Wednesday, May 23, 2012

जनकपुर अञ्चल अस्पतालको रेकर्डमा डा. सुरेन्द्र कर्णको कागजात फेला परेन I

जनकपुर, जेठ १०,

जनकपुर अञ्चल अस्पतालको रेकर्ड शाखामा अस्पताल विकास समितिको तर्फबाट विगत साढे दुई बर्षदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका डा. सुरेन्द्र कर्णको एउटा पनि कागजात नभएको खुलेको छ । नागरिकता, सर्टिफिकेट,नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र केही पनि नरहेको पाइएको छ ।

कर्णको फाइलमा निवेदन, टिप्पणी र नियूक्ती पत्र बाहेक अन्य कुनै पनि कागजात नभएको खुलासा भएको हो । तत्कालिन मेडिकल सुप्रिटेन्डेन्ट डा. गौराँग मिश्राले २०६६ साल कात्र्तिक १८ गते दिएको नियुक्ती पत्रमा मेडिकल काउन्सिलको कागजात उपलब्ध गराउन भनिएको छ । तर साढे दुई बर्ष भईसक्दा समेत काउन्सिलको दर्ता प्रमाण पत्र रेकर्ड शाखामे नबुझाईएको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै नियूक्ती प्रक्रिया अन्तर्गत नेपाली नागरिकता, सर्टिफिकेट र मेडिकल काउन्सिलको प्रतिलीपी अनिवार्य भएपनि प्रक्रिया पुरा नगरेरै नियुक्ती दिईएको रेकर्डले पुष्टि गरेको छ । कर्णको फाईलमा अनिवार्य कागजात समेत नभेट्नुले मनोमानी तरिकाले नियुक्त गरिएको प्रष्ट भएको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र दुई बर्षमा स्थाइ हुने प्रावधान छ तर साँढे दुई बर्ष भई सक्दासमेत उनको एनएमसी नं.८८९२ स्थाई नभएको पनि पाईएको छ ।

यता नागरिक समाजका अगुवाहरुले डा. कर्णको नियूक्ती र प्रमाणपत्रहरु मथि छानबिन हुनु पर्ने र दोषीहरु माथि कारवाही हुनु पर्ने माग गरेका छन् । डा. सुरेन्द्र कर्णको लापरवाहीका कारण तीन जना सुत्केरी महिलाले ज्यान गुमाईसकेका छन्

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment