
मुस्कान यो झर्दैछ आई हँसाईदेउन साथी
यहाँ देश मर्दैछ आई बचाईदेउन साथी
कामज्वरो आएर थरथराएको छ मेरो देश
स्थेस्कोप ल्याई ढुकढुकी जचाँईदेउन साथी
ग्रहदशा बिग्र्यो क्यारे,नक्षत्रमा खोट छ कि?
निशाना त्यो मारी , शनी खसाईदेउन साथी
रिस् राग,हत्या हिंसा,भलो कस्को होला यहाँ?
प्रेमले नै जित्ने विचार पसाइदेउन साथी
कहाँ गैईन्?कता गैईन्?अदृश्य छ शान्ती किन?
शान्ती खोजी स्वप्न संसार् बसाईदेउन साथी
राजेश रुम्बा लामा 'अतृप्त'








0 comments:
Post a Comment