राष्ट्रपति ओबामाले डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमुलका हरि शर्मामार्फत नेपाली समुदायलाई सन्देश पठाएका हुन् । एएनए उद्घाटन समारोहमा ओबामाले पठाएको सन्देश शर्माले पढेर सुनाए । समारोहमा ओबामाका एसिया प्यासिफिक आइल्याण्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिएका थिए । राष्ट्रपति ओबाका साथै अमेरिकी सिनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्याण्डर्सकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाएका छन् ।
अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरेले शुभकामना दिएका छन् । एनएनए सम्मेलनको रन्को वासिङटन डिसीको शेराटन प्रिमियर तारे होटलमा शुक्रबारदेखि सुरु भएको सम्मेलनको वलिउड स्टार मनिषा कोइरालाले उद्घाटन गरिन् । ‘तपाईंको सानो सहयोगले पनि नेपालमा ठूलो सहयोग हुन्छ,’ उद्घाटन समारोहमा कोइरालाले भनिन् ‘नेपाली सभ्यता, संस्कृति र पहिचानलाई दुनियाँभर लैजानुस, नेपाली आमालाई कहिल्यै नभुल्नस् ।’ एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले एएनए अझ शसक्त बन्दै गएको बताए ।
सन् २००२ देखि नवीकरण नभएको एएनएलाई सन् २०१२ मा नवीकरण गर्नु आफ्नो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए । एनएनए ३२ औं सम्मेलनका संयोजक हेमन्त श्रेष्ठले उत्तरअमेरिकामा रहेका नेपालीहरुका लागि एनएनए सम्मेलन पर्वका रुपमा स्थापित भएको धारणा राखे । एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्माले नेपाली शिक्षा, संस्कृतिको जगेर्नाका लागि आफूहरुले ३२ बर्षअघि एएनए स्थापना गरेको स्मरण गराए । कार्यक्रममा एनएनए हिरो २०१४ बाट नेपाली महिलाअधिकारकर्मी विष्णुकुमारी थापा, गिनिज बुकमा नाम लेखाउन सफल कृष्ण पाण्डे, समाजसेवी सरोज प्रजापति र १५ पटक सगरमाथा सफल आरोहण गरेका दोर्जी (लम्बु) शेर्पालाई सम्मान गरिएको थियो । सम्मेलनका सहसंयोजक लक्ष्मण प्रधान, कलाकार माल्भिका सुब्बा लगायतले समारोहलाई सम्बोधन गरे ।
सम्मेलनमा विभिन्न फोरम, सांस्कृतिक कार्यक्रम, फेशन शो, फिल्म प्रदर्शन लगायतका कार्यक्रम भइरहेको छ । नेपालीहरुको जेष्ठ नागरिक क्लब सम्मेलनमा अमेरिकामा रहेका नेपाली जेष्ठ नागरिकहरुका लागि क्लब बनाउने घोषणा गरिएको छ । यसको शुरुवात भर्जिनियाको आर्लिङटन र मेरिल्याण्डको मन्गोमेरी काउन्टीबाट गरिनेछ । नेपाल सिनियर्स कल्चर सेन्टर नाम दिइएको परियोजनाको संचालन नेपाली अमेरिकन नर्स एशोसिएशन(सान) अमेरिकन नेपाली सिनियर्स क्लब र नेपाः पासा पुच अमेरिकायबीचको समन्वयमा हुने भएको छ । नेपाली जेष्ठ नागरिकका समस्याप्रति कसैको ध्यान नदिइरहेको अबस्थामा समुदायका अगुवा कार्यकर्ताहरुको पहलमा यो कार्यको शुरु गर्न लागिएको हो । सानका सल्लाहकार रिता तिवारीका अनुसार नौ जनाको समूहद्धारा यो परियोजना संचालन गर्न लागिएको ।
यी नौ जना बोर्ड अफ डाइरेक्टर्सले फरक फरक जिम्मेवारी लिएर क्लबको ब्याबस्थापन गर्नेछन् । उक्त बोर्ड अफ डाइरेक्टरमा रिता तिवारी, सरोज प्रजापति, प्रेम संग्रौला, मन्जु संग्रौला, शान्ति श्रेष्ठ, मगन श्रेष्ठ, राम मालाकार लगायतको संलग्नता रहेको छ । सम्मेलनमा एक हजार भन्दा ज्यादा सहभागीहरुले दर्ता गराइसकेको जानकारी आयोजकले दिएको छ । onlinekhabar








0 comments:
Post a Comment