Thursday, June 19, 2014

छात्राहरुलाई मोबाइल बोक्न प्रतिबन्ध

५ असार, वीरगन्ज । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले नर्सिङ्ग क्याम्पस वीरगन्जले छात्राहरुलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
क्याम्पसको वाषिर्क नतिजामा मोबाइल प्रयोगले नकारात्मक असर पारेको भन्दै मोबाइल प्रयोगमा रोक लगाइएको हो ।

मोबाइलमा व्यस्त भएर विद्यार्थीले अध्ययनमा ध्यान दिन छोडेपछि क्याम्पस हातामा मोबाइल प्रयोगमा रोक लगाइएको क्याम्पस प्रशासनले जनाएको छ । गत वर्षको साउनदेखि नै विद्यार्थीहरुलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको नर्सिङ क्याम्पस वीरगन्जकी निमित्त क्याम्पस प्रमुख सुनिता घोषले बताए ।

गएको शैक्षिकसत्रमा तेस्रो वर्षका छात्रा मोबाइलमा इन्टरनेट चलाएर अध्ययनमा रुचि नदेखाएका कारण धेरै फेल भएपछि यस्तो कदम चाल्नु परेको निमित्त क्याम्पस प्रमुख घोषले बताए । छात्राको मोबाइल प्रत्येक हप्ताको आइतबार बिहानदेखि शुक्रबार साँझसम्म क्याम्पस प्रशासनले ‘स्विच अफ’ गरेर राखिदिने गरेको छ ।
शुक्रबार साँझदेखि शनिबार दिनभरि र रातमा भने मोबाइल प्रयोग गर्न दिने गरिएको छ ।
क्याम्पसमा अध्ययन गर्ने छात्राले भने मोबाइल प्रयोग गर्न नपाउँदा व्यक्तिगत स्वतन्त्रताको हनन भएको बताएका छन् । सो क्याम्पसमा प्रथम, दोस्रो र तेस्रो वर्षका गरी ४५/४५ जना अध्ययनरत रहेका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment