काठमाण्डौं, जेठ १४,
दलहरुले आ-आफ्नो अडान नछाड्ने र एक अर्कालाई आरोप प्रत्यारोप गर्द गर्दै अन्तत संविधान सभाको म्याद सकिने अवस्थामा पुगेको छ । सँविधान निर्माणको लागी चार बर्षअघि गठन भएको संविधानसभाको म्याद सकिन अब केही दिन होइन अब घण्टामात्रै बाँकी रहेको छ । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को उपलव्धी स्वरुप गठन भएको संविधानसभाले चार बर्षसम्म संविधान निर्माण गर्न सकेको छैन । आज राती १२ बजेसम्म पनि संविधान निर्माण हुन नसके संविधानसभा त्यतिकै भंग हुने सम्भावना रहेको छ ।
आजसम्ममा संविधान बनाउन नभ्याउने भन्दै दलहरुले संविधानसभाको म्याद थप गर्ने प्रस्तावलाई सर्वोच्च अदालतले रोकिदिएपछि संविधानसभाको भविश्य अन्योलमा परेको हो । यससँगै नयाँ संविधान आउने सम्भावना पनि कम हुँदै गएको छ । २०६४ साल चैत २८ गते भएको ऐतिहासिक संविधानसभाको निर्वाचनबाट वर्तमान संविधानसभा गठन भएको थियो । दुई बर्षको समय पाएको संविधानसभाले नयाँ संविधान दिन नसकेपछि २०६७ साल जेठ १४ गते एक बर्षका लागि म्याद थप गरिएको थियो ।
तर, त्यो समयमा पनि संविधान बन्न नसकेपछि २०६८ जेठ १४ गते ३ महिना, भदौ १४ गते ३ महिना र गत मंसिर १४ गते ६ महिना म्याद थप गरिएको थियो । सर्वोच्च अदालतले मंसिर ९ गते नै त्यसबेला थप हुने संविधानसभाको म्याद अन्तिम हुने फैसला गरेको थियो । उक्त फैसलाविपरित दलहरुले तीन महिना म्याद थप गर्ने प्रयास गरेका थिए । जसलाई सर्वोच्च अदालतले केही दिनअघिमात्रै रोकिदिएको थियो । त्यसअघि नै दलहरुलाई नयाँ संविधान जारी गर्ने, संविधानसभाको नयाँ चुनाव घोषणा गर्ने लगायतका विकल्पहरु रहेका छन् ।

0 comments:
Post a Comment