Saturday, May 26, 2012

दुबईमा युनियन मनी ट्रान्फरद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न I

लालबहादुर ढेंगा, दुबई, युएई - विश्वको विभिन्न राष्ट्रहरुमा ८५ प्रशेन्ट व्यापार गर्दै नेपालमा पनि ४ हजार २ सयभन्दा बढी आफ्नो शाखाहरु संचालन गरेको वेस्र्ट्रन युनियन मनी ट्रान्सफरले गत २१ मे सोमबारका दिन दुबईको अरब उडूपी रेष्टुरेण्टमा नेपालबाट आउनु भएका प्रतिनिधिहरु र युएईस्थित रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एक्सचेन्जमा कार्यरत प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अवसरमा नेपालबाट आउनु भएका वेस्र्ट्रन युनियन नेपालका लागि निर्देशक आतिशकृष्ण श्रेष्ठ हुलास रेमिटेन्सका निर्देशक हेमन्त गोल्छा अन्नपूर्ण ट्राभल्स एण्ड टुर प्रा.लि का विजिनेश मैनेजर दीपक अमात्या र चौधरी ग्रुपका जेनेरल मैनेजर आषिश शर्मा रहनु भएको थियो भने युएईका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी व्यावसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा वेस्र्ट्रन युनियन मनी ट्रान्सफरको व्यावसायलाई अझै सरल र शुलभ तहबाट सेवा ल्याउनको बारेमा विशेष छलफल गरिएको थियो। समाजसेवी चन्द्रप्रसाद सापकोटाले अन्य मनी ट्रान्सफरको तुलनामा वेस्र्ट्रन युनियनको ट्रान्सफर शुल्क धेरै रहेको र पैसा लिनको लागि धेरै प्रक्रिया रहेकोमा यसलाई संशोधन गर्नु पर्नेमा आफ्नो जिज्ञासा राख्नु भयो। त्यस्तैगरी फस्ट मोवाइल बैंकका विजिनेस डेभोलपमेन्ट मैनेजर किशोर घिमिरेले वेस्र्ट्रन युनियन मनी ट्रान्सफरले पनि अन्य मनी ट्रान्सफरले लिएको ट्रान्सफर चार्जसंगै सेवा उपलब्ध गराउनमा आग्रह समेत गर्नु भयो।

खासगरी खाडी मुलुकका नेपाली कमिटीहरुसंग समन्वय राख्दै सक्दो सहुलियत सेवा उपलब्ध गराउनमा निर्देशक श्रेष्ठले आफ्नो प्रतिवद्धता जाहिर गर्नु भयो। आफ्नो विचार राख्नेहरुमा चन्द्र रोकाह, महेश मोक्तान, चन्द्रप्रसाद सापकोटा, नारायन अधिकारी, उत्तम अधिकारी, सि.यम ढकाल र किशोर घिमिरे रहेका थिए। रेमिटेन्सलाई कसरी देशमा भित्र्याउने र पैसा रिसिभ गर्ने व्यक्तिलाई सक्दो सहुलियत सेवा उपलब्ध गराउंदै आफ्नो व्यावसायलाई हरेक नेपालीहरुसम्म पुर्याउने हेतुले गरिएको अन्तरक्रिया कार्यक्रमकलाई संचालन लोकनाथ सुवेदीले गर्नु भएको थियो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment