बाजुराको कैलाशमाण्डौ–३ खिरपाटाको दलित बस्तीमा निर्माण गरिएका खानेपानीका धाराको पाइप गैर दलितले काटेपछि खानेपानीको समस्या भएको छ । सुख्खा खडेरीका कारण मुहानमा पानीको मात्रा घटे लगत्तै आफ्नो टोलका धारामा पानी कम आएको भन्दै गैर दलितहरुले दलित टोलको पाईप काटेका हुन् ।
खानेपानीको पाईप काटेपछि स्थानीय २५ परिवार दलितहरु खानेपानीबाट बन्चीत भएका छन् । दलित टोलमा जडान गरिएको खानेपानीको पाईप काट्दा पनि आफुहरुले कुनै प्रतिकार नगरेको उनीहरुको भनाइ छ । सयैको संख्यामा रहेका गैरदलित परिवारका बीचमा बसोबास गर्दै आएका २५ बढी दलित परिवार हाल आधा घण्टा टाढा रहेको गाई भैसीलाई पानी खुवाउन प्रयोग गरिने कुवाको पानी खान बाध्य भएका छन् ।
एउटै गाउँको गैर दलित टोलमा पानी नियमित आउने गरेको भएपनि दलित टोलमा परिवारले भने मुख समेत नखोली कुवाको पानी खानु परेको छ । गाँउमा खानेपानी नहुदाँ उनीहरुलाई खानका साथै गाई गोरुलाई पानी खुवाउन पनि समस्या भएको स्थानीय बासी कृष्ण विकले बताउनुभएको छ । उनीहरुले खानेपानीका लागि पाइप मात्र सहयोग गरिदिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।








0 comments:
Post a Comment