Saturday, July 5, 2014

रंगशाला नजिकै पुल खसेपछि आतंक

विश्वकप फुटवलको खेल भइरहेको रंगशालानजिकै एक निर्माणाधिन पुल खस्दा त्यहाँ आतंक मच्चिएको खबर छ । ओभर पास पुल खस्दा दुइजनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जनाभन्दा बढी घाइते भएको बताइएको छ । बेलो होरिजोंटेमो उक्त पुल विश्कपलाई मध्यनजर गर्दै निर्माण भइरहेको थियो ।

थिचिएकमा सवारी साधनमध्ये एक यात्री बस छ भने अन्य दुई ट्रक निर्माणको भएको बताइएको छ । घटनामा अर्को एक जीप समेत परेको छ ।

रंगशाला मिनेराओभन्दा झन्डै दुई माइल टाढाको दुरीमा रहेको सडकमा ओभर पास पुल खस्दा दुई वटा ट्रक,एक जीप र बस किचिएको थियो । जसका कारण बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुल जनाए अनुसार अझै पनि त्यहाँ कैयौं सवारी साधन फसेको छ ।  एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment