Wednesday, May 23, 2012

इन्डियन प्रिमियर लिग, कोलकाता फाईनलमा प्रवेश I

जेठ १०,

दिल्ली डेयर डेभिल्सलाई हराउदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाईनलमा पुगेको छ । मंगलवारराती भएको पहिलो प्लेअफमा दिल्ली डेयर डेभिल्सलाई १८ रनले हराउँदै कोलकाता पहिलो पटक आइपिएलको फाईनलमा पुगेको हो ।

कोलकाताले दिएको १ सय ६३ रनको लक्ष्य पच्छ्याएको दिल्ली १ सय ४४ रनमा समेटियो । माहेला जयबद्र्धनेले ४० रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न नसक्दा दिल्लीले हार टार्न सकेन । कोलकाताका लागि ज्याक कालिस र सुनिल नरायनले २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको कोलकाताले युसुफ पठानको नटआउट ४०, गौतम गाम्भीरको ३२, ब्रेण्डन म्याककुलमको ३१ र ज्याक कालिसको ३० रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मंगलवारको खेल हारेपनि दिल्लीले फाईनलमा पुग्ने अर्को मौका भने पाउने छ । दिल्लीले मुम्बई ईन्डियन्स र चेन्नई सुपर किंग्सबीच बुधवार हुने खेलको बिजेतासंग फाईनल प्रवेशका लागि फेरी खेल्नेछ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment