Sunday, May 27, 2012

संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित खतरा आएमा नियन्त्रणका लागि सोझै सेनाले हस्तक्षेप गर्ने I

काठमाण्डौं, जेठ १४,

संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित खतरालाई मध्यनजर गरी नेपाली सेना तयारी अवस्थामा बसेको छ । सैनिक मुख्यालयको निर्देशनमा मुलुकभरका सैन्य निकाय तैनाथ भएका हुन् ।

सैनिक मुख्यालयले केहीदिन अघिमात्र सम्भावित खतराको मध्यनजर गर्दै खतराको संकेत सहित पत्राचार गरी मातहतका निकायलाई तयारी रहन निर्देशन दिएको थियो ।

सैनिक मुख्यालयका एक बरिष्ठ अधिकारीका अनुसार ‘सुरक्षा स्थिति निकै खबर भयो र दुवै प्रहरी ( नेपाल प्रहरी र सशस्त्र प्रहरी ) को नियन्त्रण भन्दा बाहिर गएको अवस्थाको स्थिति सेनाले समाल्नुपर्छ भनेर तयारी अवस्थामा बसेको बताएका छन् ।

सोही कारण सहितको पत्र सम्पूर्ण सैन्य इलाकामा पठाई सकेको उपत्यका बाहिरका एक पृतनापतिले बताएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

पछिल्लो समयमा विभिन्न जातीय संगठनहरुले आफनो माग राखेर बन्द हड्ताल गर्नुका साथै आफुखसी प्रदेश घोषणा गर्ने होडलाई सेनाले गम्भिर रुपमा लिएको स्रोतको भनाई छ । सोही आधारलाई विश्लेषण गरी सम्भावित दुर्घटना रोक्न सेना तयारी अवस्थामा बसेको सैनिक अधिकारीहरुले बताएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment