एक सातामा दुई बालकलाई अपहरणकारीबाट उद्धार गरेको प्रहरीले फेरि अपहरणको सूचना पाएपछि सम्पूर्ण युनिटलाई चेक प्वाइन्ट राखेर गाडीमा खानतलासी गर्न निर्देशन दियो। महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी होबिन्द्र बोगटी र अपराध महाशाखाका प्रहरी निरीक्षक गजुसिद्धि बज्राचार्य घटनास्थलतर्फ लागे।
बबरमहलमा गएर प्रहरीले सूचनामुताबिक बुझ्दा बा १० च ४१४९ नम्बरको कार थापाथलीस्थित एसईए इन्स्टिच्युटभित्र छिरेको थाहा भयो। बुझ्दा त्यहीं पढ्ने र काम गर्ने सिद्धार्थ मण्डल र विवेक देवले इन्स्टिच्युटको कागत अन्य इन्स्टिच्युटमा दिएको आरोपमा उनीहरूलाई जबर्जस्ती गाडीमा राखेर एसईए पुर्याइएको रहेछ। सिंहदरबार वृत्तका प्रमुख डीएसपी बोगटी इन्स्टिच्युटभित्र छिरे। सिर्जना सिलवाल उक्त इन्स्टिच्युटकी उच्च तहकी कर्मचारी रहिछन्। उनले आफू डीआईजी नवराज सिलवालकी पत्नी भएको बताएपछि बोगटी घटना गोप्य राख्न सहमति जनाउँदै फर्किए। कार्यालयको गोप्य कागत बाहिर दिएको भए कानुनी उपचार खोज्नुपर्नेमा अपहरणशैलीमा बीच सडकबाट विद्यार्थीलाई गाडीमा जबर्जस्ती हालेर लगिएको घटनालाई प्रहरीले सामान्य भन्दै छाडेको छ।
घटनाबारे डीएसपी बोगटीले भने, 'पहिला अपहरण नै भएको सूचना आएपछि हामी परिचालित भयौं। पछि बुझ्दा त्यहीं काम गर्ने र पढ्ने दुईजना केटाले इन्स्टिच्युटको गोप्य कागत लगेर अरूलाई दिएको आरोपमा कारमा राखेर ल्याएका रहेछन्। उनीहरूको आन्तरिक मामिला भएकाले कसैलाई केही गरेनौं। बुझ्ने मात्रै काम भयो।' सिर्जनाले भनिन्, 'हाम्रो इन्स्टिच्युटको गोप्य कागत बाहिर चुहाएको भएर हामीले मण्डल र देवलाई सम्झाइबुझाइ गर्न बोलाएका थियौं।'








0 comments:
Post a Comment