Saturday, May 26, 2012

फिल्म 'मालतीको भट्टी' अब असार २९ मा लाग्ने I

काठमाण्डौ, जेठ १३,

तनावग्रस्त संविधानसभाको स्थितिलाई मध्यनजर गर्दै जेठ १२ को रिलिज डेट स्थगित गरिएको मालतीको भट्टी अब असार २९ गते लाग्ने भएको छ । निर्माता प्रदीप उदका अनुसार देशब्यापी रुपमा असार २९ गतेको लक्ष्य सहित फिल्मको पब्लीसिटी पनि सोही अनुरुप बढाईने छ ।

टाईटल अनुसार फिल्ममा रेखा भट्टी वाली साहुनी मालतीको भूमिकामा छिन् भने जीवन लुईटेल र नन्दिता केसीलाई श्रीमान श्रीमतीको भूमिकामा देख्न सकिने बताईएको छ । गणेश देव पाण्डेले पहिलो पटक निर्देशन गरेको यो फिल्मलाई काबिल फिल्मस र ब्रर्दर ईन्टरेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।

संविधान जारी समयका कारण फिल्म रिलिज क्यालेन्डरमा तलमाथि भएपछी आउदो केही महिना रिलिजको फ्लो बढ्ने निश्चित छ जसकारण एक साता चार वटा सम्म फिल्म रिलिज गर्नु पर्ने बाध्यता देखिन्छ । जसले फिल्म निर्माण कम्पनीलाई कलेक्सनमा धक्का पुर्‍याउने निश्चित छ । असार २९ मा मालतीको भट्टीसंगै लंका, थ्याङ्क्यू र क्यू अर्न्तगतको थप एक फिल्म लाग्ने सम्भवना छ ।-फिल्मीखबर,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment