दाङ, जेठ १०,
पत्नीको कुटाइबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ । गत वैशाख २० गते राति पत्नी तुलसादेवी चन्दको कुटाईबाट घाइते भएका घोराही-११ दाङका ६४ वर्षीय शेरबहादुर चन्दको उपचारका क्रममा मंगलबार बिहान राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो ।
गत वैशाख २० गते पत्नी तुलसादेवीले पति शेरबहादुरको शरीर र संवेदनशील अंगमा तातो तेल र तातो पानी खन्याएकी थिइन् । उक्त घटनापछि गम्भिर घाइते भएका शेरबहादुरलाई दाङ, नेपालगञ्ज र लखनउ पुर्याएर उपचार गरिएको थियो ।
उपचारपछि पनि शेरबहादुरको स्वास्थ्य स्थितिमा सुधार हुन नसकेपछि उनलाई पुन: राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको थियो । पतिको मृत्युपछि तुलसादेवीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ज्यान मुद्दामा कारबाही अगाडि बढाइने जनाइएको छ ।

0 comments:
Post a Comment