Wednesday, July 16, 2014

के तपार्इको काखी गनाउँछ? किन यस्तो हुन्छ र के गर्नु पर्छ हेर्नुस

गर्मीयाममा हामीलाई घामले मात्रै सताउँदैन । आफ्नै शरीरको दुर्गन्धले पनि पार्नु हैरान पार्छ । त्यसको एक मात्र कारक हो— पसिना ।

धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु हुन्छ । केही व्यक्तिलाई बढी पसिना आए पनि गन्हाउँदैन, कसैलाई कम पसिना आए पनि त्यो अति गन्हाउने हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ ।

पसिना आउनु प्राकृतिक प्रक्रिया हो । यसकै कारण कसैका अघि लज्जित हुनुपर्ने अवस्थालाई भने केही निश्चित प्रक्रिया अपनाएर धेरै हदसम्म कम गर्न सकिन्छ ।

पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ  । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने उल्लेख गर्दै धुलिखेल अस्पतालको छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'पसिना आफैंमा गन्हाउने नभए पनि छालामा भएको जीवाणुले यसलाई एरोमैटिक फ्याट्टी एसिडमा परिवर्तित गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।'

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । शरीरको छालाको आद्रता कायम रहोस् भनेर पसिना निस्किने गरेको उल्लेख गर्दै डा. कर्ण बढी गर्मीमा छाला सुक्खा नहुन, नबिग्रन प्राकृतिक रूपमा पसिना निस्किने गरेको जनाउँछन् । 

पसिना निस्केर सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व रहिरहन्छ । यही तत्त्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्छ । यी तत्त्वहरूलाई छालाबाट तुरुन्त नहटाउँदा बिमिरासमेत उत्पन्न गर्छ ।

थाइराइड असन्तुलनले समेत बढी पसिना आउन सक्ने जनाउँदै डा. कर्ण थाइराइड, कार्सिनोइड सिन्ड्रोम आदिमा पसिना बढी निस्किएर दुर्गन्ध बढ्ने गरेको बताउँछन् ।

शरीरको केही खास खण्ड अर्थात् काखी, तिघ्राको काप आदिबाट पसिना बढी आउँछ । त्यहाँ प्रोटिन र तेल बढी निस्किँदा ब्याक्टेरिया छिट्टै हुर्किन्छ । डा. कर्णका अनुसार कापमा आद्रता बढी हुनु, हावाको प्रवाह नहुने भएकोले बढी मात्रामा दुर्गन्धको अनुभव हुन्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै पसिनाको समस्या भएकाहरू दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिने डा. कर्ण बताउँछन् ।

पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ । दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदलनाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । ती ठाउँमा एन्टि- फंगल/ब्याक्टेरियल पाउडर लगाउँदा समेत राहत मिल्न सक्छ । काखी, तिघ्राको काप, थाई, गर्घन, छाती छेउछाउ दिनहुँ राम्ररी साबुनपानीले धुँदा पनि राहत हुने डा.कर्ण बताउँछन् ।

गर्मी याममा भने सैडलसँगै सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । धेरै बढी पसिना गन्हाउने समस्या भएकाहरूले नुहाएपछि डियोडरेन्ट (दुर्गन्धनाशक) र एन्टिपर्सिपिरेट (पसिना रोक्ने) उपयोग गर्न सक्छन् । पसिनाको दुर्गन्ध सामान्य उपायबाट नगए एकपटक छाला रोग विशेषज्ञको सल्लाह लिन सल्लाह दिँदै डा. कर्ण भन्छन्, 'अन्य शारीरिक समस्याले समेत दुर्गन्ध देखिन सक्छ त्यसैले विज्ञ चिकित्सकको परामर्श आवश्यक हुन्छ ।'

जर्मनीलाई विश्‍वकप जिताउने मारियो गोचे को हुन? उनको नेपाली सम्‍बन्‍ध हेर्नुस

काठमाडौं: हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।
मारियोले तीन महिनायता पश्‍चिम नेपालका मुक्त कमलरी बालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्।

कमलरीका बारेमा सुनेपछि मारियोले आफू सहयोगका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। 'कमलरीको समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागि सहयोग गर्न तयार हुनुभएको हो', प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने।

प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धेरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीका समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्न इच्छा देखाएका हुन्।

मारियोसहित अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालाई स्कुल पठाउने, बढी उमेरकालाई सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ। पाँचवर्षे यो परियोजनामा कमलरीलाई शिक्षा र सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालाई आफ्नै खर्चमा पढाउँदै आएका छन्। प्लान इन्टरनेसनल जर्मनीका अनुसार फिलिपिन्स, ब्राजिल र बुक्रिनाफासोका बालिकालाई उनको सहयोग छ। ब्राजिलमा भने बालिकाको फुटबल सीपमा उनले सहयोग पुर्‍याइरहेका छन्। नेपालबाट सुरु भएको 'चिल्ड्रेन निड फ्रेन्ड' (बालबालिका साथी चाहन्छन्) अभियान संसारका ८२ देशमा छ।

केसीका अनुसार प्लान इन्टरनेसनल जर्मनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँदा बालिकामाथि विभेद देखेपछि यस्तो अभियान संसारभर थालिएको हो। प्लानले त्यही नारालाई आफ्नो आधिकारिक नाराका रूपमा प्रयोग गर्दै आएको छ।

प्लान नेपालका अधिकारीले मारियोले आफ्नो सहयोगका कार्यक्रम हेर्ने इच्छा देखाए तत्काल नेपाल आउने व्यवस्था मिलाउन सकिने बताए। पहिलोपटक विश्वकपमा खेलेका २२ वर्षीय मारियो बायर्न म्युनिख क्लबबाट फुटबल खेल्छन्। अन्न्पूर्णपोस्ट

Tuesday, July 15, 2014

के तपार्इंलार्इ मोबाइल धेरै चलाउन मन लाग्छ?

के तपाईंहरु आफ्ना साथीहरुसँग धेरैजसो मोबाइलमा कुराकानी गर्ने, रिंगटोनहरु डाउनलोड गर्ने र मानिसहरुलाई मेसेज पठाउने गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ ।

तर यसमा आफ्नो कति समय व्यतित गर्नुहुन्छ त्यसले तपाईंको मोबाइल फोनप्रतिको आशक्ति झल्काउँछ । संसारमा कुनै पनि कुराको अत्यधिक प्रयोग र उपयोग राम्रो मानिँदैन त्यस्तै मोबाइल फोनको पनि अत्यधिक प्रयोग पक्कै पनि हानिकार हुने गर्दछ । तपाईंको यो बानीलाई तपाईंले कम गर्नुपर्ने हुन्छ र यसका लागि तल दिइएका बुँदाहरु तपाईंका लागि उपयुक्त हुनसक्छन् ।

१. व्यस्त रहनुहोस्ः कहिले पनि यत्तिकै नबस्नुहोस् । आफूलाई मनपर्ने कुराहरु गर्नुहोस् जस्तै सिलाई, बुनाई, उपन्यासहरु पढ्ने अथवा आफ्नो परिवारसँग कुराकानी गर्नुहोस् । यस्तो कुरामा तपाईंले धेरै समय बिताउनुभयो भने तपाईंले मोबाइल धेरै चलाउनुहुने छैन ।
२. तपाईंलाई आफ्नो मोबाइल किन यति धेरै मनपर्छ भन्ने कुरामा बिचार गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा त्यस्तो के कुरा छ जसले तपाईंलाई त्यसतर्फ आकर्षित गरिरहेको छ भन्ने कुराको पनि जानकारी लिनुहोस् र यदि यो कुरालाई फोनबाट हटाइदिएमा के हुन्छ भन्ने कुरा पनि बिचार गर्नुहोस् । यस्ता एप्लिकेसनले साँच्चिकै तपाईंको समय बर्बाद गरिरहेको छ कि त्यसबाट तपाईंले केहि कुराहरु पनि सिक्दै हुनुहुन्छ भन्ने कुराको बिचार गरेर नचाहिने एप्लिकेसनलाई फोनबाट हटाइदिनुहोस् ।

३. आफ्नो फोन कललाई सिमित राख्नुहोस् अथवा आफ्ना साथीहरुलाई फोनको आशक्तिको बारेमा पनि बताउनुहोस् । तपाईंले यसमा नियन्त्रण गर्न नसकेपनि तपाईंको साथीले तपाईंलाई यस बारेमा सचेत गराउन सक्नेछन् ।

४. तपाईंलाई यदि आफ्नो मोबाइल फोन अनावश्यक रुपमा चलाउन मनलाग्यो भने, फोनलाई आफ्नो आमा अथवा बुवालाई राख्न दिनुहोस् । जस्तै स्कूलबाट फर्किसकेपछि, बेलुकाको खाना खाइसकेपछि अथवा आफ्नो बिदाहरुमा ।

५. यसलाई छोडिदिनुहोस्ः यसलाई पूरै तरिकाले छोड्ने त होइन तर तपाईं जति समय आफ्नो फोनसँग बिताउन चाहनुहुन्छ, त्यसलाई कम गर्नुहोस् । अब तपाईं आफ्नो फोनप्रति आकर्षित हुनुभयो भने तपाईं बिचार गर्नुहोस् कि ‘के वास्तवमा मैले यो व्यक्तिलाई अहिले नै फोन अथवा म्यासेज गर्न आवश्यक छ या म केहि बेर प्रतिक्षा गरुँ ?’

छिमेकीले कान काटी दिएपछि

काटिएको कान हातमा लिएर पुगे अस्पताल

तमिलनाडुको रामनाथपुरमा दुई छिमेकीबिच सोमबार सामान्य कुरामा झगडा हुँदा २१ वर्षका एक व्यक्तिको कान काटिएको छ ।

मोहम्मद इकबालको आफ्ना छिमेकी रघुमतरामसँग निकै सामान्य कुरामा सुरु भएको झगडाले उग्र रुप लिँदा रघुमतरामले इकबालको कान काटेका हुन् ।

कान काटिएपछि पनि निकै हिम्मत जुटाएर इकबालले आफ्नो कान खोजे र त्यसलाई लिएर तुरुन्त जिल्ला मुख्यालय सरकारी अस्पताल पुगे जहाँ डाक्टरहरुले उनको कानलाई सफलतासँग टाँका लगाएर जाडेका छन् । डाक्टरहरुका अनुसार इकबालको सानो शल्यक्रियाले नै उनको कान जोडिएको र उनलाई केहि घण्टापछि नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । उता रघुमतरामलाई १५ दिनको न्यायिक हिरासतमा पठाइएको पुलिसले जानकारी दिएको छ ।  (एजेन्सी)

टमाटरको सडक

सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट घोषणा गरेको भोलिपल्टै किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका छन्। उपत्यकाभित्र टनेल प्रविधिमा गोलभेंडाखेती गर्दै आएका कि सानले उचित मूल्य नपाएको भन्दै सोमबार सडकमा गोलभेंडा फालेर विरोध गरेका हुन्।

कालीमाटी तरकारी बजारका युवा किसानले बिक्रीबाट आफ्नो लागत मूल्य पनि नउठ्ने भएकोले विरोधका लागि तरकारी फालेर विरोध जनाएका हुन्। कालीमाटी तरकारी बजारका निर्देशक अर्जुन अर्यालले किसानले सरकारविरुद्ध नाराबाजी पनि गरेको बताए। किसान चिरन्जीवी खड्काले भारतबाट अवैधानिक रूपमा आयातीत तरकारीका कारण नेपाली किसान समस्यामा परेको जानकारी दिए।

भारतबाट नेपालमा बिनारोकटोक सस्तो मूल्यमा तरकारी भित्रिने हुँदा नेपाली कृषि उपजले बजारमा भाउ नपाउने एवं लागत मूल्य पनि नउठ्ने कारण नेपाली किसान मर्कामा परेका छन्। नेपालको कृषि उत्पादन भारत र चीन भन्दा प्रतिस्पर्धात्मक भए पनि पछिल्लो समयमा भारत सरकारले कृषिमा अत्यधिक अनुदान दिएकोले नेपाली उत्पादन भारतीय कृषिउपज भन्दा महँगो भएको छ तर किसान भने घाटामा गएको भन्दै निरास बनेका छन्।

नेपालको कृषि उत्पादन भारत र चीन भन्दा प्रतिस्पर्धात्मक भए पनि पछिल्लो समयमा भारत सरकारले कृषिमा अत्यधिक अनुदान दिएकोले नेपाली उत्पादन भारतीय कृषिउपज भन्दा महँगो भएको छ।
कालीमाटीका किसानले नेपालमा उत्पादन भएको तरकारीको मूल्य निर्धारण गर्न पनि माग गरेका छन्। सरकारले आन्तरिक कृषि उत्पादनको मूल्य तोकिदिए आफ्नो उत्पादन बजारमा सस्तोमा बेच्न बाध्य नहुने र बिचौलियाको मारबाट बच्न सकिने खड्काको भनाइ छ।

किसानले आफ्नो उत्पादनको मूल्य नपाउने र उपभोक्ताले बजारमा बढी मूल्य तिर्नुपर्ने अवस्थाबाट कृषिको विकास सम्भव नहुने किसानको तर्क छ तर सरकार भने कार्टेलिङ गर्नेलाई हदैसम्मको कारबाही गर्ने तयारीमा छ। बजेटमा अर्थमन्त्री डा. रामशरण महतले कार्टेलिङ गर्नेविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने र कालो सूचीमा राख्‍ने बताएका छन्।

आर्थिक वर्ष २०७१/७२को बजेटमा कृषिको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण, बजारीकरणलगायतका कार्यक्रमलाई विशेष महत्त्व दिइएको छ। कृषि विकासका लागि सिँचाइ, बिजुली, यातायात, मल, बीउ, कृषि कर्जालगायत कृषि सामग्रीको सहज आपूर्ति र वितरणलाई प्रभावकारी बनाउने लक्ष्य बजेटले समेटेको छ।

बेरोजगारी बढ्दै गएको अवस्थामा युवालाई कृषिमा आकर्षित गर्न व्यावसायिक तरकारी, पशुपन्छीपालन, जडीबुटी, तरकारी, फलफूलखेती, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउखेती, कृषि भण्डारण, शीत भण्डार, पशु वधशाला र मासुजन्य व्यवसायका लागि राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा ६ प्रतिशतभन्दा बढी ब्याज नलिने भएको छ। त्यसमा पनि चार प्रतिशत अनुदान दिने जनाइएको छ। कृषि, पशुपालन तथा मत्स्य उत्पादनलाई व्यवसायीकरण गर्न त्यस्ता व्यवसायमा प्रयोग हुने हाते ट्र्याक्टर, पावर टिलर, फिडर मेसिन, मिलिङ मेसिनलगायतका उपकरणमा एक प्रतिशतमात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेर पनि सरकारले ढिलै भए पनि कृषिलाई महत्त्व दिने प्रतिबद्धता जनाएको छ।अाजको अन्नपूर्णा पोस्टमा छापिएको छ ।

मेसीले मैदानमै छादे

रियो दे जेनेरियो : जर्मनीविरुद्धको खेलका क्रममा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले मैदानमै बान्ता गरेका छन्।

अर्जेन्टिनी टोलीका कप्तानसमेत रहेका मेसीले यसअघि पनि राष्ट्रिय टोली र बार्सिलोनाबाट खेल्दा धेरैपटक मैदानमै बान्ता गरेका थिए। विश्‍वकपको आइतबार राति भएको जर्मनीविरुद्धको फाइनल खेलको पहिलो हाफमा अचानक बान्ता गरेका हुन्।

खेलका क्रममा मेसीले बान्ता गर्ने विषयलाई लिएर अर्जेन्टिना र बार्सिलोनाका चिकित्सकले उनको गहन परीक्षण गरे पनि हालसम्म केही पत्ता लाग्न सकेको छैन। 'खेलका क्रममा अचानक पेट मडारिएर आउँछ र म बान्ता रोक्न सक्दिनँ', मेसी भन्छन्। यसले हालसम्म मेसीको प्रदर्शनमा भने कुनै असर पारेको देखिँदैन। -एजेन्‍सी

Monday, July 14, 2014

मेस्सीले जिते गोल्डेन बल

३० असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेस्सी विश्वकप फुटबलको उत्कृष्ट खेलाडी बनेका छन् । उनले गोल्डेन बल जितेका छन् ।

कोलम्बियाका जेम्स रोड्रिग्वेजले भने पहिलो विश्वकपमा नै सवार्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले पाँच खेलमा ६ गोल गरेका थिए । उनले जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलका नेयमारलाई पछि पारे । मुलरले ५ तथा मेस्सी र नेयमारले ४/४ गोल गरेका छन्
गोल्डेन बलका लागि मुलर, रोड्रिग्वेज, रोबिन, नेयमारसहित १० खेलाडी मनोनयनमा परेका थिए । अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका मेस्सी उत्कृष्ट घोषित बने । उनले समूह चरणमा चार गोल गरेका थिए ।

जर्मन गोलरक्षक नुयुरले गोल्डेन ग्लोब जितेका छन् । प्रतियोगिताभर उनको प्रदर्शन उत्कृष्ट थियो । उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब जित्ने क्रममा उनले अर्जेन्टिनाका रोमेरो र कोष्टारिकाका नाभासलाई पछि पारे ।

Sunday, July 13, 2014

सम्भोगले अरबपतिको ढाड सडि्कएपछि

विश्वका चर्चित सुन्दरी, मोडेल, अभिनेत्री तथा नर्तकीहरुसँग सम्भोगको सपना कुन युवकको नहोला ? तर यस्तो सपना सायदै पूरा हुन्छ । एक रुसी अर्बपतीले यस्तो सपना त पूरा गरे तर उनका लागि त्यो सपना निकै घाँडो सावित भयो ।

रुसको चर्चित थिएटर बोल्स्होइकी पूर्व नर्तकी एनास्टासिया भोलोच्कोभा सँगको सम्भोगका कारण रुसी अर्बपति बख्तियार सालिमोभ थला परे । रुसी पत्रिका लाइफ न्यूजका अनुसार नर्तकी सँगको सम्भोगपछि ४५ वर्षका सालिमोभको ढाड सडि्कयो, उनी ओछ्यानबाटै उठ्न नसक्ने भए । उनको उपचारका लागि एम्बुलेन्स र डाक्टरलाई बोलाइयो, डाक्टरले औषधि पनि दिए ।

तर एक पटकको औषधिले काम नगरेपछि फेरि डाक्टर बोलाएर औषधि गराउनु पर्यो । अरबपतिलाई थला पार्ने ३८ वर्षीया नर्तकीले आफुहरु पुनर्मिलनको अवसरमा डिनर गरेर दुइ पटक सोफामा सम्भोग गरेको खुलासा गर्दै सेक्स बाहेक अरु व्यायामको अभावका कारण सालिमोभको ढाडमा असर परेको बताइन् ।

स्मरण रहोस् भोलोच्कोभा बारम्बार विवादमा आइरहने चर्चित तथा हाइ प्रोफाइल रुसी सेलिब्रेटी हुन् । रुसको चर्चित ब्लोस्होइ थिएटरले उनी बढि मोटी तथा अग्ली भएको र पुरुष पार्टनरले रुची नदेखाएको भन्दै उनलाई सन् २००३ मा बर्खास्त गरेको थियो । आफुलाई बर्खास्त गर्ने कम्पनी विरुद्ध उनले अदालतमा मुद्दा हालेर क्षतिपूर्ति बापत ३ हजार ७ सय पाउण्ड प्राप्त गरेकी थिइन् ।


गएको वर्ष उनले उक्त रंगमञ्चका नर्तकीहरुलाई धनाढ्यसँग सेक्स गर्न बाध्य पारिने गरिएको र थिएटर वेश्यालय जस्तै रहेको आरोप लगाएकी थिइन् ।

मस्कोमा रहेको यो नाचघर २ सय ३६ वर्ष पुरानो नाचघर हो ।

कक्षा कोठामै प्रोफेसर नांगिएपछि विद्यार्थीलाई आपत्

प्रोफेसरहरुको मगज कहिलेकाहीँ खुस्किन्छ वा उनीहरु म्याड बन्छन् भन्नेहरुको जमात धेरै हुन्छ । तर गुरुहरुको मगज खुस्किने तह कहिलेकाहीँ निकै उचाइमा पुग्दोरहेछ, नांगिने हदसम्मै ।

बेलायतको एक विश्वविद्यालयका प्राध्यापक कक्षा कोठाभित्रै नांगिएपछि गुरुहरुको इज्जतमा दाग लाग्ने अवस्था आयो ।लिड्स महानगरिय विश्वविद्यालयका प्राध्यापक डाक्टर इयान ल्यामण्डले कक्षा कोठाभित्रै रमिता देखाए । ५१ वर्षका ती गुरुले कक्षामा पढाउँदा पढाउँदै सरीरका कपडा खोले । धन्न पेन्टी भने सरीर बाट झिकेनन् र बबण्डर हुनबाट जोगियो ।

व्यवस्थापन विषयको कक्षामा पढाउँदा पढाउँदै उनले आफ्ना जिउका कपडा खोलेर विद्यार्थीसामु प्रदर्शन गरेको भिडियो यु ट्युबमा निकै चर्चित बनेको छ ।

विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने काइदाका रुपमा उनले यसो गरेको बताइएपनि कक्षा कोठामै प्राध्यापक नांगिनुलाई धेरैले कडा आलोचना गरेका छन् ।

भिडियो सार्वजनिक भएसँगै विश्वविद्यालयले यो घटनाको अनुसन्धान थालेको छ ।
सेफिल्ड हलाम विश्वविद्यालयबाट सन् २०१२ मा कला र संस्कृति विषयमा विद्यावारिधी गरेका इयान पहिचान तथा अवसरको मुद्दाका अनुसन्धानकर्ता रहेको बताइएकेा छ ।

खरिदारको तलब २० हजार


काठमाडौं २९ असार  । साउन एक गतेदेखि खरिदारको तलब २० हजार र शाखा अधिकृतको तलव २८ हजार रुपैयाँ पुग्ने भएको छ । यसअघि खरिदारको १७ हजार र शाखा अधिकृतको २४ हजार रुपैयाँ मासिक तलव थियो ।
सरकारले यो वर्ष पनि सरकारी कर्मचारीको तलब १४ प्रतिशतले बढाउने भएको छ । सरकारले आफ्ना कर्मचारीलाई दिँदै आएको मासिक एक हजार रुपैयाँ महंगी भत्तालाई पनि तलवमा समावेस गरेको हो ।
कर्मचारी संगठनहरुले २० प्रतिशत तलव बढाउन अर्थमन्त्रीलाई दवाव दिँदै आएका थिए ।

सरकारी कर्मचारीको तलव प्रत्येव वर्ष मुल्यवृद्धिभन्दा निकै उच्च अंकले बढ्न थालेपनि सरकारी सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ अाजको अनलार्इन खबरमा छापिएको छ।

सुनकोशीमा हाम फाल्दा

रोपाइँ झगडामा बाबुछोराले सुनकोशीमा हाम फाले

काठमाडौं :सिन्धुपाल्चोक कदमदास गाविस ७ का ५५ वर्षीय कुशीनारायण श्रेष्ठ र उनका छोरा २८ वर्षीया केशबहादुर श्रेष्ठले सुनकोशी नदीमा हाम फालेका छन्।
सुनकोशी नजिकै रहेको खेतमा रोपाइँका लागि धानको बीउ उखेल्ने विषयमा बाबुछोराबीच झगडा भएपछि बाबु श्रेष्ठ सुनकोशीमा हाम फालेका थिए। बाबुले हाम फालेपछि उनलाई बचाउन पछिपछि कुदेका छोरा केशवले पनि नदीमा हाम फाले। दुवैजनालाई नदीले बगाएको छ।अहिलेसम्म दुवैजना फेला परेका छैनन्।

उद्धार तथा खोजी कार्य भइरहेको जानकारी इलाका प्रहरी कार्यलय बाहबिसेका निरीक्षक जयश्वर रिमालले बताए अन्नपूर्ण पोस्टमा छापिएको छ ।

विश्‍वकपका रोचक तथ्य यस्ता छन् हेर्नुस

रियो दे जेनेरियो : विश्‍वकप फुटबलको फाइनल केवल हारजितमा मात्र सीमित हुँदैन। दुई टोलीबीच मैदान हुने घम्साघम्सीबीच थुप्रै रमाइला तथ्य लुकेका हुन्छन्। सन् १९५० मा ब्राजिल, सन् १९५४ मा स्विडेन, सन् १९६२ मा चेकोस्लोभाकिया, सन् १९६६ मा पश्‍चिमजर्मनी र सन् १९७४ मा नेदरल्यान्ड्सले सुरुमा अग्रता लिएर पनि जित हात पार्न सकेनन्। यसबाहेक विश्‍वकपको फाइनलसँग जोडिएका अन्य धेरै रमाइला तथ्य छन्।

त्यसमध्ये यहाँ केही प्रस्तुत गरिएको छ :

उरुग्वे ४ अर्जेन्टिना २ (सन् १९३०)

उरुग्वेले १२ औं मिनेटमा अग्रता लियो। तर २० औं र ३७ औं मिनेटमा गोल गरेर अर्जेन्टिना पहिलो हाफमा २-१ ले अगाडि बढ्यो। दोस्रो हाफमा खेलमा फर्किंदै उरुग्वेले दुई गोल गर्‍यो। ५७ औं मिनेटमा खेल बराबरीमा ल्याएको उरुग्वेले ६८ र ८९ औं मिनेटमा गोल गरेर खेलको नतिजालाई ४-२ ले आफ्नो पक्षमा पार्‍यो।

इटाली २ चेकोस्लोभाकिया १ (सन् १९३४)

प्रतिस्पर्धात्मक खेलको ७१ औं मिनेटमा चेकोस्लोभाकियाले अग्रता लिएको थियो। तर ८१ औं मिनेटमा इटालीले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो। ९५ औं मिनेटमा इटालीले निर्णायक गोल गरेर २-१ ले खेल जित्यो। फाइनल पुग्नुअघि दुवै टोलीले सबै खेल जितेका थिए।

उरुग्वे २ ब्राजिल १ (सन् १९५०)

घरेलु मैदानमा उपाधि जित्ने राम्रो अवसर थियो ब्राजिललाई। समूहगत चरणमा तीन जित र एक बराबरी खेलेको ब्राजिलले दोस्रो तथा अन्तिम चरणमा पनि राउन्ड रोबिनमै खेल्नुपर्ने थियो। उरुग्वेविरुद्धको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउने थियो। समूहगत चरणमा सबै खेल जितेको उरुग्वे अन्तिम चरणमा ब्राजिलसँग भिड्नुअघि ब्राजिलभन्दा एक अंकले पछाडि थियो। ब्राजिलले ४७ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो। तर उरुग्वेले खेलमा पुनरागमन गर्दै ६६ औं र ७९ औं मिनेटमा गोल ग:यो र खेल २-१ ले जित्यो।

पश्‍चिमजर्मनी ३ हंगेरी २ (सन् १९५४)

छैटौं र आठौं मिनेटमा गोल गरेर हंगेरी खेलको सुरुमै २-० ले अगाडि बढेको थियो। तर पश्चिमजर्मनीले उत्कृष्ट पुनरागमन ग:यो। १० औं र १८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको पश्चिमजर्मनीले ८४ औं मिनेटमा निर्णायक गोल गरेर ३-२ को नतिजासहित उपाधि जित्यो। समूहगत चरणमा पनि यी दुवै टोलीबीच खेल भएको थियो। यसमा हंगेरी विजयी भएको थियो।

इङ्ल्यान्ड २ पश्‍चिमजर्मनी ४ (सन् १९६६)

पश्‍चिमजर्मनीले १२ औं मिनेटमा अग्रता लिए पनि त्यसको ६ मिनेटपछि इङ्ल्यान्ड बराबरीमा फर्कियो। ७८ औं मिनेटमा इङ्ल्यान्ड खेलमा अगाडि बढे पनि ८९ औं मिनेटमा पश्चिमजर्मनीले खेल बराबरीमा ल्यायो। त्यसपछि अतिरिक्त समयमा दुई गोल गरेर इङ्ल्यान्डले उपाधि जित्यो।

अर्जेन्टिना ३ नेदरल्यान्ड्स २ (सन् १९७८)
अर्जेन्टिनाले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो। तर डच टोलीले ८२ औं मिनेटमा गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा दुई गोल थपेर अर्जेन्टिनाले ३-१ ले उपाधि हातपार्‍यो।

अर्जेन्टिना ३ पश्‍चिम जर्मनी २ (सन् १९८६)
खेलको २३ औं र ५६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिना २-० गोलले अगाडि बढेको थियो। ७४ औं र ८१ औं मिनेटमा गोल गर्दै पश्चिमजर्मनीले खेल बराबरीमा ल्यायो। तर ८४ औं मिनेटमा निर्णायक गोल गरेर अर्जेन्टिनाले निर्धारित समयमै खेल ३-२ ले जित्यो।

ब्राजिल ३ इटाली २ (सन् १९९४)

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरमा पुग्नुपर्‍यो। पेनाल्टी सुटआउटमा दुवै टोलीको सुरुको प्रहार गोल हुन सकेन। इटालीका तर्फबाट अन्तिम प्रहार गर्न आएका रोबर्टो बाजियो असफल भएपछि ब्राजिल विजेता बन्यो। बाजियो त्यतिबेला चर्चाको शिखरमा थिए। -एजेन्सी

विश्‍वकप फाइनलमा अर्जेन्टिना र जर्मनी कस्ले जित्ला त?

रियो दे जेनेरियो : सन् १९८६ को विश्‍वकप फाइनलमा तत्कालीन पश्‍चिममजर्मनीलाई ३-२ गोलले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसको चार वर्षपछि आयोजित संस्करणको फाइनलमा अर्जेन्टिनालाई नै १-० गोलले हराएर पश्चिमजर्मनीले मीठो बदला लियो। संयोग नै मान्‍नुपर्छ, त्यसयता जर्मनी र अर्जेन्टिना फेरि विश्वविजेता बन्नसकेका छैनन्।

 दुई दशकभन्दा बढी भएको छ, विश्वकपमा यी दुई टोलीको उपाधिविहीन यात्रा। तर यी दुईमध्ये एक टोलीले आइतबार राति उपाधिको भोक मेटाउने निश्‍चित छ। अर्जेन्टिना र जर्मनी आइतबार राति २० औं विश्वकप फुटबलको उपाधिका लागि भिड्दैछन्।

जर्मनीसँग फाइनलमा हारेयता अर्जेन्टिना फेरि सेमिफाइनलसम्म पनि पुग्नसकेको थिएन। तर यसपटक लियोनल मेसी, एन्जेल डी मारिया, सर्जियो एगुएरो, गोन्जालो हिगुएनलगायत स्टार खेलाडीको प्रेरणामा अर्जेन्टिना २४ वर्षपछि फाइनलमा पुग्न सफल भयो। यसपटक अर्जेन्टिना २८ वर्षपछि उपाधि जित्‍न प्रयासमा छ।

जर्मनीको कथा भने केही फरक छ। जर्मनी अन्तिमपटक सन् २००२ को विश्‍वकपमा फाइनलमा पुगेको थियो। त्यतिबेला जर्मनी फाइनलमा ब्राजिलसँग पराजित भएको थियो। त्यसयता पनि जर्मनी हरेक संस्करणमा कम्तीमा सेमिफाइनलसम्म पुगेको थियो। फिलिप ल्याह्यम, बास्टियन स्वेन्सटिगर, मिरोस्लाभ क्लोस, लुकास पोडोल्स्की, मेसुट ओजिललगायत खेलाडीको प्रेरणामा यसपटक जर्मनी फाइनलमै पुग्न सफल भएको छ।

पछिल्लो समय जर्मनीको सफलताको कथामा युवा स्ट्राइकर थोमस मुलर लगातार छाउँदै आएका छन्। त्यसैले आइतबार हुने फाइनल भिडन्तलाई दुवै टोलीको गोल्डेन जेनरेसन (सुनौलो पुस्ता) बीचको लडाइँका रूपमा पनि हेरिएको छ। जर्मनीले पहिलो खेलमा पोर्चुगललाई ४-० गोलले हराएर जारी विश्वकपमा गतिलो सुरुआत गरेको थियो। सेमिफाइनलमा घरेलु टोलीलाई ७-१ गोलले हराएर जर्मनी फाइनलमा पुगेको हो।

अर्जेन्टिनाका लागि भने प्रतियोगिताका हरेक खेल कठिन रहे। अर्जेन्टिनाले पहिलो खेलमा बोस्निया हर्जगोभिनालाई २-१ गोलले हराएको थियो। सेमिफाइनलमा अर्जेन्टिनाले साबिक विजेता नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४-२ गोलले हरायो। प्रतियोगितामा दुवै टोलीले कुनै खेल हारेका छैनन्। फरक यति छ, अर्जेन्टिनाले सबै खेल जित्यो भने जर्मनीले एक खेल बराबरी खेल्यो।

जर्मनीका गोलरक्षण, मिडफिल्ड र अग्रपंक्ति बलियो छ। ब्राजिल र पोर्चुगलविरुद्ध भएको गोल वर्षाले पनि जर्मनीको क्षमता प्रस्ट हुन्छ। यता गोलका लागि हरेक खेलमा संघर्ष गरिरहनु परेकाले अर्जेन्टिनाभन्दा जर्मनीलाई बलियो मान्ने पनि धेरै छन्। अर्जेन्टिनाका मिडफिल्डर म्याक्सी रोड्रिगुएज फाइनलमा कुनै पनि टिमलाई बलियो र कमजोर भन्न नहुने बताउँछन्। सोही टोलीका स्ट्राइकर एगुएरो पनि आफ्नो प्रतिद्वन्द्वीबाट निकै सजग छन्।

'जर्मनी बलियो टिम हो। ब्राजिलसँग जर्मनीले जुन नतिजा निकाल्यो, त्यो अरू टिमले पनि भोग्न सक्छ', एगुएरो भन्छन्। आफ्नो टोलीको अग्रपंक्तिप्रति उनलाई विश्वास छ। जर्मनीका स्टार स्ट्राइकर थोमस मुलर मेसीलाई रोक्न सके खेल सहज हुने बताउँछन्। 'मेसीमाथि लगातार ध्यान दिइराख्नुपर्छ। मुख्य कुरा उनलाई खेल्न दिनु हुँदैन।

हामीले एक ढिक्का भएर खेल्नुपर्छ', जारी प्रतियोगितामा पाँच गोल गरिसकेका मुलर भन्छन्। जारी विश्‍वकपमा मेसीले चार गोल गरिसकेका छन्।

कोलम्बियाका जेम्स रोड्रिगुएज ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्। सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटका दाबेदार मेसी र मुलरका लागि व्यक्तिगत रूपमा समेत फाइनल खेलले अर्थ राख्‍नेछ।

सन् २००१ देखि जर्मनी टोलीमा रहेका स्ट्राइकर मिरोस्लाभ क्लोसका लागि यो विश्वकपले विशेष महत्त्व राख्नेछ। उनी हरेक विश्वकपमा छाए, केही कीर्तिमान पनि बनाए तर उपाधि भने जित्न सकेका छैनन्। ३६ वर्षीय क्लोसले आगामी विश्वकप खेल्ने सम्भावना पनि कम छ। 'म यसपटक फाइनल हार्न चाहन्नँ। उपाधि जित्नु मेरो एकमात्र लक्ष्य हो', क्लोस भन्छन्। जर्मनीले सन् १९९६ पछि ठूला प्रतियोगिताको उपाधि जित्नसकेको छैन। अर्जेन्टिनाले पनि एकपछि अर्को खेलमा सुधारिएको प्रदर्शन गरिरहेको छ। अर्जेन्टिनाको गोलरक्षक र रक्षापंक्ति बलियो देखिएको छ।

जर्मनी र अर्जेन्टिनाबीच हालसम्म २० पटक प्रतिस्पर्धा भएको छ। अर्जेन्टिना नौ र जर्मनी सातपटक विजयी भएका छन्। यी दुईबीच भएका चार खेल भने बराबरीमा सकिएका थिए। विश्वकपमा यी दुई टोली ६ पटक भिडेका छन्। सन् १९८६ पछि विश्वकपमा अर्जेन्टिनाले जर्मनीलाई हराउनसकेको छैन।

सन् २००६ को विश्वकपमा जर्मनीले अर्जेन्टिनालाई क्वार्टरफाइनलमा टाइब्रेकरमा पराजित गरेको थियो। सन् २०१० मा आयोजित संस्करणमा जर्मनीले क्वार्टरफाइनलमै अर्जेन्टिनालाई ४-० गोलले हराएको थियो। सन् २०१२ मा यी दुई टोलीबीच भएको पछिल्लो भिडन्तमा भने अर्जेन्टिना ३-१ गोलले विजयी भएको थियो। -एजेन्सी

Saturday, July 12, 2014

सुखद समापनमा ब्राजिल र नेदरल्यान्ड्सले अन्तिम खेल खेल्ने

रियो दे जेनेरियो : जारी विश्‍वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार राति ब्राजिल र नेदरल्यान्ड्सबीच घम्साघम्सी पर्ने भएको छ। सेमिफाइनलमा पाँचपटकको विजेता ब्राजिलले जर्मनीसँग ७-१ गोलको अप्रत्यासित हार बेहोरेको थियो। नेदरल्यान्ड्स भने सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४-२ गोलले पराजित भएको थियो।

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले तेस्रो स्थानका लागि हुने खेल अर्थहीन भनेका छन्। ब्राजिल भने उक्त खेलमा नेदरल्यान्ड्सलाई हराएर आम समर्थकलाई सान्त्वना दिने योजनामा छ। जर्मनीसँग खराब नतिजा बेहोरेपछि ब्राजिलियन टोलीको निकै आलोचना भइरहेको छ।

ब्राजिल छैटौंपटक विश्वविजेता बन्ने प्रयासमा थियो। यसमा ब्राजिलका लागि घरेलु मैदान उपयोगी सिद्ध हुन सक्थ्यो तर स्थिति ठीक उल्टो भयो।

जर्मनीसँगको हारपछि ब्राजिलियन टोलीको भविष्यका विषयमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यस्तो अवस्थामा ब्राजिलका लागि आफ्ना आलोचकलाई गतिलो जबाफ दिने यो उपयुक्त अवसर हुनसक्छ। ब्राजिलका लागि अहिले निकै बलियो देखिएको नेदरल्यान्ड्सलाई हराउनु ठूलो उपलब्धि हुनेछ। यसले टिमको आत्मबलमा पनि सुधार ल्याउन सक्छ।

लुइज फेलिपी स्कोलारीको प्रशिक्षणमा ब्राजिलले अन्तिमपटक सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो। त्यतिबेला टोलीलाई उपाधि दिलाएर स्कोलारीले ब्राजिलको जिम्मेवारी छाडेका थिए। त्यसपछिका दुई संस्करणमा ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन। फेरि ब्राजिलको टोलीमा फर्किएका स्कोलारीले यसपटक भने निकै ओलाचना खप्नुपरेको छ। अहिले उनको राजीनामाको माग पनि चर्को रूपमा उठिरहेको छ। त्यसैले स्कोलारीका लागि पनि नेदरल्यान्ड्सविरुद्धको खेल अग्निपरीक्षाको घडी हो।

'हामी १२ वर्षपछि सेमिफाइनलमा पुग्यौं। यो पनि त ठूलो उपलब्धि थियो नि', लगातारको आलोचनाबाट आजित भएका स्कोलारी भन्छन्, 'यतिबेला टोलीको मनोबल उच्च बनाउन पनि नेदरल्यान्ड्सविरुद्धको खेल हाम्रा लागि महत्त्वपूर्ण छ। अन्तिम खेलमा केही राम्रो सन्देश दिन सक्यौं भने त्यो नै ब्राजिलको सफलता हुनेछ।'

स्कोलारीले भनेजस्तै शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई हराउन सके त्यसले ब्राजिलियन समर्थकको घाउमा पनि गतिलो मलमको काम गर्नेछ। जारी प्रतियोगिताभर ब्राजिलको रक्षापंक्ति कमजोर देखियो। कोलम्बियाविरुद्धको खेलमा रक्षापंक्ति केही सुधारिएको देखिए पनि सेमिफाइनलमा ब्राजिलले पुरानै गल्ती दोहोर्‍याएको थियो।

अग्रपंक्तिमा पनि नेमारको बलियो विकल्प कोही देखिएको छैन। जर्मनीसँग पनि यही समस्या देखिएको थियो। कप्तान तथा रक्षक थियागो सिल्भा फाइनलमा उत्रने भएकाले निराश ब्राजिलियन खेलाडीको आत्मबल केही बढ्ने देखिन्छ।

डच टोलीको कथा भने बेग्लै छ। प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदारका रूपमा हेरिएको थिएन नेदरल्यान्ड्सलाई। तर धेरै फुटबल पण्डितको अनुमानविपरीत नेदरल्यान्ड्स उच्चस्तरको प्रदर्शन गर्दै ब्राजिल विश्वकपको सेमिफाइनलसम्म पुग्यो। यो युरोपेली टोलीका लागि आफैंमा ठूलो सफलता थियो।

डच टोलीका प्रशिक्षक भान गालले तेस्रो स्थानका लागि खेल नहुनुपर्ने तर्क अघि सारेर शनिबार रातिको खेलका लागि आफू गम्भीर नभएको संकेत दिएका छन्।

'विश्वकपमा एउटै उपाधिका लागि प्रतिस्पर्धा हुनुपर्छ। उपाधि होडबाटै बाहिरिइसकेपछि अरू खेल खेल्नुको कुनै अर्थ हुन्‍न', भान गाल भन्छन्। तैपनि प्रतियोगिताको सुखद अन्त्य गर्नुपर्ने चुनौती उनीमाथि पनि छ।

अझ तेस्रो स्थानका लागि हुने खेलमा ब्राजिलजस्तो पूर्वविजेता र घरेलु टोली प्रतिद्वन्द्वी भएकाले डच टोलीलाई सफलता दिलाउन सक्नु भान गालका लागि ठूलो सफलता हुनेछ। ब्राजिल र नेदरल्यान्ड्सबीच हालसम्म ११ पटक प्रतिस्पर्धा भएको छ।

विश्‍वकपमा यी दुई टोली चारपटक आपसमा भिडेका छन्। सन् २०१० मा भएको विश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। वेस्ली स्नाइडरको दुई गोलको मद्दतमा नेदरल्यान्ड्स २-१ गोलले विजयी भएको थियो। यी दुई टोलीबीचको खेलमा नेदरल्यान्ड्सले तीन जित, चार हार र चार बराबरीको नतिजा निकालेको छ। -एजेन्सी

Friday, July 11, 2014

यौन सम्पर्क गर्न नदिए पछि अाफ्नै पत्नीको हत्या

झापा : यौन सम्पर्क गर्न नदिएको भन्दै झापाको सुरुङ्गाका एक व्यक्ति ले पत्नीको हत्या गरेका छन। कनकाई नगरपालिका वार्ड नम्वर ७ चप्रामारी निवासी २७ वर्षीय उमानाथ गहतराज (विश्वकर्मा)ले बुधबार राती २३ वर्षीया मञ्जु गहतराजको हत्या गरेको खुलासा भएको हो।

घटना विवरण अनुसार बुधवार राती उमानाथले साढे ११ बजे मञ्जुसँग यौन सम्पर्क गर्न लाग्दा उनले मनानेपछि छातीमा मुक्का प्रहार गरी उनको हत्या गरेको गहतराजले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

गहतराजको मुक्का प्रहारबाट मञ्जुको घटना स्थलमै मृत्यु भएको र पत्नीको कालगतीले नै मृत्यु भन्दै सतगतकालागि सुरु ङगास्थित माईखोला लगे पनि मञ्जुको माइती पक्षले हत्या गरेको आशंका गर्दै इलाका प्रहरी कार्यालय विर्तामोड उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

हत्याको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षकको नवीन घिमिरेको कमाण्डमा गएको टोलीले दाह संस्कार गर्न रोकेर शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेको र उमानाथलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरी समक्ष उनले पत्नीलाई मुक्का प्रहार गरेको बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिए।

पत्नीको हत्यामा संलग्न उमानाथकी जेठी पत्नी एक नावालक छोरा छाडेर अर्कैसँग पोइल गएपछि उनले मञ्जु गहतराजसँग विवाह गरेका थिए। मृतक मञ्जुका पाँच वर्षीय छोरा र तीन वर्षीया छोरी छन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Annapurna Post

भु पु प्रेमीले तस्वीर पठाएपछि हनिमुनकै रातमा डिभोर्स

आफुले तामझाम सँग बिहे गरेर भित्राएकी श्रीमतीमाथि कसैले दाबी प्रस्तुत गर्यो भने के होला ? अझ आफुलाई भुतपूर्व प्रेमी दाबी गर्दै कसैले निकै आत्मीय क्षणका तस्वीरहरु पठाएर नवबेहुलीको विगतको पर्दाफास गर्यो भने के गर्ने ? साँच्ची विलखबन्दमै परिन्छ होला । एक युवकले भने यस्तै काण्डमा आफ्नी नवविवाहिता श्रीमतीसँग हनिमुनकै रात डिभोर्सको प्रस्ताव राखेका छन् ।


एक मुस्लिम धर्मगुरुशेख गाजी विन अब्दुल अजिज अल समारीले कुवेती टेलिभिजनलाई दिएको खबर अनुसार विवाह गरेको केही घण्टामै यस्तो घटना भएको थियो । साब्क नामक वेबसाइटका अनुसार ती बेहुलीका भुपु प्रेमीले फुलको बास्केटमा उपहार पठाउने निहुँमा एक पेनड्राइभ समेत पठाएका थिए । साथै सो पेनड्राइभका सामाग्री हेर्नुहोला भनेर समेत एउटा कागजमा लेखिएको रहेछ । त्यो पेनड्राइभमा के रहेछ भनेर कम्प्युटरमा खोलेर हेर्दा बेहुला झसँग भए । त्यहाँ र आफ्नै श्रीमतीले त्यो पेनड्राइभ पठाउने युवकसँग रोमान्स गरेका आत्मीय तस्वीरहरु पो रहेछन् ।

आफ्नी श्रीमतीको असली रुप देखेपछि बेहुला रन्थनिए । हनिमुनका लागि कोठामा छिरेका युवकले तत्कालै श्रीमतीसँग डिभोर्स मागे । धर्मगुरुका अनुसार ती युवक अर्को दिन मानसिक चोट लिएर उनीसँग भेट्न आएका थिए । ती बेहुलाले आफुले त्यस्ती केटीलाई अब श्रीमती नबनाउने निधोमा पुगेको कुरा धर्मगुरुलाई सुनाए ।
वास्तवमा त्यो भुपु प्रेमीले ती युवतीको बिहे हुने लगभग पक्का भैसकेपछि एकदिन उनीसँग भेटेर सँगै तस्वीर खिचाएको रहेछ । पछि उसले तिनै तस्वीरको माध्यमबाट युवतीलाई ब्लाकमेल गर्दै धम्काउने गरेको रहेछ । आफुसँग बिहे नगरेर अरु कसैसँग बिहे गरेमा फोटोहरु सार्वजनिक गरिदिने धम्की बेलाबेलामा दिने गरेको रहेछ ।

अन्ततः ती युवतीले अर्कै केटासँग बिहे गरेपछि त्यो युवक निम्तालुको रुपमा आएर बेहुला बेहुलीलाई फुलको बास्केट उपहार दिएजस्तो गरी त्यसमा उनै तस्वीरहरु रहेको पेनड्राइभ समेत हालेछ ।
कुवेती टेलिभिजनसँग यस्तो कुराको खुलासा गर्ने ती साउदी धर्मगुरुले कुन देशमा यस्तो घटना घटेको हो ? भन्ने कुरा भने खुलाएका छैनन् । अनलार्इन खबर

जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ

जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ, सरीर पोलेर भिरमा झुण्डाइन्छ 

पुवा न्युगिनीको मोरोब पहाडि क्षेत्रका भिरहरुमा झुण्डाइएका लासहरु मुस्कुराए जस्ता लाग्छन् । सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्षौँ पुराना समेत छन् र केही आलो पनि ।
लासको बाहिरी भागमा रातो दलिएको छ र ती लास बाँसका पिंजडा भित्र राखिएका छन् र झुण्डाइएका छन् ।

उक्त आदिवासी इलाकामा पुग्ने जो कोही बाहिरिया मान्छे जताततै झुण्डिएका लास देख्दा डराउनु स्वभाविकै हो । तर दुर्गम भेगका ती आंगा आदिवासीका लागि भने लासको यस्तो अवस्था निकै गर्वको विषय हो । उनीहरुका लागि लासलाई यसरी राख्नु भनेको मृतक प्रतिको सबैभन्दा ठूलो श्रद्धा हो ।
मानिस मरिसकेपछि उसको सरीरलाई मज्जाले आगोमा पोलिन्छ । सिपालु मलामीले पैताला, घुँडा लगायतका ठाउँहरुमा काटेर सरीरभित्रको बोसो थुत्छ । त्यसपछि लासको मलद्धारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लट्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ ।
लासबाट निकालिएको बोसो तथा मलद्धारबाट निकालिएको पदार्थ मृतकका आफन्तले आफ्नो जिउमा घस्दछन् । यसरी मृतकको बोसो र मल जिउमा दल्दा मृतकको शक्ति स्थानान्तरण हुने विश्वास गरिन्छ । बाँकी रहेको बोसो खाना पकाउने घ्यु को रुपमा प्रयोग गरिन्छ ।

त्यसपछि लासको आँखा, मुख तथा मलद्धारलाई बन्द गरेर सिलाइन्छ । यसो गर्नुको खास कारण ती क्षेत्रबाट सरीर भित्र हावा छिरेर मासु नकुहियोस् भनेर हो ।

खुट्टाको पाइताला, हातको हत्केला तथा जिब्रो काटेर पुरुष भए श्रीमती र महिला भए श्रीमानलाई दिइन्छ । बाँकी रहेको स
त्यसपछि लासलार्य मोरोबको उच्च पहाडि क्षेत्रका भिरमा लगेर विशेष खालको बाँसको पिँजडामा राखेर झुण्डाइन्छ । अहिले पनि भीरहरुमा २ सय वर्ष पुराना लास समेत रहेका छन् । विशेष समारोहमा लासहरु तल झार्ने र समारोह सकिएपछि फेरि माथि लगेर झुण्डाउने समेत गरिन्छ ।

ती लासको हेरचाहका लागि गाउँको नाइके नै खटाइएको हुन्छ । यद्यपि पपुवा न्युगिनीमा यस्तो प्रथा सन् १९७५ देखि प्रतिबन्धित छ, तथापि केही दुर्गम गाउँमा भने यो बेरोकटोक चलिरहेको छ ।

रीरलाई विशेष खालको अँगेनामा लगेर पोलिन्छ । सामान्य रुपमा पोलिसकेपछि लासलाई माटोले लेपन गरिन्छ, ता की गिद्ध तथा कुकुर लगायतले नखाउन् ।

Thursday, July 10, 2014

महिनावारीमा दुखाई किन हुन्छ? दुखाइ कम गर्न के गर्नु पर्छ

महिनावारीको दुखाई कम गर्न अपनाउनुस् यी घरेलु तरिका
(एजेन्सी)– बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ ।

 पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईंले खानुपर्ने हुन्छ ।

१. दुध दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।

२. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

 ४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

 ७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

 ८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् ।

जिउबाट एक सय किलोको ट्युमर निकालेपछि नयाँ जीवनमा रमाउँदै

जिउमा एक क्विन्टल भन्दा पनि बढि तौलको ट्युमर लिएर दुखपूर्ण जिन्दगी बाँचिरहेका एक चिनिया पुरुषले नयाँ जिन्दगी पाएका छन् । विश्वकै सबैभन्दा ठूलो ट्युमर मानिएको १ सय १० किलोको ट्युमर शल्यक्रियाबाट हटाउन डाक्टरहरु सफल भएका हुन् ।


चीनको सांग्जी प्रान्तका ३७ वर्षीय यांग जियानविनको खुट्टानेर यत्रो बडेमाको ट्युमर थियो । जन्मिँदा ढाडको तलपट्ट िकालो चिनो रहेका यांगको त्यो ९ वर्षको हुँदाखेरिबाट बढ्न थाल्यो । उनी १२ वर्षको हुँदा त्यो ट्युमरको रुपमा ठूलो आकारको भयो र त्यसलाई हटाउन सर्जरी गरियो पनि ।

तर सर्जरी गरेर काटेर फ्याँकेपनि उनको ट्युमर पलाउन छाडेन र त्यो बढ्दै जाँदा १ सय १० केजीको पुग्यो । अन्ततः बेइजिङ अस्पतालमा उनको विशेष शल्यक्रिया गरि भिमकाय ट्युमर हटाउन डाक्टरहरु सफल भए । शल्यचिकित्सक टोलीका प्रमुख चेन मिनलियाङका अनुसार यांग न्युरोफिब्रोम्याटोसिस नामको रोगबाट ग्रसित छन् । त्यो रोग लागेका मानिसहरुमा कोष तथा तन्तुहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन् ।

१६ घण्टासम्म ९ जना डाक्टरहरुले अनवरत प्रयास गर्दै उनको ट्युमर काटेर फ्याँकिदिएका छन् । अपरेशनका क्रममा उनलाई ५ लिटर रगत दिइएको थियो, जुन एकजना मानिसको सरीरमा हुने पूरै रगतको मात्रा भन्दा पनि बढि हो ।

उनले अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् र यो महिनाको अन्तिममा उनलाई डिस्चार्ज गरिने बताइएको छ ।

अर्जेन्टिना फाइनलमा

२६ असार, काठमाडौं । नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।


बिहीबार भएको सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त पक्का गरेको हो । जर्मनी घरेलु टोली ब्राजिललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

Wednesday, July 9, 2014

जुनसुकै मोबाइलबाट फेसबुकमा फिलिंग शेयर गर्न पाइने

प्राप्त जानकारी अनुसार अब तपाईं कुनै पनि किसिमको मोबाइलबाट फेसबुकमा आफ्ना भावनाहरू शेयर गर्न सकिने भएको छ । सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले हरेक कम्पनी र हरेक किसिमको मोबाइलबाट फिलिंगहरू देखाउन सकिने सुविधा थप गर्दैछन् । हरेक प्रयोगकर्ताले ‘स्माइली’ अथवा सिमिली मार्फत् आफ्नो भावनात्मक अवस्था साथीहरुलाई बताउन सकिनेछ । पिसी र स्मार्टफोनका प्रयोगकर्ताले यसअघि नै यो सुविधा उपभोग गरेपनि अब सबै प्रयोगकर्ताका लागि सहज बनाइन लागेको हो ।
यसबाट तपाईं के सुनि रहनुभएकोछ, के पढिरहनुभएको छ, के देखिरहनुभएको छ, कस्तो महसुस गरिरहनुभएको छ भन्ने प्रतिकात्मक रुपमा सजिलै भन्न सक्नुहुन्छ ।एजेन्सी

टपरी बेच्दै रामकृष्ण

सरकारी अधिकृत स्तरको जागिर छोडेर सप्तरीको फत्तेपुर– ३ निवासी रामकृष्णप्रसाद गुप्ता अहिले घरमै व्यवसाय गरी मनग्य आम्दानी गरिरहेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मौसम विभागको इन्चार्ज भएर काम गरिसक्नुभएका गुप्ताले पहाडी क्षेत्रको विमानस्थलमा सरुवा भएपछि जागिर छाडेर घरमै भोर्ला पातको थाल बनाउने उद्योग खोलेर मनग्य आम्दानी लिँदै आएका छन् ।

बिएससीसम्मको अध्ययन गरेका गुप्ताले जागिर छाडेर घरमै भोर्ला पातको थाल बनाउने उद्योग खोलेपछि स्थानीय बासिन्दाले बहुलाएको हो भनी खिल्लीसमेत उडाउने गर्दथे तर उनले सामाजिक आलोचनाको प्रर्वाह नगरी करिब दुई दशकअघि भोर्लाको पातको थाल बनाउने उद्योग सञ्चालन गरे ।

जङ्गल छेउछाउका स्थानीयले चुल्होमा बाल्नका लागि प्रयोग गर्ने भोर्ला पातलाई प्रयोगमा ल्याएर उनले अहिले त्यस क्षेत्रका आधा दर्जन गाविसका ५० भन्दा बढी महिला तथा पुरुषलाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । सप्तरीको फत्तेपुर, कञ्चनपुर, उदयपुरको सुन्दरपुर, शिवाई, पर्साहासहितका गाविसका महिला तथा पुरुषले चुरे जङ्गलमा पाइने भोर्लाको पात सङ्कलन गरी पु¥याउने गरेको र त्यही पातलाई थालको रुपमा बनाएर विभिन्न बजारसम्म पठाउने गरिएको छ ।


दसँै, तिहारको बेलामा व्यापारीलाई भोर्ला पातको थाल पुर्‍याउन आफूलाई भ्याइनभ्याई हुने गरेको गुप्ता वताउछन्  । उनी भन्छन् – ‘‘भोज भत्तेर आदीमा खाना खानका लागि प्रयोग गरिने भोर्ला पातको थाल लिनका लागि धेरै टाढाटाढाबाट व्यापारीसमेत घरमै आउने गर्छन् ।” भोर्ला पातको थाल विराटनगर, लहान, ईनरुवा, राजविराज, इटहरी तथा भारतको लौकही, अन्धरामन्ठ, कुनौली भीमनगरसहितका बजारमा अत्यधिक खपत हुने गरेको उनको कथन छ ।

हाल आफ्नो उद्योगमा १६ जना कामदार कार्यरत रहेको हिमाल थाल प्लेट उद्योगका सञ्चालक गुप्ता भन्छन् – जतिबेला उद्योग सञ्चालन गरेँ, त्यतिबेला भोर्ला पातको थाल नौलोे भएकाले खुबै चल्यो, तर पछिल्लो समय बजारमा आधुनिक थालहरू समेत भित्रिसकेकाले अहिले व्यापारमा केही ह्रास आएको छ । - रासस

कस्ता छन मेस्सीका दिवानाहरू

ब्राजिलमा जारी ‘विश्वकप फूटबल २०१४’ को रौनक अझै सकिएको छैन । सेमिफाइनलका खेल वुधबार बिहानबाट सुरु हुँदैछ । आयोजक राष्ट्र ब्राजिल जर्मनीसँग भिड्दैछ । नेदरल्याण्ड र अर्जेन्टिनाको भिडन्त अझै रोचक हुने अपेक्षा गरिएको छ ।

नेपाली सिनेमाका ३ नायिकाहरु भने अर्जेन्टिनाले जित्नेमा ढुक्क भएर बसेका छन् । अर्जेन्टिना मन पर्नुको कारण आ-आफ्नै छ, नायिकात्रय केकी अधिकारी, अनु शाह र नन्दिता केसीलाई । नायिका केकी अधिकारी सानैबाट अर्जेन्टिनाकी फ्यान हुन् । परिवारका अन्य सदस्य पनि यही टिमको पक्षमा लागेपछि केकी फ्यान भएकी हुन् । तर यो पटक भने उनको दिल मेस्सीले चोरेका छन् । ‘यसपटक म मेस्सी भएकै कारण, अर्जेन्टिनाप्रति अझै क्रेजी भएको छु’, उनले भनिन् ।

केकीका अनुसार मेस्सीको खुट्टामा बल परेपछि गोल हुने संभावना ज्यादा हुन्छ । उनले खेललाई खेलको रुपमा लिनुपर्छ भन्दै आफूले कतै बाजी नहानेको बताइन् । मेस्सीसँग डी-मारिया पनि उनलाई मनपर्छ । यो विश्वकपमा उनले अर्जेन्टिनाको कुनै पनि खेल छुटाएकी छैनन् । ‘मेस्सीको खेल्ने स्टाइल र मान्छे राम्रो भएकाले फ्यान भएकी हुँ’, केकीले भनिन् ।यता अर्की नायिका नन्दिता केसीलाई पनि मेस्सी भएकै कारण अर्जेन्टिना मन परेको हो । गत विश्वकपमा उनी ब्राजिलको फ्यान थिइन् । तर मेस्सीले उनको मन चोरे, यो पटक पूर्णरुपमा अर्जेन्टिनाको टि-सर्ट लगाएर सपोर्ट गरिरहेकी छिन् उनी ।

उनले अर्जेन्टिनाले विश्वकप जित्छ भनेर बाजी समेत लगाएकी छिन् । ‘१५ हजारको बाजी लगाएकी छु, हेरौ जितिन्छ कि हारिन्छ’, उनले भनिन् । मेस्सीको खेलबाट प्रभावित नन्दिताले आजसम्म कुनै पनि अर्जेन्टिनाको खेल छुटाएकी छैनन् ।यता अर्की नायिका अनु शाह पनि मेस्सीकै कारणले अर्जेन्टिनाको सपोर्ट गरिरहेकी छिन् । उनलाई फूटबल साधारण र सबैले वुझ्ने खेल भएका कारण मनपर्छ । तर अर्जेन्टिना मन पर्नुको एउटै कारण मेस्सी हुन् । मेस्सीलाई अन्य देशका खेलाडीले घेरेको र लडाएको देख्दा मन दुख्छ अनुको । उनको खुट्टामा बल परेपछि गोल हुन्छ भन्नेमा ढुक्क छिन् अनु । तर राती पनि छायांकन भएकाले अनुले अर्जेन्टिनाको सबै खेल हेर्न पाएकी छैनन् ।अनलाइनखबर

एउटै नामले तोड्यो विश्व रेकर्ड

एउटै नाम, ६३ शव्दको नाम, बन्यो विश्व किर्तिमान

स्विडेनका एक २५ वर्षे युवकको नाम यति लामो छ की त्यो उच्चारण गर्न एक मिनेट पूरै लाग्छ । उनको नाम ६३ वटा शव्दबाट बनेको छ । यो विश्वकै सबैभन्दा लामो नाम हुनसक्छ ।

पापा लंग नामेह नामको छोटकरी नामबाट बोलाइने ती युवकको खास नाम यस्तो छ ?
Kim-Jong Sexy Glorious Beast Divine Dick “ather Lovely Iron Man Even Unique Poh Un Winn Charlie Ghora Khaos Mehan Hansa Kimmy Humbero Uno Master Over Dance Shake Bouti Bepop Rocksteady Shredder Kung Ulf Road House Gilgamesh “lap Guy Theo A H Im Yoda “unky Boy Slam Duck Chuck Jorma Jukka Pekka Ryan Super Air Ooy Rusell Salvador Alfons Molgan Akta Papa Long Nameh Ek.


