निमकान्त पाण्डे, बिदेसमा टेक्न पाए मात्र पैसा कमाइ हुन्छ भन्ने गलत सोचले हामी कति सम्म ठगिन पुगिन्छ पिडितहरुलाई भेटे पछी मात्र पिडा बुझ्न सकिन्छ ।
बैदेसिक रोजगारीको सिलसिलामा ठुलो रकम तिरेर युएईको अजमान आई पुगेका ९ जना नेपालीहरु ठगीएका छन । नेपालमा रहेको आसा नेपाल ट्राभलस् का संचालक रबिन्द्र घिमिरे मार्फत प्रति व्यक्ति ३ देखी ४ लाख सम्म बुझाइ भिजिट भिषामा नेपाली दुबईमा ल्याउन सक्रिय रहेका सन्तोस बि.कको मीलेमोतोमा Middles East & Euro Ture LLC बाट भीषा निकाली निज पिडितहरुलाई युएईको अजमानमा ल्याई हाल अलपत्र अबस्थामा पारिएको छ ।
महिनौ दिन बितिसक्दा पनि काम नभए पछी भिषाको समय हुदै पटक पटक नेपाल पठाउन आग्रह गर्दै आउदा तिमीहरुको काम हुन्छ भिषा नबिकरण गर्न पर्यो भनी पासपोर्ट समेत निज सन्तोस बि.कले नियन्त्रणमा लिई केहि दिनसम्म त फोनमा सम्पर्कमा रहेका थिए भने हाल पूर्ण रुपले सम्पर्क बाहिर रहेका पिडितहरु बताउछन ।
एजेन्ट सम्पर्कमा नआए पछी उक्त कम्पनीमा गई बुझ्दा आफुहरुको भिषा सकिएर युएई बाट आउट नभए पछी ब्ल्याक लिस्टमा राखिएको र आफुहरुको पासपोर्ट ट्राभलमा रहेको तर सन्तोस बि.क संग आर्थिक लेनदेन रहेका कारण पासपोट राखिएको जानकारी पाएका थिए। अब आफुहरुलाई एजेन्टले पूर्ण रुपले फसाएको थाहा भए पछी युएईमा नेपालीहरुको उद्धारमा सक्रिय रहेको नेपाली समाज युएईमा निबेदन दिएका थिए । जसका लागि हिजो नेपाली समाज यूएईको एक प्रतिनिधि टोली उनीहरुको बसोवास रहेको स्थानका पुगी उनीहरुको अवस्थाको बारेमा बुझ्दा अवस्था निकै नाजूक पाएको थियो ।
उनीहरुको अवस्थालाई मध्यनजर राख्दै नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले दैनिक उपभोग्य खाद्यन्न र गर्मीका कारण विरामी रहेकाहरुलाई औषधि किन्न भनी ५०० दिराम दिनुभयो । साथै उनीहरुको उद्धारका लागि नेपाली समाज यूएईले दुतावास र अन्य यूएईमा रहेका सामाजिक संघसस्थाहरुसँग सहकार्य गर्दै जोडदार पहल गर्ने भन्दै सम्पूर्ण संघसंस्थाहरुलाई पनि सहयोग को लागि आब्हान गरेको छ ।
यूएईमा रहने सन्तोष विक लामो समय अघिदेखि मानव तस्करीको काम गर्दै आएको बुझिएको छ । युएईमा यसरी भिजिट भीषा निकाली नेपालीहरुलाई ठग्ने गिरोहहरु निकै सक्रिय छन भने अफगानिस्तान जानका लागी युएईका बिभिन्न ठाउमा अलपत्र परेका नेपालीको बेहाल पनि देख्न सकिन्छ ।








0 comments:
Post a Comment