Saturday, May 26, 2012

काठमाडौ उपत्यका सहित मुख्य शहरको सुरक्षा व्यवस्था कडा I

काठमाडौ, जेठ १३,

धर्ना, प्रदर्शनलाई ध्यान दिँदै सरकारले काठमाडौ उपत्यका सहित मुख्य शहरको सुरक्षा व्यवस्था कडा पारेको छ । जातीय राज्यको पक्ष विपक्षमा हुने प्रदर्शनले तनाव उत्पन्न गर्न सक्ने र आपराधिक गतिबिधि बढ्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौ उपत्यकामा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार पहिलो घेरामा उपत्यका भित्रिने प्रमुख नाका र चक्रपथ बाहिरका इलका, दोस्रो घेरामा चक्रपथभित्रका मुख्य सहरी क्षेत्र र तेस्रो घेरामा संविधानसभा, सिंहदरबार, अति विशिष्ट व्यक्ति र बिशिष्ट व्यक्तिका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्रिभुवन विमानस्थल, बसपार्क, होटेल र रेष्टुराँहरुमा पनि सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ । यस्तै संविधानसभा भवनको पर्खाल वाहिर पेटीमा पैदल हिड्न रोक लगाइएको छ । सुरक्षाका कारणले पर्खाल बाहिरको पेटीबाट हिड्न रोक लगाइएको प्रहरीले बताएको छ ।उज्यालोनेटवर्क

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment