स्थापनापछि पनि हामीले धेरै उतारचढाव बेहोरेका छौं। अब संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै अगाडि बढ्नुपर्छ। राजनीतिक दल, संविधानसभा तथा नागरिक समाजले पनि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।'

राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रका संस्थाहरू एकले अर्काको मर्यादाको ख्याल नगरे लोकतन्त्र या गणतन्त्र दुवै संस्थागत हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, 'लोकतान्त्रिक गणतन्त्रका संस्थाहरूको मर्यादा नगरे न त गणतन्त्र, न लोकतन्त्र मजबुत हुन्छ। गणतन्त्र आएपछि हामीले संस्थाहरूको मर्यादा राख्न सकेका छैनौं। लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने हो भने सबै संस्थाको मर्यादा राख्‍नुपर्छ।'

राष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रतिबद्धताअनुसार तोकिएको समयभित्र संविधान जारी गर्नेगरी अघि बढ्न दलहरूलाई आग्रह गरेका छन्। 'अनुकूल र सहज बन्दै गएको पछिल्लो परिवेशमा नयाँ संविधान निर्माणको कार्य अगाडि बढाउन संविधानसभा र राजनीतिक दलहरूलाई अवश्य पनि सहज भएको हुनुपर्छ', राष्ट्रपतिको सन्देशमा उल्लेख छ, 'यस सन्दर्भमा दलहरूले कबुल गरेको समयावधिभित्र नयाँ संविधान निर्माण गर्नुको विकल्प बाँकी छैन।'

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी अग्रगामी संविधान निर्माणमा केन्द्रित हुन सबै पक्षलाई अपिल गरेका छन्। उनको सन्देशमा उल्लेख छ, 'प्राप्त उपलब्धि नयाँ संविधानमा लिपिबद्ध गर्नु नै गणतन्त्र संस्थागत गर्ने कार्यको प्रारम्भिक खुट्किलो हो।' Anna Purna Post

Wednesday, May 28, 2014

इजरायलमा अर्धचेत अवस्थामा छट्पटाइरहेकी रहेकी विष्णुमाया

एनआइ न्यूज इजरायल गत  १४ मई वुधवार जेरुशलेमको रमतस्कोल स्ट्रिटमा  निजी कारको ठक्करवाट सख्त घाईते भई जेरुशलेमको हदासा एन्केरन अस्पत्तालमा उपचार भइरहेकी विष्णुमाया आचार्यको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । यद्यपी उनको टाउकोमा चोट लागेका कारण होसमा आइसकेपछी पनि अर्धचेत अवस्थामा बोल्ने गरेको उनको हेरचाहमा खटिइरहेकी समाजसेवी अम्विका क्षेत्रीले हामीलाई जानकारी दिनुभयो ।

 हदासा एन्केरेनमा उपचाररत विष्णुमायाको स्वास्थ्यमा क्रमिक सुधार
पछिल्लो अवस्थाको अपडेट भिडियो:

समाजसेवी क्षेत्रीका अनुसार अहिले उनलाई हादासा एन्केरेनको न्यु विल्डिङ नवौं तल्ला न्यूरोलोजी कार्डियोथेरापी सर्जरी वार्डको ११ नम्वरको कोठामा स्थान्तरण गरिएको छ । अर्धचेत अवस्थामा रहेकी आचार्यलाई बोलाउदा जवाफ फर्काउने गरेकी छिन भने उनी दुखाईको पीडामा छट्पटाइरहेको देख्न सकिन्थ्यो ।
उनको पछिल्लो अवस्थाको भिडियो :

उनलाई भेट्न चाहाने जो कसैले समय मिलाएर भेट्न सक्ने बताउदै क्षेत्रीले उनलाई सहानाभुती र सहयोगको जरुरत भएकोले समय मिलाउन सक्ने नेपाली दाजुभाई तथा दिदीवहिनीलाई अस्पतालको उनलाई राखिएको वार्डमा आएर भेट्न अनुरोध गर्नुभएको छ । सधै जस्तो काममा जाने क्रममा सडक पेटीमा हिड्दै गर्दा उनलाई निजी कारले ठक्कर दिदा उनको टाउकोमा गम्भिर चोट लागेको थियो भने  ढाडको हड्डी भाँचिएको छ । उनलाई ठक्कर दिने गाडी चालक र  कानूनी कारवाहीको विषयमा  हालसम्म प्रहरीले कुनै जानकारी नगराएको समाजसेवी क्षेत्रीले बताइन  भन्ने समाचार नेपालइजरायल डट नेट मा छापिएको छ।

अरुणिमाको जादु नचले पछि

२२ वैशाखमा फिल्म पीपल युनिटले आयोजना गरेको प्रेस सम्मेलनमा नायिका अरुणिमा लम्साल दंग देखिन्थिन् । छोरी जन्माएपछिको यो उनको दोस्रो फिल्म थियो । तर, फिल्मको रिलिजपश्चात् उनको खुसी टिक्न सकेन ।

२ जेठमा रिलिज भएको यो फिल्मले निकै कमजोर व्यापार गरेको छ । चार फिल्मसँग जुध्नुपरेको र प्रचारप्रसार पनि फितलो भएकाले फिल्मले निर्माताको गोजी भर्न सकेन । अरुणिमा स्वयं पनि प्रेस सम्मेलनमा सहभागी हुनुबाहेक अन्य प्रचारात्मक कार्यक्रममा सहभागी भएकी थिइनन् ।

आमा बनेपछिको उनको पहिलो फिल्म उर्वशी पनि असफल भएको थियो । एकातिर नयाँ हिरोइनको लहर, अर्कोतिर लगातारको असफलताले गर्दा उनी पहिलेजस्तै फेरि फिल्ममा जम्ने सम्भावना कतै कम हुँदै जाने त होइन ?

संग्रहालयलाई विश्वकै लामो लिंग दान

समाचारको शीर्षक पढ्नसाथ तपाईलाई हाँसो  र अचम्म लाग्यो होला । हो, यो खबर हो आइसल्याण्डको संग्रहालयको । जहाँ विश्वकै लामो लिंग भएका व्यक्तिले आफ्नो लिंग दान दिने घोषणा गरेका छन् । अमेरिकाको मैनहैटन निवासी जोनाह फैल्कनले यो घोषणा गरेका हुन् । उनको लिंग विश्वमै सबैभन्दा लामो छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि उनले आफ्नो नाम दर्ता गराइसकेका छन् ।


उनको लिंगको लम्बाई ३४ सिन्टीमिटर अर्थात १३ दशमलव ३९ इन्च छ ।

४३ बर्षीय जोनाहले आइसल्याण्डको संग्रहालयलाई चिठी लेखी भनेका छन् कि, यदि तपाईंहरुले मेरो मृत्युपछि मेरो लिंग तपाईको म्यूजियममा सजाएर राखेर मलाई खुसी मिल्नेछ । यसका लागि जुनसुकै कागज गर्न म तयारी छु ।’

उनको लिंग संग्रहालयमा सजाउने विषयमा खबर प्रकाशित भएपछि जोनाहले अन्तरवार्ता दिँदै भनेका छन्, ’यो संग्रहालयमा धेरै जनावरका लिंग र मानिसका अंगहरु राखिएका छन् ।

भालु अर्थात व्हेलको लिंगको बीचमा मेरो लिंग पनि राखिए म धेरै खुसी हुनेछु । अझ त्यसको बीचमा ’जोनाह एण्ड दि व्हेल्स” लेखियोस । म चाहन्छु कि मलाई भाग्यले जुन लिंग दियो, त्यो भावी पुस्ताले देख्न पाउन ।’

संग्रहालयका अधिकारीले भने जसरी मानिसहरुले आँखा र शरीर दान गर्छन् । त्यसरी नै जोनाहले लिंग दान गर्नु स्वभाविक विषय हो ।

संसारकै विशाल कण्डोम कत्रो छ हेर्नुृस

राजधानी सान्टियागो नजिकैको एक उपनगरको बिच भागमा एउटा विशाल कण्डोम बनाइएको छ यसको निर्माण यौन शिक्षालाई बढावा दिनका लागि स्थानीय मेयरले सुरु गरेको अभियानअन्तर्गत गरिएको हो । ला फ्लोरिडामा बनाइएको सुगा रंगको यो कण्डोम १२ मिटर (४० फुट) अग्लो छ।

सान्टियागो टाइम्सका अनुसार दक्षिणपन्थी मेयर रोडोल्फो कार्टरका अनुसार यसको उद्देश्य यौन संक्रमण र किशोरावस्थामा चाहनाविपरीतको गर्भधारणबाट बचाउनु हो ।

कार्टरले ला सेगुंडा वेभसाइटसँग जिल्लामा १७ प्रतिशत गर्भवती महिला १९ वर्षभन्दा कम उमेरका हुने गरेको बताएका छन् । उनले छिमेकका सम्पन्न क्षेत्रको तुलनामा ला फ्लोरिडामा किशोरावस्थामा गर्भधारणको समस्या दुई गुना बढी छ। यसअघि सुरक्षित यौन सम्बन्धसम्बन्धी अभियानमा कार्टरको दलले सामाजिक रुपमा रुढीवादी इन्डिपेन्डेन्ट डेमोक्रेटिक युनियन (युडीआई) मा मन पराइएको थिएन ।

तर, ला फ्लोरिडाका मेयरले जोड दिँदै भन्छन् यो अभियानको पारम्पारिक मूल्यसँग कुनै विरोधाभाष छैन । उनी भन्छन्–न त यो कुनै नैतिक मुद्दा हो न त ध्यानाकर्षणको कोशिस नै हो ।

को-को कलाकारहरू छन् ठगी धन्दामा ?

काठमाडौं । झन्डै एक करोड रुपैयाँ ठगी धन्दामा निर्देशक बद्री अधिकारी शुक्रबार पक्राउ परे । नायिका केकी अधिकारीका बाबु बद्रीले फिल्म बनाउनका लागि दुई महिलासँग उनले पैसा लिएका थिए ।

 ज्यान हाजिर नामक फिल्म बनाउन उनले लिएको पैसा डेढ वर्षमा पनि तिरेनन् । खातामा पैसा नभएको चेक दिए । सो चेक पनि पटक पटक बाउन्स भएपछि महिलाहरूको घरबार तहसनहस भयो । तर, पनि अधिकारीले पैसा दिएनन् बरु जर्बजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको भन्दै अदालतमा उजुरी दिए ।
हिराकुमारी तामाङ र मिनाकुमारी भण्डारीलाई ९५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बौद्ध प्रहरीले पक्राउ गरेको हो ।

 बाउन्स भएका चेकसहित पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । तर अदालतमा सोही विषयलाई लिएर अर्काे मुद्दा चलिरहेकाले उनलाई मुद्दा चलाउन भने प्रहरीले सकेन । सोही आरोपमा उनकी श्रीमती लक्ष्मी गत वर्ष पनि पक्राउ परेकी थिइन् । तर त्यतिबेला सोर्सफोर्समा छुटिन् ।

शुक्रबार निर्देशक अधिकारी स्वय्मलाई प्रहरीले पक्राउ गर्‍यो । भाइ गोविन्दसहित उनलाई प्रहरीले थुन्यो । तर अदालतमा उनले नै मुद्दा हालेको कारण देखाउनै चेक बाउन्स हुँदाहुँदै पनि कारबाही अघि बढाएन ।

रोइकराई गरेर उनी यसपटक पनि छुट्न सफल भए । अधिकारी मात्र होइन फिल्मी क्षेत्रमा ठगीका घटना धेरै रहेको स्रोत बताउँछ । धेरै फिल्ममा खलनायकको भूमिकामा देखिएका दिनेश शर्माले पनि बिदेशी पठाइदिने भन्दै युवाहरूलाई ठगी गरेको उजुरी परेको छ । बेल्जियम पठाइदिने भन्दै ठगी गरेको बताइएको छ ।

शर्माले अन्य तीनजनासँग मिलेर ४० जनाबाट चार करोड रुपैयाँ उठाएर बिचल्ली बनाएको भन्दै पिडितहरूले बैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।

इलामकी कृष्णकुमारी कँडेललगायतले शर्माविरुद्ध उजुरी दिएपछि उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । तर शर्माले बिदेश पठाउन कँडेलको कलाकार संघको नक्कली परिचयपत्र बनाएको र ठगी गर्नेहरू उनकै समूह भएको स्रोत बताउँछ । त्यस्तै नायक भुवन केसी र उनकी श्रीमती पनि केही वर्षअघि ठगी मुद्दामा मुछिएका थिए । फिल्म निर्माताहरूले प्राविधिक लगायत अन्य कामदारलाई पारिश्रमिक समेत नदिई ठगी गरेका उजुरीहरू समेत पटक–पटक पर्ने गरेका छन् ।

कलाकार धुव्र पराजुलीले पनि धेरै कलाकारलाई नै ठगी गरेका छन् । उज्जवल घिमिरे, दीपाश्री निरौला, रेखा थापा, छवी ओझालगायतका कलाकारलाई पराजुलीले लाखौं तिर्नु छ । उच्च ब्याज पाउने आशमा उनीहरूले पराजुलीलाई पैसा दिएका थिए । तर पछिल्लो समय टाट पल्टिएपछि पराजुली भूमिगत भएका छन् । निर्माता राजकुमार राईले पनि चर्काे ब्याजको कारोबारमा विभिन्न व्यक्तिलाई ठगी गरेको चर्चा फिल्मी क्षेत्रमा छन् । उनको चर्काे ब्याज असुलीकै कारण केपी क्षेत्री र रिमेश घिमिरे विदेश पलायन भइसकेका छन् । कला क्षेत्रमा राम्रो कमाई नभएकाले नभएकाले कलाकारितामा लागेकाहरूले अन्य पेशा पनि अंगाल्दै आएका छन् । त्यसकारण कतिपय नियतबश ठगीमा त केहीले आर्थिक समस्यामा पर्दा ठगीमा जोडिने गरेका छन् ।समाचार दैनिक नेपाल डटकम मा प्रकाशित भएको छ । दैनिक नेपालबाट साभार

एउटै भैंसीको मूल्य एक लाख- one lakh

सिरहा : एउटै भैंसीको मूल्य झण्डै एक लाखसम्म पर्न थालेपछि सिरहाका किसान भैंसीपालनतर्फ आकर्षित भएका छन्।अघिल्लो वर्ष २५ देखि ३५ हजारमा बिक्री हुने लैनो भैंसी यस वर्ष ७० देखि लाखसम्ममा बिक्री हुन थालेको छ। तराईमा यतिबेला पहिलो बेतको पाडी जन्माएको लैनो भैंसीलाई ९० देखि एक लाखसम्म मोल पर्ने चौपाया व्यवसायमा संलग्न कचनारी ५ का बेचन यादबले बताए। भैसीको मूल्य बढ्नुको दुईवटा कारण छन्।

गरीवी निवारण कोषले गाउँ गाउँमा समूह बनाएर उद्यम गर्न रकम वितरण गरेपछि भैसीको मूल्य आकासिएको हो। भारतको कोसी क्षेत्रका वाढी पीडितलाई बिहार सरकारले भैसी पालन गर्न राहत रकम दिए पछि त्यस क्षेत्रका मानिस यतिबेला भैसी खरिद गर्न सिरहा र सप्तरीतिर छिरेका छन्।

असनपुरका सन्तोष यादवले आफूले एउटा लैनो भैंसीलाई करिब एक लाखसम्म पारेको बताए। 'भैंसीको ज्यान, दुध र बच्चा हेरेर मूल्य तोकिन्छ, उनले भने।गरिबी निवारण कोषबाट सहयोग पाएका अधिकांस किसानले भैसी पालन गर्ने उद्यम योजना पेस गर्ने गरेको सिर्जना सामुदायिक विकास केन्द्र चोहर्वाका सामाजिक परिचालक राजकुमार मण्डलले बताए। किसानले उन्नत जातको दुधालु भैंसी पालेकोले भैंसी किन्न व्यापारी तथा किसान धरान, दमक, दुहवी, इनर्वा, सप्तरी, उदयपुर र विहारका कोसी पीडित क्षेत्र लगायतका ठाउबाट आउने गरेको थल्हाका देवनाथ यादवले बताए।

एउटा भैंसीले ५ देखि ८ लिटरसम्म दुध दिने गरेकोले भैंसी व्यापारी बढी आउने गरेको हो। उनले पालेको भैंसी ५५ हजारमा बिक्री गरेको यादवले भने। 

यस्तै, भेडीयाका चोहर्वा रामधियनी यादवले आफ्नो भैंसी ६१ हजारमा बिक्रि गरेको बताए। जिल्लाको पश्चिमी क्षेत्रका दुई दर्जन गाविसका किसानले उन्नत जातको भैंसी पालन गर्छन्।

बडहाडामाल, गौतारी, भेडीया, कर्जन्हा, रामपुर विर्ता, राजपुर, गम्हरी महेसपुर, मझौलीया, चिकना, इटारी प्रसाही, कल्याणपुर, चतरी, थल्हाकट्हा, बेल्हा, सारस्वर, माडर, खिरौना, सिरहा नगरपालिका, राघोपुर लगायतका गाविसका किसानहरुको घरैपिच्छे भैंसी पालेका छन्। कमला नदीको पर्तिमा चरीचरन गर्ने प्रसस्त ठाउ भएकोले यस क्षेत्रमा ज्यादै भैसी पालन हुने गरेको छ।
भैसी व्यापारीको अहिले यी गाविसहरुमा ओइरो नै लागेको स्थानीय बुद्धिजीवि राम यादबले बताए। दुहवीका भैंसी खरिद बिक्री गर्ने व्यापारी रामनरेश साहका अनुसार कमला नदीको किनारमा भएका गाविसहरुका किसानले पालेको भैसीले बढी दुध दिने गरेकोले पूर्वका व्यवसायिकरुपमा दुधको कारोवार गर्ने किसानले कमला किनारको भैंसी भनेपछि हुरुक्क हुन्छन्।
भिडियो हेर्न यहाँ तल बक्सको बिचमाक्लिक गर्नुस भैसी व्यापारी भन्छन्,' यहाँबाट भैंसी खरिद गरेर लगेपछि प्रत्येक भैंसीमा खर्च काटेर ५ हजारसम्म मुनाफा हुन्छ।

Tuesday, May 27, 2014

सजिलै सँग अनुहार राम्रो बनाउन यसो गर्नुहोस

अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् ।
हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ । राम्रो Face को लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्ः
 १.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्। अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।
३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ भने कालो दाल पिसेर महसँग लेप लगाउनाले पनि छालामा अझ सुन्दरता बढ्छ।
 ४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ । ५.केराः महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

पर्यटन व्यवसायीको र्‍यालीमा प्रहरी हस्तक्षेप टान अध्यक्ष रमेश धमला सहित १३ जना पक्राउ

१३ जेठ काठमाडौं । पर्यटन बोर्डको विरुद्धमा आन्दोलनरत पर्यटन व्यवसायीहरुको र्‍यालीमा प्रहरीले हस्तक्षेप परेको छ । व्यवसायीहरुको कार र्‍याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले हस्तक्षेप गरी १३ जनालाई पक्राउ गरेको छ ।

र्‍यालीको अग्रभागमा साङलो बनाएर हिँडेका ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष रमेश धमला, पूर्वअध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल, व्यवसायीहरु लोकराज भण्डारी, बलबहादुर सामरी, राजेन्द्र सुवेदी, राजाराम बस्नेत, लक्ष्मण श्रेष्ठ, मानकाजी लामा, राजनकुमार पाण्डे, विजय लामा, अच्यूत ढकाल, बीरबहादुर गुरुङ, टेकबहादुर गुरुङ र सुरेन्द्र भट्टराईलाई पक्राउ गरको हो । पक्राउ परेका व्यवसाइहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको टान अध्यक्ष रमेश धमलाले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी हस्तक्षेपपछि करिब ५ सयको हाराहारीमा सहभागी व्यवसायीहरु तितरबितर भएका छन् ।

टानको नेतृत्वमा पर्यटन बोर्डको विरुद्धमा व्यवसायीहरु २८ दिनदेखि आन्दोलनरत छन् । पर्यटन बोर्डमा रिले अनसनमा बसेका व्यवसायीहरुलाई भने प्रहरीले पक्राउ गरेको छैन । टानका अध्यक्ष धमलाले प्रहरी हस्तक्षेपको विरुद्धमा पोखरा र काठमाडौं उपत्यका बन्द गर्ने बताएका छन् ।- Online Khabar

अाखिर गृहमन्त्रीको आदेशमा एसएसपी खरेल हटाइए


काठमाडौं : उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एसएसपी रमेश खरेललाई विवादास्पद अभिव्यक्ति दिएको निहुँ पारेर काठमाडौं प्रहरी प्रमुखबाट हटाउने उपयुक्त मौका पाएका छन्  र रमेश खरेलार्इ हटाइयो भन्ने शिर्षकमा अाजको अन्नपूर्ण पोस्टे प्रकाशित गरेको छ ।
गृहमन्त्रीको आदेशमा एसएसपी खरेल हटाइए 

गृह मन्त्रालयको दबाबमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खरेललाई सोमबार मुख्यालय तान्ने आदेश दिएका हुन्।
 काठमाडौंमा गुन्डा तह लगाउन 'अपरेसन' सुरु गरेदेखि गृहमन्त्री गौतमलगायत दलका नेता र प्रहरीभित्रकै उच्च अधिकारीहरू रुष्ट थिए। सर्वसाधारणमा खरेलको कामको सकारात्मक चर्चा भएकै कारण गृहले अर्को ठाउँमा सार्न सकेको थिएन। खरेलले शनिबार महेन्द्र पुलिस क्लबमा आयोजित सम्मान कार्यक्रममा डीआईजीबाट एआईजीमा बढुवा हुन पैसाको चलखेल भइरहेको तिखो टिप्पणी गरेका थिए।

उक्त कार्यक्रममा उपस्थित पराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई समेत ध्यानाकर्षण गराउँदै उनले भनेका थिए, 'नेपाल प्रहरीमा प्रमोसनको बेला आएको छ। अहिले सोकेसहरू बोकेर पावरसेन्टर चाहार्नेहरू मलाई प्रमोसन गरिदिनुस् भनेर दौडधुप चलिरहेको छ। हजुरकहाँ पनि खुब आएका होलान्। जो हजुरकोमा भिजिट गर्छन्, उनीहरू अपर्चुनिस्ट (अवसरवादी) हुन्। कृपया यसमा ध्यान दिनु होला। इमानदार व्यक्तिलाई बढुवा गरेर एक्जाम्पल (उदाहरण) दिनोस्, मेरो आग्रह यही छ।' गृहमन्त्री गौतमले खरेल आफूलाई भेट्न नआएको कुरा पटकपटक सार्वजनिक गरेर उनीप्रति असन्तुष्टि प्रकट गरेका थिए।

खरेलले पनि एक टेलिभिजन अन्तर्वार्तामा नामै लिएर केही सीमित प्रहरी अधिकृतलाई स्वच्छ र अरूलाई भ्रष्टका रूपमा चित्रण गरेपछि उनी संगठनभित्रै आलोचित भएका थिए। प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी सेवामा प्रवेश गरेका केही डीआईजीहरूले तत्कालीन समयमै खरेलको सरुवाका निम्ति दबाब दिएका थिए। तर मिडियामा बोलेकै कारण खरेललाई सरुवा गर्दा त्यसले नराम्रो संकेत जाने भन्दै अर्यालले रोकेका थिए। खरेलले शनिबार दिएको अभिव्यक्तिका कारण गौतमकै आदेशमा डीआजी विज्ञानराज शर्माको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसको प्रतिवेदन नआउँदै उनीमाथि दबाबका भरमा कारबाही भएको हो।

 प्रहरी प्रमुख अर्याल र गृहसचिव सूर्यप्रसाद सिलवालले काठमाडौंमा खरेलको स्थानमा पठाउने प्रहरी अधिकृत निश्चित नभई नहटाउन गृहमन्त्री गौतमलाई आग्रह गरे पनि तत्काल हटाउन निर्देशन दिएका थिए। 'पहिला हटाऔं अनि कसलाई ल्याउने खोजौं' भनेर गौतमले निर्देशन दिएको उच्च स्रोतले बतायो। खरेललाई सरुवा गरिएको कुरा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्। काठमाडौं प्रहरी प्रमुखमा एसएसपी उत्तम कार्की, सर्वेन्द्र खानाल, योगेश्वर रोमखामीलगायतको नाम चर्चामा छ। केन्द्रीय अनुसन्धान ब्युरोका निमित्त प्रमुख कार्कीलाई नै पठाउने सम्भावना बढी रहेको स्रोतले बतायो।Latest News via Annapurna Post

Monday, May 26, 2014

50 हजारपटक मरिसकेका मान्छे कस्ता छन हेर्नुस

मानिस जीवनमा एकचोटी मात्र मर्छ, यो बिज्ञानसम्मत कुरा हो । तर, जापानका एक बृद्ध भने अहिलेसम्म ५० हजार पटकजति मरिसकेका छन् । उनको जीवनयापनको माध्यम नै मृत्यु हो ,उनी त्यसैबाट नाम र दाम कमाईरहेका छन् ।
हामी कुरा गर्दै छौैं एक मृत्यु बिशेषज्ञ कलाकारको जसको दैनिक कर्म केवल मर्नुमात्र हो । यदि तपाईले जापानी सामुराई सिनेमा हेर्नुभएको छ भने त्यसमा एक भिलेन हिरोको तरबार प्रहारबाट मरेको देख्नुहुन्छ । उनी हुन सिजो फुकिमोतो जो ५० बर्षदेखि जापानी सिने उद्योगमा मृत्युधन्दा चलाईरहेका छन् ।

उनी सिनेमाका स्टन्टम्यान हुन जसले बिगत ५० बर्षदेखि जापानी सिनेमाको सेवा गरिरहेका छन् । १५ बर्षको उमेरदेखि सिनेमा खेल्न थालेका उनी अहिले ७१ बर्ष पुगिसकेका छन् । तर अझै पनि उनको मृत्यु धन्दा जारी छ । उनी झण्डै ५० हजार सिनमा देखिएका छन र ती सवै मृत्यु सिन मात्र हुन् । ‘मैले अहिलेसम्म लिड रोल गरेको छैन’ उनले भने- केही अफरहरु आए पनि मैले भिलेन हुन मै रमाएँ ।’ उनको पहिलो लिड रोल फिल्म जुलाई महिनामा रिलिज हुँदैछ । आफ्नो अभिनय र भूमिकाप्रति उनी सन्तुष्ट छन् । उनी जतिपटक मृत्युवरण गरेपनि केही न केही सिर्जना मराई होस् भन्ने चाहन्छन् । ‘हामी जति सिर्जनशील तरिकाले मर्छौ, त्यति हिरोको हिरोइजम बढछ, दर्शक खुसी हुन्छन् ।’ उनले भने । मर्ने कला उनले चर्चित हास्यकलाकार चार्लि च्याप्लिनबाट सिकेका हुन् । कुनै स्टन्टम्यानबिनै निकै राम्रो मृत्यु सिन दिन सक्ने भन्दै उनले च्याप्लिनको खुवै तारिफ गरे । 50 हजारपटक मरिसकेका मान्छे कस्ता छन हेर्नुस-वालस्ट्रिट जर्नलबाट