आइतबार एकै दिन ४ जना छात्राहरु पढाई भइरहेको बेला कक्षा कोठामै बेहोस भएका हुन् ।
छात्राहरु बेहोस हुन थालेपछि विद्यालयको पढाई प्रभावित भएको छ । कक्षा ८ र १० मा पढ्ने १४–१५ वर्ष उमेर समूहका ४ जना छात्रा आइतबार एकै समयमा बेहोस भएका शिक्षक सिकन्दर यादवले जानकारी दिनुभयो ।
छात्राहरुमा एक्कासी चिच्याउने, बर्बराउने, दारा किट्ने र मुर्छा पर्ने समस्या देखिएको छ । गत वर्ष पनि यो विद्यालयमा यस्तै समस्या देखिएको थियो ।
एक महिनासम्म पनि छात्राहरु बेहोस हुने क्रम नरोकिएपछि गत वर्ष विद्यालयमा मानसिक रोग विशेषज्ञ ल्याएर स्वास्थ्य शिविर नै सञ्चालन गरिएको थियो ।
कक्षामा छात्राहरु बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित भएका छन् ।








0 comments:
Post a Comment