जेठ १४, सिरियामा भइरहेको हिंसात्मक घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघले सिरियाली सरकारले खुल्लमखुल्ला अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रसंघका महासचिव बानकी मुन र राष्ट्रसंघीय विशेष दुत कोफी अन्नानले नागरिक हत्याको सिलसिला रोकी जिम्मेवार रुपमा प्रस्तुत हुन सिरीयालाई आग्रह गर्नुभएको छ । बेलायती विदेशमन्त्री विलियम हेगले सिरियाले जारी राखेको भयावह अपराधका लागि तत्काल विश्व समुदायले प्रतिक्रिया जनाउनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै अरब लिगका प्रमुख र फ्रान्सका विदेशमन्त्रीले पनि सिरियामा बढ्दो हिंसाको आलोचना गरेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले सिरियामा सरकार समर्थित सेनाको कार्बाहिमा ९० जनाको ज्यान गएको पुष्टि गरेको छ ।
३२ बालबालिकाको समेत ज्यान गएको घटनालाई राष्ट्र संघले नरसंहारको संज्ञा दिएको छ । सिरिया सरकारले भने आक्रमणमा सशस्त्र आतंकवादी संगठनको हात रहेको दावी गरेको छ ।

0 comments:
Post a Comment