Friday, May 25, 2012

एक तिहाइ लोग्नेस्वास्नी बीच हुने सम्बन्धविच्छेदमा फेसबुकको हात I

फेसबुक संस्थापक मार्क जुकरबर्गले भलै गएको शनिवार दुलही भित्राए तथापि उनले स्थापना गरेको सामाजिक संजाल एक तिहाइ सम्बन्ध विच्छेदका लागि जिम्मेबार छ । पछिल्लोपटक गरिएको एक अध्ययनले विश्वमा लोग्नेस्वास्नीबीच हुने सम्बन्धविच्छेदमध्ये एक तिहाइ फेसबुकबाट हुने गरको देखाएको छ ।

बेलायतमा गरिएको अध्ययन अनुसार यस्ता दम्पतिहरुको संख्या बढ्दै गएको छ जसले फेसबुकमार्फत आफ्नो जिवनसाथीको व्यवहारको आलोचना गर्छन् जुन अन्ततः सम्बन्धविच्छेदमा गएर टुंगिन्छ ।

बेलायतको कानुनी संस्ा डिभोर्स अनलाइनको सर्भे अनुसार अघिल्लो वर्ष सम्बन्धविच्छेदका मामिलामध्ये ३३ प्रतिशत सम्बन्ध विच्छेदमा फेसबुकको हात रहेको पाइयो । जबकी सन् २००९ मा सम्बन्ध विच्छेदमा फेसबुकको हात २० प्रतिशत मात्र थियो ।

डिभोर्स अनलाइनका प्रवक्ता मार्क किननका अनुसार यदि कोइ व्यक्ति आफ्नो विपरित लिंगीसँग प्रेम सम्बन्ध बनाउन चाहन्छ वा हँसीमजाक गर्न चाहन्छ भनेपनि उसका लागि फेसबुकको प्रयोग सबैभन्दा सजिलो तरिका हो ।

झण्डै ५ हजार सम्बन्धविच्छेदका मामिलाको अध्ययनबाट पाइएको नतिजा अनुसार सम्बन्ध विच्छेदका लागि फेसबुकमा गरिएका टिप्पणी तथा पोष्ट गरिएका तस्वीरहरु समेत सबुतका लागि पेश हुने गरेका छन् । पती वा पत्नीमाथि दोषारोपणका टिप्पणी, परस्त्रीगमन तथा परपुरुषसँगको सम्बन्ध लगायतका दृश्यका तस्वीरहरु फेसबुकमा पोष्ट गरेर त्यसलाई अदालतमा सबुतका रुपमा पेश गर्ने चलन बढेको किनन बताउँछन् ।

त्यस्तै अदालतले पनि फेसबुकका सामाग्रीहरुलाई सबुतका रुपमा स्विकार गर्ने गरेको छ । सम्बन्ध विच्छेद भैसकेका दम्पतीले समेत फेसबुकमार्फत एक अर्कालाई गालीगलौज गर्ने र भद्दा शव्दको प्रयोग गरेर दोषारोपण गर्ने गरेका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment