उमेर हुँदा निकै रिष्टपुष्ट र हँसीलो स्वाभावका उनीले निकै रमाइला दिन र नरमाइला दिन हरु पनि व्यतित गर्नुपर्याे ।
संखुवा–सभा जिल्ला खाँदबारी–१ ढोलबाजे निवासी रामचन्द्र कटुवाल उमेरले ६ दशक काटिसकका छन् ।
तर, उनको मन अझैं उरन्ठेउलो तथा तरुनो छ । सोझा तथा मिझासिला कटुवाल खाँदबारी बजारमा सबैका हायी हायी पात्र हुन । खाँदबारी बजार तथा आसपासका क्षेत्रमा भारी बोकेर गुजारा चलाएका कटुवालले हाल सम्ममा २७ वटीसँग बिवाह गरेका छन् । ५ दशक काटिसक्दा पनि बिवाह गर्न नछोडेका रामचन्द्र भन्छन् “अब त कस्ले पत्याउँछ र, २७ वटी ल्याए, कमाए खुवाए अहिले सबै गइसके, देखे भने मनै चिन्दिन आफ्नी श्रीमतीलाई...“।
कुनै बेला सञ्चार माध्यममा “२७ वटी श्रीमतीका श्रीमान्“ भनेर ख्याती कमाएका रामचन्द्र अहिले भने एउटीका भरमा छन् ।“बुढेशकालले छोएपछि भारी समेत बोक्न सक्दिन घरमा नै सर्वत पानीको ब्यापार गर्छु“ रामचन्द्रले मलिनो अनुहारमा हामीलाई यसरी दुखेसो पोखे ।








0 comments:
Post a Comment