राजधानी स्टकहोम नजिकैको हानिन्ज सहरका बासिन्दा पापाको पहिलेको नाम अलेक्जेन्डर इके थियो । तर १८ वर्षको हुँदादेखि उनले आफ्नो नाम फेर्न सुरु गरे । उनले ६ पटकसम्म आफ्नो नाम फेरे र हरेक पटक सतर्कतापूर्वक छनोट गरिएका विभिन्न खाले टाइटल नाम थप्न थाले । कुनै समय उनको नाम उसामा बिन इके समेत भएको थियो ।

एकपटक उसामा बिन इके नामको उनको चिठी घरमा आउँदा उनका बा आमा छक्क परेका रहेछन् । नाम परिवर्तनकै कारण धेरै चिठीहरु आफुले प्राप्त गर्नै नसकेको र कहिलेकाहीँ घरको विजुलीको बिल पनि ढिलो आउने गरेको उनको भनाइ छ । तर यस्तो हैरानी उनलाई मज्जै लागेको छ ।स्विडेनमा कुनैपनि व्यक्तिले आफ्नो नाम पहिलोपटक परिवर्तन गर्दा कुनै शुल्क लाग्दैन । तर त्यसपछाडि पनि नाम परिवर्तन गर्नुपर्यो भने एक पटकमा झण्डै डेढ सय डलर शुल्क लाग्छ ।

स्मरण रहोस् अहिलेसम्म आधिकारिक रुपमा विश्वमा सबैभन्दा लामो नाम भएका व्यक्तिको रुपमा बेलायतका एक व्यक्तिको नाम गिनिज बुकमा रहेको छ । २९ शव्द लामो नाम भएका ती व्यक्तिको नाम Barnaby Marmaduke Aloysius Benjy Cobweb Dartagnan Egbert “elix Gaspar Humbert Ignatius Jayden Kasper Leroy Maximilian Neddy Obiajulu Pepin Quilliam Rosencrantz Sexton Teddy Upwood Vivatma Wayland Xylon Yardley Zachary Usansky हो । 

तर ६३ शव्दको नाम भएका पापा अब विश्वमा सबैभन्दा लामो नाम भएका व्यक्तिका रुपमा गिनिज बुकमा प्रवेश गर्ने पक्का छ । एजेन्सी nydailynews

छातीको सूर्यले बाल्ने भो अागो - विकिनीमा सुष्मा

फेरि विकिनीमा सुष्मा, छातीको सौर्यले बाल्ला त आगो ?

सिनेमा नगरीमा हट आइटम नृत्य गरेर चर्चामा आएकी नायिका सुष्मा कार्की अहिले ओझेलमा छिन् । सुष्माले कला भन्दा पनि आफ्नो जवानी विकाइन् भन्नेहरुको पनि यहाँ कमी छैन । तर पछिल्लो समय सुष्मा प्रेमी निरनसँग रेष्टुरेन्ट व्यवसायमा नै व्यस्त भइन् । सुष्माको हातमा यतिबेला खासै सिनेमा छैन भन्दा पनि हुन्छ । उनलाई आइटम नृत्य गराउन निर्माताहरु पनि पन्छिएका छन् ।

तर उनै नायिका सुष्मा कार्कीले फेरि एकपटक चर्चा कमाउने सुर कसेकी छिन् । हालै मात्र उनले गरेको एक फोटोसुटले बजार तताउने छनक देखाएको छ । विकिनी लगाएर सुष्माले गरेको फोटोसुट चर्चामा छ । सौर्य अंकित छातिमा बनाएको ट्याटुलाई समेत प्रदर्शन गर्दै सुष्मा निक्कै खुलेकी छिन् ।

आखिर नायिका कार्की किन यसरी खुलिन्, यो उनले नै जान्ने कुरा हो । तर पनि सिने नगरीमा चर्चा सेलाउँदै गएपछि सुष्माले जवानी देखाउने मेसो कसेको हुनुपर्छ । अनलाइन खबर
तस्बिर : काठमाण्डौ क्रेज / श्रीराम अर्यालको फेसबुक
जाने बेलामा त्यो भिडयो बक्सको बीचमा एकक्लिक गरेर जानु होला धन्यवाद

३५ किलोको पहिरनमा नायिका

नायिका अनुष्का शर्मा यतिबेला चलचित्र ‘बम्बे भेल्भेट’को छायांकनमा व्यस्त छिन् । उनै अनुष्काले यो चलचित्रमा ३५ किलोको गाउन लगाएकी छिन् । कस्ट्यूम डिजाइनर निहारिका खानले तयार पारेको यो पहिरनले अनुष्कालाई निक्कै मोटी देखाएको छ ।
एक रेष्टुरेन्टमा गीत गाउने क्रममा अनुष्काले यस्तो पहिरन लगाएकी हुन् । अनुष्काको पहिरन यतिसम्म भारी थियो कि, यसलाई सम्हाल्न २ जना सहयोगी चाहिन्थ्यो । यो पहिरनमा अनुष्काले साढे २ घन्टा सुटिङ गरेकी थिइन् । हरियो रंगको यो गाउनमा अनुष्का निक्कै मोटी देखिएकी थिइन् ।

मेस्सीको जर्सीभन्दा मच्छिन्द्रनाथको भोटो राम्रो

मेस्सीको जर्सीभन्दा मच्छिन्द्रनाथको भोटो ठीक ! राष्ट्रियताको खिल्ली कि खेलको समर्थन ?
अहिले बिश्वकप फुटबलको २०औ संस्करण ब्राजिलमा चलिरहेको छ । यसमा छनौटका विभिन्न चरण पार गरेर ३२ वटा राष्ट्र सहभागी भएका छन् । यो खेलको रौनक सहभागी राष्ट्रमा त्यति छ कि छैन थाहा छैन तर, नेपालमा अति देखिएको छ । के काठमाडौं, के मोफसल,के गाउँ जताततै पहेंला, राता, निला, सेता र सेतो निलो धर्के जर्सी लगाउनेहरुको एक प्रकारको जुलुस नै देखिन्छ,बिशेष गरेर युवा पुस्तामा ।


हाल आएर खेल मनोरञ्जन मात्र नभएर प्रत्यक्ष राष्ट्रियता सँग जोडिएको बिषय पनि हो ।तर,अहिलेको हाम्रो देशको युवा पुस्ता र फुटबलका नेपाली समर्थक हेर्दा यस्तो लाग्छ-’खेल सबथोक हो र क्षेत्रीयता, राष्ट्रियता भन्ने चिज केवल मजाकको बिषय हो ।

‘ब्राजिलमा बिश्वकप २०१४ को उद्घाटन हुँदै गर्दा ब्राजिलको राष्ट्रिय झन्डा बोकेर सडक जाम गर्दै सयौको संख्यामा जुलुस निस्किए हाम्रो देशका विभिन्न शहरहरुमा । राष्ट्रियतामाथि योभन्दा ठूलो मजाक के हुन सक्छ ? हाम्रो युवा पुस्ताको ।

कुनै देशको खेल/खेलाडी मलार्इ मनपर्छ भन्नु र त्यसको समर्थन गर्नु सामान्य कुरा हो र ब्यक्तिगत स्वतन्त्रता पनि । तर, कसैको समर्थन गर्ने नाममा त्यही देशको झन्डा बोकेर महंगो पेट्रोलको सत्यनास गर्दै फलानो देश जिन्दावाद भन्दै हिंड्नुको अर्थ के हुन्छ ? यो देशको युवा पुस्ताले राष्ट्रिय झन्डाको अर्थ र महत्व बुझ्छ कि बुझ्दैन ?अनि इतिहासको अध्यन गर्छ कि गर्दैन ? उसले हेरेको छ बिश्वको मानचित्र ? कहाँ पर्छ ब्राजिल ? कहाँनेर छ अर्जेन्टिना ? इरानभन्दा नजिक कि टाढा । दक्षिण कोरिया भन्दा कता ? कहाँ छ स्पेन ? जपान भन्दा पनि नजिक छ ?

के साइनो छ हाम्रो, ब्राजिलसँग ? मावली कि ससुराली ? के त्यो पहेलो जर्सी हाम्रो राष्ट्रिय पोसाक हो ? के सहयोग, सदभाव छ ब्राजिलको हाम्रो राष्ट्रलाई र हामी ब्राजिलको पक्षमा यति मरिहत्ते गरिरहेका छौ ? ओ ! युवा पुस्ता तिमिलार्इ थाहा छ फोकल्याण्डको युद्धमा गोर्खालीसँग नराम्रो हारेपछि अझै पनि अर्जेन्टिनीहरु गोर्खालीलार्इ अति घृणाको दृश्टिले हेर्छन् । अर्जेन्टिनामा बिश्वका धेरै राष्ट्रको दूतावास छ, धेरै देशले हाम्रो देशको गरिबी र अभाव हटाउन हातेमालो गरेका छन् । तर, अर्जेन्टिना र ब्राजिलमा नेपालकाे नाम कतै नाम सुनिँदैन । के तीदेशलार्इ नेपाल भन्ने देश छ भन्ने थाहा होला ? अनि तिमीले लगाएको पहेलो र नीलो सेतो धर्के जर्सीको बारेमा पत्तो होला त ?

यहाँनिर फुटबललाई अनावश्यक राष्ट्रियतासंग जोड्यो भन्ने लाग्न सक्छ, तर कुरा राम्रो र व्यवसायिक फुटबल खेल्नेको समर्थन गर्ने हो भने पनि अहिले हामीले जर्सी आतंक फैलाएका भन्दा फरक र हाम्रो देशलार्इ प्रत्यक्ष सहयोग गर्ने धेरै मुलुकहरु छन्, तिनलार्इ समर्थन गराैं न ।

जस्तो कि- जर्मन,स्विजरल्याण्ड,फ्रान्स, इङ्ल्याण्ड,नेदरल्यान्ड आदि । तर, हामी नाता न साइनोका ब्राजिल, अर्जेन्टिना भन्दै बुर्कुशी मारिरहेका छौं र फैलाइरहेका छौं जर्शी र झण्डाकाे आतंक ।
मैले यसो भनिरहँदा कुनै देशको खेलको बिशुद्ध समर्थनगर्नु राष्ट्रघात हो भन्न खोजेको चाहिँ हैन ।खेललार्इ बिशुद्ध खेलकै रुपमा बुझेर त्यो देशका खेलाडीहरुले देखाएको प्रदर्शनको आधारमा मुल्यांकन गर्दै समर्थन र बिरोध गर्नेसँग मेरो गुनासो पनि हैन ।

तर एक चरणका प्राय सबै खेल हेरिसक्दा पाकेको केरा रङको जर्सी लाउने ब्राजिल र फोकल्याण्डमा हामीसँग युद्ध हारेको अर्जेन्टिना दुबैको खेल धेरै स्तरीय देखिएन । यसो हुँदाहुँदै पनि हामी बाँकी ३० देशको खेल हेरेर मूल्यांकन गर्दै खेललार्इ खेलकै रुपमा बुझ्नपट्टि लागेनौं । बरु बर्षौदेखि हामिलार्इ जे कण्ठ थियो, त्यही गरर्यौ ।जसको झण्डा बोक्दै आएका थियौ उसैको बोक्यौ । भेडोझै एकोहोरो लहैलहैमा एउटैको पक्षमा लागिरहयौं । हामीले कमजोर ठानिएका/भनिएकाहरु पनि बलिया भए कि भनेर तिनीहरुको खेल हेर्ने धैर्य कहिल्यै गरेनौं । हामी शक्तिका पुजारी बनिरह्यौं ।

तर, मित्रहरु समय बद्लिसकेको छ । स्पेनलार्इ चिलीले ठेगानलगाइसक्यो । इङ्लेण्ड औपचारिकताका लागि खेल्दै छ । इरानले अर्जेन्टिनालाई हामी नै काफी छौ भनिसक्यो । मेक्सिकोले ब्राजिललार्इ धुलो चटाएर देखाइसक्यो । जर्मनसँग घानाले अंक बराबर गरौं भनेर हिसाब मागिसक्यो । सिंह भनिएको इटालीलाई स्याल ठानिएको कोस्टारिकाले पछार्यो । बेल्जियम आँधी झै अघि बढ्यो । अल्जेरिया,बोस्निया, नाइजेरिया,स्विजरल्याण्ड, क्रोसियाहरु डन भनिएकाहरुलासर्इ कुरी-कुरी गर्दै अगाडि बढे। ब्राजिल जर्मनीसँग लज्जास्पद ढंगले हार्यो ।

दुनियाँ गतिशील छ । खेलमा नयाँ राष्ट्रहरुले क्रान्ति गरिसके,परिवर्तनको छनक दिइसके। तर, हामीले कहिल्यै खेलको स्तर हेरेर समर्थन र बिरोध गर्न सिकेनौं । कहिल्यै खेललार्इ राष्ट्रियतासँग तौलेर हेर्न सकेनौं ।
अंग्रेजी शब्द ‘फ्यान’ को नेपालीमा दुइटा अर्थ लाग्छ , एउटा समर्थक र अर्को हावा फाल्ने साधन । हामी अहिले जे गरिरहेका छौं, त्यसबाट मुल्यांकन गर्ने हो भने हामी दोस्रो अर्थको लागि योग्य छौ । हामी समर्थक कम र हावा बढी भएका छौं । यो सबै हेर्दा त यस्तो लाग्छ ,हामी फेरि एकपटक भुपी को कविताको एउटा अंशलार्इ अक्षरश पालना गर्न गैरहेका छौं -”यो हल्लै हल्लाको देश हो ” ।
यहाँनेर यति धेरै राष्ट्रियताको कुरा गर्नु जरुरी थिएन भन्ने तर्क पनि आउन सक्छ, त्यो केहि हदसम्म सही पनि होला । तर, यो बिशुद्द खेलसँग मात्र जोडिएर आएको बिषय होइन, यो त अहिलेको हाम्रो देशको उदाउँदो पुस्ताको बिचार र नियतले लेख्न बाध्य बनाएको विषय हो । जब देशको युवा पुस्ता नियतवस खल्तिमा पासपोर्ट बोकेर अरुको देशको नागरिकता पाउनलार्इ मरिहत्ते गर्छ र देशलार्इ गाली गर्दै विदेश पलायन हुन्छ, त्यो बेला राष्ट्रियताको कुरा गर्ने कि नगर्ने ? जब देशको राष्ट्रसेवक भनिएको कर्मचारी बिदेशी पि.आर. सिरानीमुनि राखेर यो देशबाट सेवा सुबिधा हसुरिरहन्छ भने त्यहाँनेर राष्ट्रियता खोज्ने कि नखोज्ने ? जब देशका बुज्रुक भनाउँदाहरु डि.भि. परेर अमेरिका जानुलार्इ सबभन्दा ठूलो भाग्य ठान्छन् भने तिनमा राष्ट्रियता खोज्नुजरुरी छ कि छैन ?
‘सत्य सेवा सुरक्षणम’ को कसम खाएको प्रहरीको उच्च ओहदाकोबहालवाला कर्मचारी डि.भि.मा अमेरिका गएर सामान्य कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न तयार हुन्छ र पहिले आफुले तल्लो दर्जाका कर्मचारीबाट खाएको सलाम भटाभट अमेरिकीलार्इ फिर्ता गर्छ भने त्यहाँनेर स्वाभिमानको कुरा गर्दा अपराध हुन्छ र ?
जब खेलका नाममा युवा पुस्ता बिदेशी झन्डा बोकेर हावादारी नारा लगाउँदै बेपत्ता शहर घुम्छ र राष्ट्रियताको खिल्ली उडाउँछ भने मैले त्यो गलत हो भन्न पाउने कि नपाउने ? जब पढेलेखेका भनाउँदाहरु अफिसका टेबलमा, घरको छतमा, मोटरसाइकलमा, गाडीमा, स्कुले नानीहरुको झोलामा अरु नै देशको झन्डा राखेर राष्ट्रियताको खिल्ली उडाइरहन्छन् भने, त्यहाँ अर्को युवा बोल्नु जरुरी छ कि छैन ?

खेल सामान्य कुरा हो र यहाँ प्रस्तुत गरेको कुरा उदाहरण मात्रै हो । हाम्रो देशको युवा पुस्ता, अझ भनौं टीन एजर पुस्तालाई राष्ट्रियता भनेको राजनीति मात्र हैन भनेर सिकाउनु जरुरी छ । उदाहरण को लागि , जब एउटा युवा हेर्दै नहेरी ‘नेपाली चलचित्र राम्रो हुदैन’ भन्दै हलमा जाँदैन अनि हिन्दी चलचित्र चाहिँ लाग्ने बित्तिकै सबै हेर्छ भने उसलार्इ सिकाउनु जरुरी छ कि -चलचित्र पनि राष्ट्रियतासँग जोडिएको बिषय हो भनेर । अघिल्लो बर्ष साँघुरो, झोला लगायत धेरै राम्रा नेपाली चलचित्र बनेका थिए जसमध्ये साँघुरो र झोलाले त अन्तर्राष्ट्रिय स्तरको अवार्ड पनि पाए । तर, ती चलचित्रले आफ्नाे लागानी पनि उठाउन सकेनन् । त्यही बेला चलेका ‘रामलिला’ ‘दबंग’ जस्ता के के हावादारी हिन्दी चलचित्रले भने करोडौं पैसा लिएर गए ।

मेरो आसय हल्लै हल्लाको पछि दौडेको युवा पुस्तालाई यहाँनेर चलचित्रमा पनि राष्ट्रियतासँग जोडिएको बिषय हो भनेर सिकाउनु जरुरी छ भन्ने हो ।यस्ता धेरै क्षेत्र छन् जहाँ जहाँ हामी चुकेका छौं, त्यहीँबाट खोज्नु जरुरी छ राष्ट्रियता ।

र अन्तमा, हामी दुइथरि मान्छे छौं -एकथरि शहरका चिया पसलमा बसेर देशलार्इ/नेतालार्इ गाली मात्र गर्ने र अर्कोथरि बिदेशमा बस्ने, उसकै देशको नागरिकता भिर्ने अनि फेसबुक र टुइटरका भित्तामा चर्को राष्ट्रियता फलाक्ने । कुरो यति हो – हामीले नयाँ पुस्तालार्इ राष्ट्रियता भनेको नेताहरुको ठेक्काको बिषय मात्रै होइन, यो त हामी सबैको कर्तव्य हो अनि यो राजनीतिमा मात्र लागू हुने बिषय होइन,देश भित्रका सामान्य भन्दा सामान्य बिषयमा पनि लागू हुन्छ भनेर सिकाएनौं भने पछिल्लो पुस्ताले सोध्न सक्छ- ‘बा ! मच्छिन्द्रनाथको भोटो भनेको मेस्सीको जर्सीभन्दा पनि इम्पोर्टेन्ट हो ?’ भनेर । चेतना भया !

(- सुवास कोइराला यो लेखकको नितान्त व्यक्तिगत विचार हो अनलाइनखबर डटकमबाट साभार )

उपचार नै नहुने रोग अलसाइमरको उपचारमा नयाँ तथ्‍य

अल्साइमर रोग डाइमेन्सियाको एउटा रूप हो । अहिलेसम्मको चिकित्सा अनुसन्धानहरू अनुसार यसको कुनै पनि उपचार छैन। यो रोग घटबढ हुनुको सट्टा क्रमिक रूपमा बढ्दै जाने हुनालेबुढेशकालमा निष्क्रिय तुल्याउँदै मृत्युको मुखसम्म पुर्‍याउने रोगका रूपमा अल्जाइमर्सलाई लिइन्छ। चिकित्सा अनुसन्धानमा संलग्न हङकङको एक टोलीले अल्जाइमर्स रोगबारे नयाँ तथ्य पत्ता लगाएको छ।

युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक नान्सी इप युक युम नेतृत्वको टोलीले गरेको अनुसन्धानले मस्तिष्क कोषमा यस्तो प्रोटिनको पहिचान गरेको छ जसले सिक्ने र सम्झने शक्तिमा ह्रास ल्याउने काम गर्छ। सँगै चिकित्सकको टोलीले 'क्याट्स क्ल'को नामबाट चिनिएको युकारिया रायनकोफिला जातको वनस्पतिमा एक यस्तो तत्त्व फेला पारेको छ जसले विस्तारै मस्तिष्कको मृत्युलाई कम गर्न सहयोग पुर्‍याउँछ।


प्राध्यापक इपका अनुसार अहिले पनि घरेलु औषधिका रूपमा लिइँदै आएको उक्त वनस्पतिको प्रयोगबाट अल्जाइमर्सको क्षति कम गर्न सकिन्छ। उनले यस्तो वनस्पतिबाट औषधि बनाउने काम गर्न थप १० वर्षजति लाग्ने पनि बताइन्। 'आशा छ, हाम्रो यो प्रयासले अल्जाइमर्सका नयाँ बिरामीलाई फाइदा पुग्नेछ, हामी यही दिशातिर अघि बढिरहेका छौं', उनले भनिन्।

अल्जाइमर्सको मुख्य कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर, यसको लक्षणका आधारमा क्षति कम गर्ने औषधि भने पाइन्छन्। हङकङका चिकित्सक टोलीले ईपीएचए फोर नामक प्रोटिनको सक्रियताबाट मस्तिष्कमा अल्जाइमर्स हुने विश्वास व्यक्त गरेका छन्। टोलीको यो अध्ययन अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेजको जुनको अंकमा पनि प्रकाशित छ।

हङकङमा सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार एक लाख तीन हजारजना अल्जाइमर्सबाट सताइएका छन्। यही गतिमा बढ्ने हो भने सन् २०३९ मा यो संख्या तीन लाख ३२ हजार पुग्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठनको सन् २०१२ को अध्ययनअनुसार अल्जाइमर्सजस्तै रोग मानिने डिमेन्सियाबाट विश्‍वमा तीन करोडभन्दा बढी मानिस पीडित छन्। -एजेन्सी

बालिकाको शरीर रौं ले झ्याप्प

काँकडभिट्टा, असार २५ - झापा दुवागढी-४ की अढाई वर्षीया लमु डोल्मा तामाङको अनुहार र शरीरभर रौंले ढाकेको छ । अनुहारको दायाँ पाटो हेर्दा जोकोहीलाई झस्काउँछ, शिरदेखि पैतालासम्म रौंका कारण पुरै कालो छ ।

दुई दिनअघि छिमेकको बिहेमा गएकी उनीप्रति सबैको ध्यान तानियो । बेहुला-बेहुलीभन्दा उनलाई हेर्नेको भिड लाग्यो । 'के भएको, कसरी भएको भनेर हैरान लगाउँछन्,' हजुरबा लखमानले भने । बेलाबेलामा उनी आफैंले आमालाई सोध्छिन्, 'मेरो अनुहारमा के भएको ?' आमा नाजबाफ हुन्छिन् । 

अनुहारको आधा भाग डरलाग्दो देखिन्छ, कसैले कालो पोतिदिएजस्तो । 'जन्मिएका बेला सानो र कालो धब्बा मात्र देखिन्थ्यो,' तामाङले भने, 'पछि बढ्दै गएर यो हविगत भयो ।'

परिवारले उपचारका लागि पहल नगरेको होइन । तर, चिकित्सकले ठूलो भएपछि मात्र उपचार गर्न सुझाएका छन् । उनी हुर्किंदै जाँदा समस्या पनि थपिँदो छ ।

विपन्न परिवार उनको अवस्थाबारे सधैं चिन्तित छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण चिन्ता हटेको छैन । 'काठमाडौंमा उपचार हुने सुनेको छु,' तामाङले भने, 'त्यहाँसम्म पुग्ने हैसियत छैन ।'

उनका बाबु प्रकाश वैदेशिक रोजगारीमा छन् । त्यहाँ कमाएको रकमबाट छोरीको उपचार गर्ने उनको धोको छ ।

सरकारी कार्यलय धुम्रपान सेन्टर भएपछि

अधिकांश सरकारी कार्यालय धुम्रपान गर्ने थलो

ललितपुर, असार २५ - सरकारले सार्वजनिक स्थलमा धुम्रपान प्रतिबन्ध लगाए पनि ललितपुरका अधिकांश सरकारी कार्यालय हाताभित्रै धुम्रपान गर्नेको संख्या घटेको छैन । सरकारी कार्यालयमा त निकै लामो समयदेखि सरकारले धूमपान निषेध गरेको छ । मालपोत र नापी शाखा, ललितपुर उपमहानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जवलाखेल शाखा र नेपाल विद्युत प्रविकरणको कार्यालय हाताभित्र  कर्मचारी र सेवाग्राही दुवैले धुम्रपान गर्ने गरेका छन । मंगलबार धापाखेल नागदहका ६० वर्षे चिरीकाजी महर्जन घरबारी नामसारीको लागि मातपोत कार्यालयमा आएका थिए । दमको विरामीका कारण धेरै हिड्न नसक्ने उनी कार्यालय भित्रको कुर्सीमा बसिरहेका थिए ।

उनी जस्तै धेरै सेवाग्राही कुर्सीमा बसिरहेका थिए । एक जना लेखापढि व्यवसाय कुर्सी सँगैको पसलबाट चिया र चुरोट बोकी महर्जनको छेउमा बसि चिया सँगै चुरोट तानेर कुराकानी गर्न थाले । महर्जनलाई उसै त सास फेर्न गाह्रो भइरहेको थियो । त्यस माथि चुरोटको धुवाले झन गाह्रो भएर उठेर हिडे ।

केहिबेर पछि अर्को सेवाग्राहीले खल्तीबाट चुरोट निकाली सल्काइ तान्न थाले । यस्तो क्रम निरन्तर चलिरहयो । सेवाग्राहीले कार्यालय कम्माउण्डभित्र मात्रै नभई मालपोत भवनको कैसीमा बसेर समेत धुम्रपान गर्ने गरेको पाइएको छ ।सरकारी कार्यालय हाताभित्र सुर्तिजन्य पर्दाथ बिक्रि वितरण गर्न र सेवन गर्न निषेध गरिएको छ । तर मालपोत र नापी कार्यालयको कम्पाउण्ड भित्रको चिया पसलमा चुरोट बिक्रि गर्ने गरेको छ । कार्यालयका कर्मचारी र सेवाग्राही त्यहि पसलमा चुरोट किनि कार्यालय भित्र बसि खाने गर्दछन ।

मालपोत कार्यालयको भित्तामा 'कार्यालयको कम्पाउण्डभित्र र वरिपरी धुम्रपान तथा सुर्ति सेवन गर्न निषेध गरिएको र सुचनाको अवज्ञा गर्नेलाई कानुनी अुनसार कारवाही गरिनेछ ।' भनी लेखिएको बोर्ड झुन्ड्याइएको छ । तर कसैको ध्यान जान सकेको छैन ।नापी कार्यालयका प्रमुख घुव्रपसाद अर्यालले कार्यालयभित्र धुम्रपान गर्नेलाई कानुन अनुसार कारवाही गरिने बताए । उनले भने, 'धुम्रपान गरेकोबारे जोकोहीले पनि उजुरी दिन सक्छ ।'

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जावलाखेल शाखाका कर्मचारी भने कार्यालय कोठा भित्रै बसी धुम्रपान गर्ने गरेको पाइएको छ । कार्यालयभित्र सरकारी पोसाकमा धुम्रपान गरी कुरा गरिराखेको देखेर मंगलबार धाराको मिटर हराएर नयाँ लिनका लागि निवेदन दिन आएका सुनाकोठीका रामकुमार महर्जन दिक्क भएर घर फकिए । उनले भने, 'प्राय सरकारी कार्यालयमा यस्तै हुने गरेको छ, कसैले केहि गर्न सकेको छैन ।'

नेपाल विद्युत प्रधिकरण लगनलेख शाखाका कर्मचारी पनि कार्यालय भित्रै धुम्रपान गर्ने गरेका छन । कार्यालयको ठाँउ ठाँउमा धुम्रपान निषेधित क्षेत्र लेखिएको छ । तर कसैको वास्ताको विषय बनेको छैन । ललितपुर उपमहानगरपालिकामा पनि उस्तै समस्या छ ।

धुम्रपानले गर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन । प्राय कर्मचारी खाजा खाएर धुम्रपान गरी मस्तसँग गफ गरेर बस्ने गरेका छन । सेवाग्राहीले बोलाउन आउदा एउटा चुरोट सक्काएर आउछु भन्ने गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रविधि लेखनाथ पन्थीले अनुगमन गरी कारवाही गर्ने गरेको बताए । उनले भने, 'अटेर गर्नेलाई कानुन अनुसार मुद्दा चलाइनेछ ।' जिल्ला प्रशासन कार्यालयका प्रमुख शशि शखेर श्रेष्ठले कार्यालय हाताभित्र धुम्रपान गर्ने सेवाग्राही र कमचारी दुवैलाई सुर्तिजन्य पर्दाथ नियन्त्रण र नियमन गर्ने ऐन अनुसार कारवाही गरिने बताए । उनले भने, 'कार्यालय भित्र धुम्रपान गेरेको देख्ने बितिकै सेवाग्राहीले खबर दिनु पर्छ ।' इकान्तिपुरमा आज प्रकाशित छ ।

नेयमरबिनाको घरेलु टोली ब्राजिल सेमिफाइनलबाट बाहिरिपछि रूवाबासी

२५ असार, काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनीले ब्राजिलविरुद्ध गोलको वर्षा गरेको छ । स्टार स्ट्राइकर नेयमार घाइते भएपछि निकै कमजोर देखिएको पाँच पटकको विश्व विजेता ब्राजिल अर्को महारथी जर्मनीसँग ७-१ ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरएको छ ।

ब्राजिलले पहिलो हाफमा पाँच गोल खाएको थियो । दोस्रो हाफमा जर्मनीले दुर्इ गोल थप्दा ब्राजिलले सान्त्वना गोल भने गरेको छ । खेलको ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीको खाता खोले । टोनी क्रुसको कर्नरमा उनले सेन्टर बक्सबाट गोल गरे । खेलको २३ औं मिनेटमा मिरोस्लाभ क्लोजले अग्रता दोब्बर पारे । यो उनको कीर्तिमानी गोल समेत थियो । उनले ब्राजिलका पूर्व स्टार रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमान भंग गरे । क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरे ।

२४ र २६ औं मिनेटमा टोनी क्रुजले लगातार दुई गोल गरे भने २९ औं मिनेटमा सामी खेदेराले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ५ गोलको अग्रता लिएको छ । जर्मनीले क्लोजको गोलको ६ मिनेटमा चार गोल गर्‍यो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको ब्राजिलले केही राम्रा मुभ बनाएपनि गोल गर्न सकेन । ब्राजिलियन टोलीमा गोलस्कोरर नेयमारको अभाव प्रष्ट देखिएको थियो । ओस्कार, पाउलिन्हो र रामिरेजको प्रहार जर्मन गोलकिपरले रोके । कमजोर डिफेन्सको फाइदा उठाउादै ६९ औं मिनेटमा जर्मनीका आन्द्रे सुर्ले गोल गरे । क्लोजको स्थानमा मैदान प्रवेश गरेका उनले कप्तान फिलिप लाहमको पासमा तीन डिफेण्डरको बीचबाट क्लोज रेन्ज गोल गरे ।

 ७८ औं  मिनेटमा सुर्लेले व्यक्तिगत दोस्रो गाेल गरेपछि घरेलु टोली ७-० ले पछि पर्यो । ८४ औं मिनेटमा रामिरेजको प्रहार जर्मन गोलरक्षक नुयुरले बचाए भने ८९ औं मिनेटमा ओस्कार चुके । लगतै बर्नार्डको प्रहार निकै आकासियो । काउन्टरमा राम्रो बल लगेको जर्मनीका ओजिलको प्रहार फ्रेममा पर्न सकेन ।

खेलको अन्तिममा ब्राजिलका ओस्कारले गोल गरेपनि निकै ढिला भइसकेको थियो । घरेलु टोलीविरुद्ध ७-१ को जितका साथ जर्मन फाइनलमा प्रवेश गरेको छ ।

Tuesday, July 8, 2014

जब रकेट अाएको खतरापूर्ण साइरन बज्दछ तब यसो गर्नुस

 यतिबेला इजरायल युद्दतिर धकेलिदै जस्ले नेपाली कामदारहरू मा पनि त्रास थप्दै गएको छ । त्यसैले यस्तो खतराम कसरी सुरक्षित रहने बारेमा केही जानकारी होस भनेर यो सामाग्री प्रस्तुत गरेका छैां पुरा पढ्नु होला ।

जब खतरापूर्ण साइरन बज्दछ (जब हमासले गाँजाबाट रकेट पठाउँछ तब सुरक्षाका लागि इजरायलमा पब्लिक एलर्टका लागि साइरन बज्दछ) तेति बेला के कस्ता उपायाहरू अपनाउनु पर्दछ यी इजरायली सुरक्षा निकायबाट प्राप्त निर्देशनहरू पालना गर्नु पर्दछ।
किपात बर्जेल जस्ले रकेटहरू अाकाशमै धवस्त पार्छ

गाँजाबाट तपार्इं कुन क्षेत्रमा बस्नु हुन्छ त्यहाँ रकेट अाइपुग्न लाग्ने समयको जानकारी यो तलको चित्रको सहायता लिनु होला
गाँजाबाट रकेट अाइपुग्न लाग्ने समय
निर्देशनहरूः
जब साइरन एलर्ट सुन्नु हुन्छ अथवा विस्फोटको अावाज सुन्नु हुन्छ, रकेटहरू अाउँदै गरेको देख्नु हुन्छ, तेति वेला साइरन बजुञ्जेल सम्ममा सुरक्षा उपायाहरू तथा प्रकियाहरू पूर्ण रूपमा पालना गर्नु अति अावश्यक हुन अाउँदछ,यो कुरा तपार्इ बसेको क्षेत्रमा गाँजाबाट रकेट अाइपुग्न लाग्ने समयमा भर पर्दछ र तपार्इले यहाँ दिइएको निर्देशनहरू पालना गर्नु पर्दछः

घरमा हुनुहुन्छ भनेः घरको सुरक्षित एरिया मा बस्ने, भरयाङको तल बीच भाग तिर बस्ने, प्रत्येक सपिङ सेन्टर तथा सुभर मार्केटमा सेल्टर shelter लेखिएको ठाउँ तिर गएर बस्ने, प्रत्येक घरको तल सेक्युरीटि रूम हुन्छ त्यहाँ गइ बस्ने र सबै झ्याल ढोकाहरू बन्द गरी बस्ने ।

घरभन्दा बाहिर तथा बाटोमा हुनुहुन्छ रेड एलर्ट साइरन बज्योः जति सक्दो चाँडो नजिकैको घर तथा बिल्डङ भित्र छिर्ने,भित्तमा अढेस लाग्ने, यदि नजिकैमा बिल्डिङहरू शेल्टरहरू छैन भने अथवा तपार्इ खुला ठाउँमा हुनुहुन्छ भने भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने र ५ देखि दश मिनेटसम्म पर्खने।

सार्वजनिक यातायात तथा सवारी साधनमा हुँदाः यदि सार्वजनिक यातायातका साधनहरूमा हुँदा ड्राइभरले नै निर्देशन दिनेछ र इजरायलीहरू ले जसो गर्छन अाफू पनि तेसै गर्ने । अाफैले सवारी साधानहरू चलाउँदै हुनु हुन्छ भने सडकमा साइड लगाइ अाफू बाहीर निस्केर नजिकैको विल्डङ भित्र पस्ने, सेल्टर भित्र जाने र यदि त्यो असम्भव भएमा सवारी साधनबाट बाहिर निस्कने बित्तिकै भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने यदि कारबाट बाहिर निस्कन असम्भव भएमा रोडको छेउमा रोकेर कम्तीमा दश मिनेट सम्म कुर्ने ।

अन्य सुरक्षा उपायहरूः
निवासस्थानको जुन चाही तेस्रो तला भन्दा माथिका तलाहरूको शर्तमा, तपाइले काम गर्ने घरको माथिल्लो तलामा हुनुहुन्छ जहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने दुइ तला मुनी अाएर बस्ने ।

घरको तेस्रो तलाको शर्तमाः यदि घरको माथिल्लो तला नै तेस्रो तला हो भने र यदि त्यहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने एक तला तल अाएर बस्ने ।

यस्तो अवस्थामा घरको प्रवेशद्वार अगाडी अथवा बाहीर ननिस्कनु हुन सबै जनालार्इ अनुरोध गरिन्छ किनकी त्यति बेला त्यही घर नजिकै मिसाइल तथा विस्फोटक पदार्थहरूको खतरा हुन सक्छ र हुने छ ।
अन्यथा निर्देशन बाहेक दश मिनेट पछि त्यो सुरक्षित क्षेत्र छोड्न सक्नु हुने छ ।

कुनै पनि बेला कुनै संकास्पद बस्तु जस्तो लागेमा वा अचानक रकेट कतै भुइमा लडिरहेको देख्नु भएमा तुरून्त पुलिसलार्इ खबर गर्नुस ।


रेडियो टिभीहरू दिदै गरिएका सूचनाहरू तथा समाचारहरू सुन्दै गर्नुस एलर्ट हुनुस ।
 स्रोतः पिकुद हा अोरेफ द्वारा जारी निर्देशनहरू 
प्रस्तुतिः wallakhabar.blogspot.com

एसएसपी रमेश खरेलसँग फोटो खिचाउनेको भीड

लन्डन , असार २४ - 'प्रहरी अधिकृतहरु बढुवाका लागि बि्रफकेस बोकेर शक्ति केन्द्र धाइरहेको' विवादास्पद अभिव्यक्तिका कारण महिना दिन विदा बस्न बाध्य एसएसपी रमेश खरेलले बेलायत आउँदा सम्मानै सम्मान पाएका छन् ।

व्यक्तिगत भ्रमणमा बेलायत आएका खरेललाई बेलायतवासी नेपालीले अपराध र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै स्वागत तथा सम्मान गरे । खरेलसँग फोटो खिचाउन र उनको सम्मानमा कार्यक्रम गर्न इच्छुकको ताँती रह्यो । तर, खरेलले व्यक्तिगत भ्रमणलाई धेरै औपचारिक बनाउन चाहेनन् । उनले विगतका विवादास्पद राजनीतिक प्रसंग पनि कोट्याएनन् ।

गुण्डागर्दी नियन्त्रणमा बडो कठोर देखिने उनी बिना बर्दी भने ज्यादै सरल र हँसिलो देखिन्थे । 'फोटो खिच्न तछाडमछाड सर्वसाधारणसँग उहाँ मज्जासँग घुलमिल हुनुभयो', एक सहभागी भन्दै थिए ।

सहारा यूकेले उनको सम्मानमा फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गर्यो । उक्त अवसरमा एसएसपी खरेलले आफू कर्तव्य पालनमा कहिल्यै विचलित नहुने बताउँदै देश र नेपाल प्रहरीका तर्फबाट आफूलाई साथ दिएकामा सबैप्रति आभार व्यक्त गरेको सहारा यूके अध्यक्ष नवीन गुरुङले जनाए ।

उता, अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा पनि बेलायतवासी नेपालीले सम्मान गरे । उक्त अनौपचारिक कार्यक्रममा वहाल तथा अवकासप्राप्त बि्रटिश आर्मीका कमिशन अफिसरहरुदेखि करिव तीन दर्जन नेपाली संघसंस्थाका प्रमुख सहभागी थिए । भेटघाटमा खरेलले बेलायतवासी नेपालीमा नेपालप्रतिको माया र चासो देखेर आफू प्रफुल्ल भएको बताएका कार्यक्रम संयोजक हिराधन राईले जनाए । त्यसैगरी, चाल्टर्न नेपाली समाजको बीबीक्यू कार्यक्रममा पनि उनी विशेष अतिथीका रुपमा उपस्थित भए । खरेललाई एभरेष्ट इन रेष्टुरेन्टमा पनि सम्मान मिल्यो । 

श्रोतका अनुसार, खरेल नातेदारको बिहेमा एक्लै बेलायत आएका हुन् । यहाँ आएका बेला उनी स्कटल्याण्ड समेत घुम्न गए । उनी आजै मंगलबार स्वदेश र्फकंदैछन् ।

सम्भोग टार्ने बहाना बन्यो विश्वकप फुटबल

यसअघिका अध्ययनहरुले सम्भोग टार्ने बहानाका रुपमा मानिसहरुले ‘आज मलाई टाउको दुखेको छ’ भन्ने कथनलाई मुख्य अस्त्र बनाउने गरेको तथ्य पत्ता लगाएका थिए ।

 तर अब यो कथनलाई अर्को कथनले माथ दिएको छ । फुटबल खेल हेर्न मन पराउनेहरुले टाउको दुखेको बहानालाई रातो कार्ड देखाइदिएका छन् । उनीहरु सेक्सबाट उम्किने बहानाको रुपमा फुटबल खेललाई प्रयोग गर्दै भन्ने गरेका छन्, ‘मैले फुटबल म्याच हेर्न चाहन्छु, त्यसैले आज नाइँ ल ।’

विश्वकप फुटबलको ज्वरो चढिरहेको बेला कण्डम लगायतका विभिन्न खाले यौनजन्य सामाग्रीको उत्पादक भारतीय कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणले ४० प्रतिशत पुरुषले फुटबल खेल हेर्ने बहानामा सेक्स टार्ने गरेका छन् ।
मानिसको यौन जिवनमा फुटबलले कस्तो असर पूराइरहेको छ त ? भन्ने विषयमा गरिएको अध्ययनले यस्तो अनौठो नतिजा निकालेको हो ।

पुरुषहरु यौनका भोका हुन्छन् र महिलाले गर्ने सेक्सको प्रस्तावलाई कहिल्यै नकार्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै यो अध्ययनले सयमा ४० जना पुरुषले सेक्सलाई भन्दा फुटबल म्याच हेर्नुलाई बढि प्राथमिकता दिने गरेको पाइएको छ ।

पुरुषहरुमा आफ्नी अर्धांगिनीप्रति निर्वाह गर्नुपर्ने यौनिक दायित्वका बारेमा चेतनामा कमी नआएको तर फुटबल म्याच चलिरहेको ९० मिनेटमा भने कुनै सम्झौता गर्न नसक्ने अवस्था रहेको अध्ययनको निष्कर्ष छ ।

तर म्याच सकिएसँगै टेलिभिजन बन्द गरेर पूर्ववत् पार्टनरसँगको समागमलाई सुचारु गर्ने धेरैको बानी छ, नत्र धेरैले विभिन्न खाले सजायको सामना गर्नुपर्छ । गएको जुन ४ मा २ हजार जना सहभागिबीच यस्तो अध्ययन गरिएको थियो ।

एक बोतल खोया बिर्केका लागि २४ जना तन्नेरीसँग मुखमैथुन

झण्डै ४ सय रुपैयाँ पर्ने एक बोतल रक्सी सित्तैमा पाउनका लागि एक युवतीले २४ जना युवकसँग मुखमैथुन गरेकी छिन् । ३ युरो मूल्य पर्ने काभा वाइनका लागि ती बेलायती युवतीले यस्तो घिनलाग्दो कार्य गरेकी हुन् । स्पेनको मालोर्कास्थित एक बारमा भेला भएका युवकहरुको यौनप्यास आफ्नो मुखैले मेटाइदिए बापत उनले एक बोतल वाइन पाइन् ।

समाचार अनुसार विदा मनाउन स्पेन पुगेकी ती युवतीलाई त्यहाँ भएका युवाहरुले सुरुमा पिउनका लागि उक्साए । त्यसपछि उनलाई मुखमैथुन गरेमा विदाको विशेष वाइन उपहार दिने भने पश्चात उनले त्यहाँ रमाइलो गरिरहेका युवाहरुसँग मुखमैथुन गरेकी हुन् । उनलाई एक प्रतियोगितात्मक खेलकै रुपमा मुखमैथुन गर्न लगाइयो र उनले त्यसलाई सहश्र स्विकार गरिन् पनि । उनले बारमा मुखमैथुन गरिरहेका तस्वीर र भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

स्मरण रहोस् मालोर्काका बार तथा रेष्टुरेन्टहरुले पछिल्लो समयमा युवती तथा किशोरीहरुलाई पुरस्कारका लागि विभिन्न खाने यौनजन्य क्रियाकलाप गर्न उक्साउने गरेका विभिन्न घटना बाहिर आउने गरेका छन् । उक्त सहरका मेयरले यस्तो कार्य गरेको बारेमा आफुलाई थाहा नभएको भएपनि यदि त्यस्तो पाइएमा कडा कारवाही गरिने बताएका छन् ।

यौन जिवनबारे रोचक तथ्य

यौन जिवनबारे रोचक तथ्य : एक तिहाइमा यौन असन्तुष्टि, महिनामा ६ पटक सम्भोग

बदलिँदो जिवनशैली, बढ्दो धपेडी, विभिन्न खाले स्वास्थ्य तथा यौनजन्य समस्या, बढ्दो मोटोपना लगायतका कारणहरुबाट विश्वका मानिसहरुमा यौनसन्तुष्टिको स्तर घट्दै गएको विभिन्न खाले अध्ययनहरुबाट थाहा हुने गरेको छ । हालै बेलायतमा गरिएको एक अध्ययनले अझै भयानक तथ्य सार्वजनिक गरेको छ ।

उक्त शोधका अनुसार विवाह अर्थात् यौन सम्बन्धमा रहेका बेलायतीहरु मध्ये एक तिहाइ आफ्नो पार्टनरसँगको सम्भोगबाट सन्तुष्ट छैनन् । आफ्नो सेक्स जिवनबाट बढ्दो असन्तुष्टिका कारण सम्भोगप्रति नै वितृष्णा जाग्दै गएका कारण हरेक ५ जनामा एक जना बेलायतीले सम्भोगका लागि समेत तालिका बनाएर निश्चित समय मात्र छुट्टाउने गरेका छन् ।

अध्ययनले अर्को के तथ्य पनि पत्ता लगाएको छ भने बेलायतीहरुले एक महिनामा औषतमा ६ पटक सम्भोग गर्छन् । धेरैले सेक्सलाई दिक्दारीको विषय ठान्छन् र खासै मन गर्दैनन् ।
सर्भेक्षणका क्रममा सबैलाई पहिलो प्रश्न सोधिएको थियो, ‘के तपाइँ आफ्नो यौन जिवनबाट खुसी हुनुहुन्छ ?’
यसक्रममा ५३ प्रतिशतले आफ्नो यौन जिवनबाट खुसी भएको बताए । ३२ प्रतिशतले खुसी नभएको बताए भने १५ प्रतिशतले आफुलाई थाहा नभएको जवाफ दिए ।

धेरै बेलायतीहरु यौन सम्पर्कलाई मन नलाग्दा नलाग्दै पनि दाम्पत्य जिवनलाई धान्नको लागि बाध्यकारी उपायको रुपमा अपनाइरहेको पाइएको छ । अध्ययनमा समावेश गरिएका मध्ये १७ प्रतिशतले आफ्नो सम्भोगको दिन, समय तथा तरिकाका विषयमा पूर्व योजना तथा तालिका नै बनाएर समय छुट्टाउने गरेका छन् ता की अरु कामका कारण सम्भोग गर्न नभूलियोस् । आफ्नो यौन जिवनबाट सन्तुष्ट नरहेको बताएका मानिसहरु मध्ये ८४ प्रतिशतले आफ्नो सेक्स लाइफ निकै दिक्क लाग्दो भएको बताए भने ४३ प्रतिशतले आफुले पर्याप्त सम्भोग गर्न नपाएका कारण आफ्नो यौन जिवन सन्तोषजनक नभएको बताए । १६ प्रतिशतले आफ्नो पार्टनर ठीक नभएको बताए भने १० प्रतिशतले जिवनसाथीसँगको सम्बन्धमा धैर्य नभएका कारण पनि यौन सन्तुष्टि नमिलेको बताएका छन् ।

आफ्नो यौन जिवनमा सुधार ल्याउन ६३ प्रतिशत मानिसहरु पैसा खर्च गर्न तयार भएका छन् भने १९ प्रतिशतले सेक्सका खातिर सुको पैसा खर्च नगर्नेमा छन् ।

फिल्म चलाउनलाइ फेरि सेक्सको साहारा भिडियो सहित

सभ्य र साधारण सिनेमा बनाउछु भनेपनि निर्देशक राजु गिरीले बोलीलाई पक्का गर्न सकेनन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘टाइगर द रियल हिरो’मा प्रयोग गरिएका संवाद अश्लिल र दुई अर्थ लाग्ने खालका छन्

एक्सनले भरिएको नयाँ ट्रेलरमा सेक्सलाई पनि महत्व दिइएको छ । जहाँ विभिन्न पात्रले बोल्ने दृश्य दुई अर्थ लाग्ने खालका छन् । चलचित्रमा शुभेच्छा थापा, समिक्षा अर्याल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारको अभिनय छ । निर्देशक गिरीले आफ्नो चलचित्र फूलपातीको दिनबाट चल्ने बताएका छन् ।
Online Khabr बाट  Video हेर्नका लागि यो लिकं http://bit.ly/1meMswU

जिमेल अब नेपाली भाषामा पनि

२०७१ असार २४ गते लोकप्रिय इमेल सेवा जीमेल अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ ।
जीमेलमा रहेको भाषा सेटिङ अप्सनमा नेपाली भाषा छनौट गरेपछि अब जीमेलका सवै बटनहरु नेपाली भाषामा देखिने छन् ।

जीमेलले सोमबारदेखि थप १३ वटा भाषामा जीमेल सेवा उपलब्ध गराउन थालेको जसमा नेपाली पनि रहेको छ । गुगल लोकलाइजेसनका सिनियर प्राजेक्ट म्यानेजर इयान हिलका अनुसार सोमबारदेखि थपिएका भाषामा अफ्रिकन, अर्मानियन, अजरबैजनी, हङकङ, क्यानडेली फ्रेन्च, गालिसियन, जर्जियन, खमेर, लाओ, मंगोलियन, नेपाली, सिंहाली र जुलु भाषा रहेका छन् ।

यसअघि नै ५८ भाषामा उपलब्ध जीमेल थप १३ भाषासहित ७१ भाषामा उपलब्ध हुन थालेको छ । यसले संसारको ९४ प्रतिशत इन्टरनेटसँग जोडिएका मानिससम्म जीमेल पुगेको गुगलले जनाएको छ ।
कसरी चलाउने नेपालीमा ?
यदि तपाई नेपालीमा जीमेल चलाउन चाहानुहुन्छ भने तपाईको जीमेलमा रहेको सेटिङ अप्सनमार्फत् अंग्रेजी भाषालाई नेपाली भाषामा परिवर्तन गर्नुपर्ने हुन्छ ।
त्यसका लागि सेटिङभित्र  Gmail display language छनौट गर्नुहोस । त्यहाँ उपलब्ध बिभिन्न भाषाको सूची देखिन्छ । अब नेपाली भाषा छनौट गर्नुहोस् । पेजको अन्त्यमा रहेको Save Changes बटन थिचेपछि तपाईको जीमेल नेपालीमा डिस्प्ले हुने छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

एउटा सिनले गर्दा ज्यानै गयो

नुवाकोट : भीरवाट खसेर रसुवामा एक वेलायती नागरिकको मृत्यु भएको छ। रसुवाको धुन्चेस्थित नागुङमा तस्बिर लिने क्रममा भीरबाट खसेर वेलायती एक स्वंयसेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
धुन्चे गाविस वडा नं. ९ नागुङमा भीरबाट एकसय मिटर तल खसेर वेलायती नागरिक ५७ वर्षिय पियरस हेल्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षा अनुरागकुमार द्विवेदीले मंगलबार जानकारी दिए।

१५ दिनदेखि धुन्चेस्थित बालमन्दिरमा रहेका वालवालिकाहरुलाई पढाउँदै आएका हेल्सन २ जना बच्चा लिएर घुम्न जाँदा झरनाको तस्बिर लिने क्रममा सोमबार साँझ यो घटना भएको हो। तर उनीसँगै गएका बालबालिका भने सकुशल छन्। भिरबाट चिप्लिएर एकसय मिटर तल ढुंगामा ठोक्‍किएका हेल्सनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव मंगलवारै पोष्टमार्टमका लागी काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। उनी विगत तीन वर्षदेखि सहयोगी संस्थामार्फत नेपालमा शिक्षा क्षेत्रमा स्वंसेवा गर्दै आएको जनाइएको छ।

ब्राजिल र जर्मनीको भिडन्त र विश्लेषण

रियो दे जेनेरियो : घरेलु टोली ब्राजिललाई प्रतियोगिता सुरु हुनुअघि विश्वकपको उपाधि दाबेदार मानिएको थियो। स्टार स्ट्राइकर नेमारले पाँचपटकको विजेतालाई उपाधिको बाटोमा डोर्‍याउने अनुमान गरिएको थियो। अघिल्ला दुई संस्करणमा क्वार्टरफाइनलबाटै घर फर्किएका कारण पनि दक्षिणअमेरिकी टोली ब्राजिललाई दबाब थियो।

नेमारकै उत्कृष्ट प्रदर्शनले ब्राजिल सेमिफाइनलसम्म पुग्दै उपाधि जित्ने सम्भावनालाई कायम राख्न सफल पनि भएको हो। तर अचानक नेमार विश्वकप खेल्न नसक्ने भए। कोलम्बियाविरुद्धको खेलमा मेरुदण्डको हड्‍डी भाँचिएपछि नेमारले बाँकी खेल गुमाएका छन्। यही घटनाले ब्राजिलको उपाधि जित्ने योजना संकटमा परेको छ।
मंगलबार राति हुने सेमिफाइनलमा जर्मनीसँग भिड्दा ब्राजिलले धेरै प्रश्नको जबाफ दिनुपर्नेछ। मुख्य कुरा त नेमारबिना नै जर्मनीलाई हराउनु पर्नेछ। ब्राजिलका प्रशिक्षक लुइज फिलिप स्कोलारी भने नेमारको अनुपस्थितिमा टोली दबाबमा रहे पनि आफ्नो टोलीमा क्षमतावान् खेलाडीको कमी नरहेको बताउँछन्।

प्रशिक्षकले भनेजस्तो ब्राजिलका लागि सेमिफाइनल भिडन्त सहज भने छैन। घरेलु टोलीको आक्रमण प्रभावकारी देखिनसकेको छैन। रक्षापंक्तिसमेत धर्मर भएकाले विपक्षीलाई सजिलो हुने देखिन्छ। कप्तान तथा रक्षक थियागो सिल्भा पनि जर्मनीविरुद्ध उत्रन नसक्ने भएकाले ब्राजिल थप समस्यामा छ। ब्राजिलले यसअघिका खेल जित्न पनि निकै संघर्ष गर्नुपरेको थियो।

सेमिफाइनल भिडन्त जर्मनीका लागि पनि सहज छैन। तीनपटकको विश्वकप विजेता पनि फकर प्रकृतिको दबाबमा छ। जर्मनी पनि सन् २००२ देखि फाइनलमा पुग्नसकेको छैन। युरोपियन टोली जर्मनी २४ वर्षयता विश्वकपमा उपाधिविहीन रहँदै आएको छ। यति हुँदाहुँदै पनि विश्वकपमा यो टोलीसँग सफलता र कीर्तिमानका थुप्रै कथा गाँसिएका छन्।

जर्मनी विश्वकपको २० औं संस्करणसम्म आइपुग्दा १३ पटक सेमिफाइनलसम्म पुगेको छ। यसपटक जर्मनी लगातार चौथोपटक सेमिफाइनलमा पुगेको थियो। जर्मनीका यी दुवै सफलता विश्व कीर्तिमान हुन्। त्यसैले जर्मनीले लामो समयदेखि राम्रो खेलेर पनि उपाधि जित्न नसक्ने टोलीको छवि बनाउँदै आएको छ। जर्मनी विश्वकपको फाइनलमा चारपटक पराजित भएको छ।

नेमार टोलीमा नहुनु र घरेलु टोलीलाई दबाब हुनुले जर्मनीलाई पक्कै फाइदा गर्नेछ। जारी प्रतियोगितामा जर्मनी सन्तुलित टिमका रूपमा देखिएको छ। उसले सबै खेल जितेको छ। तर पछिल्ला केही खेलमा जर्मनीलाई जित हातपार्न हम्मेहम्मे परेको छ। युवा स्ट्राइकर थोमस मुलरले प्रतियोगिताका क्रममा चार गोल र दुई 'एसिस्ट' गरे पनि पछिल्ला दुई खेलमा यी स्ट्राइकर जम्न सकेका छैनन्।

दुवै टोलीको साझा बलियो पक्ष भनेका गोलरक्षक हुन्। जर्मनीका म्यानुएल नेउर उच्च लयमा छन्। उनले जारी प्रतियोगितामा १७ वटा गोलका अवसर विफल बनाएका छन्। ब्राजिलका गोलरक्षक जुलियो सिजर पनि उच्च लयमा छन्। संयोग नै मान्नुपर्छ, ब्राजिल र जर्मनीबीच हालसम्म एकपटक मात्र प्रतिस्पर्धा भएको छ। फाइनलमा जर्मनीलाई २-० गोलले हराएर ब्राजिलले सन् २००२ मा विश्वकपको उपाधि उचालेको थियो। यसपटक जर्मनीलाई ब्राजिलकै मैदानमा गतिलो बदला लिने मौका छ, घरेलु टोलीलाई सेमिफाइनलबाटै बाहिर पठाएर।

साथै जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोज विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा एकल कीर्तिमान कायम गर्नबाट एक गोलले मात्र पछि छन्। ब्राजिलकै पूर्वखेलाडी रोनाल्डोको कीर्तिमान उनले बराबरी गरिसकेका छन्। उनलाई ब्राजिलविरुद्ध गोल गर्दै विश्वकप सहभागितालाई थप स्मरणीय बनाउने अवसर छ।

ब्राजिलले १२ वर्षपछि उपाधि जित्ने प्रयासमा रहेको जर्मनीलाई सन् २००२ मा निराश बनाएको थियो। अहिले जर्मनी पनि १२ वर्षपछि उपाधि जित्ने प्रयासमा रहेको ब्राजिललाई रोक्ने योजनामा छ। जर्मनीका प्रशिक्षक जोचिम लोय पनि सफलताप्रति आशावादी छन्। 'हामीले हरेक खेलमा सुधार गरिरहेका छौं', आठ वर्षदेखि जर्मनी टोली समालिरहेका लोय भन्छन्।

मैदानबाहिर भए पनि नेमार यस खेलअघि त्यति निराश छैनन्, जति उनको अनुपस्थितिलाई लिएर चर्चा भइरहेको छ। 'जर्मनीविरुद्ध जित हातपार्न टोलीका सदस्यले सक्दो प्रयास गर्नेछन् र विश्वविजेता हुने सपनालाई कायम राख्‍नेछन्', नेमार भन्छन्। -एजेन्सी