चीनमा एक जना महिलाले आफ्नो स्कुटर पार्किङ गर्न नपाएको झोँकमा एक पुरुषको अण्डकोष थिचेर हत्या गरेकी छिन् । हेनान प्रान्तको हैको सहरमा उक्त घटना भएको हो ।
४१ वर्षकी ती महिलाले ४२ वर्षका पुरुषको अण्डकोष यति जोडले थिचिन् की पुरुष फत्रक्कै भुइँमा लडे । गम्भीर अवस्थामा रहेका ती पुरुषलाई उपचारका लागि अस्पतालमा पूराएलगत्तै प्राणपखेरु उडेको बताइएको छ ।
समाचार अनुसार ती महिला आफ्नो छोरालाई लिनका लागि उसले पढ्ने स्कुलमा गएकी थिइन् । छोरा कक्षाबाट निस्कन केही समय लाग्ने भएपछि उनले एकछिन आफु चढेको स्कुटर त्यहीँको एक पसल अगाडि पार्किङ गर्न थालिन् । तर पसलेले आफ्नो पसल अगाडि स्कुटर पार्किङ दिएन ।
स्कुटर पार्किङ गर्न नदिएपछि ती महिला झगडा गर्न थालिन् । उनीहरुको झगडा बढ्दै गयो । ती महिलाले आफ्नो लोग्ने र भाइलाई समेत त्यहीँ बोलाइन् । उनीहरुबीच कुटाकुट सुरु भयो । लफडा बढ्दै जाँदा ती महिलाले उक्त पसले पुरुषको अण्डकोषमा च्याप्पै समातिन् ।
उनले जोडसँग अण्डकोष थिचिदिएपछि ती पुरुषले त्यहीँ ढले । उनलाई उपचारका लागि अस्पताल त लगियो तर डाक्टरहरुले बचाउन भने सकेनन् । अण्डकोष थिचेर पुरुषको हत्या गर्ने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
साभार:अनलाइनखबर

0 comments:
Post a Comment