काठमाडौ, जेठ ११,
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिसँग जेठ ४ गरिएको ३ बुँदै सहमतिको मसी सुक्न नपाउँदै आदिवासी जनजातिसँग गरिएको ९ बुँदे सहमतिका १, ४ र ८ बुँदाहरु राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई खलबलाउँने, नेपाली-नेपालीबीचमा विभेद बढाउने घोर अराष्ट्रवादी र विखण्डकारी सम्झौता तत्काल खारेज गरी जेठ १४ भित्र नयाँ संविधान जारी गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
संघर्ष समितिले नेपाल सरकारले आदिवासी जनजाती संयुक्त संघर्ष समितिसँग भएका सम्झौता जेठ १२ भित्र खारेज नगरी हाम्रो अस्तित्व अस्वीकार गरिएमा जेठ १३ गते काठमाडौंको खुला मञ्चमा वृहत विरोध सभा गरी काठमाडौं केन्द्रित अनिश्चिकालीन दवावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै संघर्ष समितिका संयोजक डा। दिलबहादुर क्षत्रीले विदेशी पैसा डकार्दै जनजातिको नाममा राष्ट्र विखण्डन गर्ने जनघाती नेताहरुलाई सचेत रहन चेतावनी दिए ।
संयोजक क्षेत्रीले सरकारबाट निर्देशित आदीवासी जनजातिको आन्दोलनमा नाक चुच्चेलाई काट, तातो रगत चाट भन्ने अतिरञ्जित नारा दिईएर बाहुन, क्षेत्री, दशनामी, गिरी, पुरी, दलितलाई धम्क्याईन्छ भने त्यस्ता व्यक्ति र नेताहरुको घर छापा मार्न तयार हुन आव्हान गरे । ठकुरी समाजका अध्यक्ष डा. नन्दबहादुर सिंहले भने– ६० प्रतिशत खास आदिवासीलाई थर्काउन खोजिए त्यस्ता नेताहरु विरुद्ध रगत बगाउन तयार हुनुपर्ने धारणा राखे ।
सिंहले सपनाको राष्ट्रपति बन्न खोज्ने र जातीय सद्भाव भड्काएर देश विखण्डन गर्ने खोजियो भने बाहुन, क्षेत्री, दशनामी, दलित, गिरी, पुरीहरुको रक्षाका लागि सुरक्षा खस्ता खडा गर्ने दावी गरे । पत्रकार सम्मेलनमा ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष रुवयनाथ कोईरालाले आदिवासी जनजातीसँग गरिएका ९ बुँदे सहमति तत्काल खोरज नगरे दोस्रो आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिए ।









0 comments:
Post a Comment