काठमाडौ, जेठ १२,
सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नसक्ने अन्तरिम आदेश जारीगरेपछि मुख्य दलहरु जेठ १४ भित्रै संविधान जारी गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि शुक्रवार बिहानैदेखि मुख्य दलहरु छलफलमा छन् ।
शुक्रवार बिहान मुख्य तीनदलको बैठकमा जेठ १४ भित्र संविधान जारी गर्ने विषयमा छलफल भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा सहमति जुट्न बाँकी विषयलाई थाती राखेर संविधान जारी गर्ने विषयमा छलफल भएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ भित्र संविधान ल्याउनेगरी छलफल भएको र दिउँसो फेरि मुख्य दलको बैठक बस्ने जानकारी दिनुभयो । मुख्य दलको बैठक दिउँसो फेरि बस्नेछ ।
त्यस्तै लाजिम्पाटमा बसेको माओवादी र संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठकमा जेठ १४ भित्र संघियता सहितको संविधान जारी गर्ने विषयमा छलफल भएको छ । बैठक पछि मोर्चाका नेता ह्दयश त्रिपाठीले संघियता सहित संविधान जारी गर्ने मोर्चा र माओवादीबीच सहमति भएको बताउनुभयो ।
उहाँले संविधान बन्ने सुनिश्चित भएपछि मात्र सरकारले राजीनामा दिने बताउनु भयो । सर्वोच्च अदालतले हतारमा संविधानसभाको म्यादका विषयमा फैसला गरेको त्रिपाठीले टिप्पणी गनुभयो ।
यसैबीच अहिले एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक शुरु भएको छ । प्रचण्ड निवास निवास लाजिम्पाटमा चलिरहेको बैठकमा जेठ १४ भित्र संविधान ल्याउने विषयमा कुराकानी भएको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो ।
कांग्रेस एमालेले संविधान निर्माण प्रकृयालाई अगाडि बढाउन प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् भने माओवादी र मोर्चाले सहमति भएपछि मात्र राजीनामा दिने बताएका छन् । दलहरुबीच राज्यपुनर्संरचनामा सहमति भएमा जेठ १४ अघिनै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने स्रोतले जनाएको छ । -उज्यालोनेटवर्क

0 comments:
Post a Comment