Friday, May 25, 2012

बन्दको अवज्ञा गरेको भन्दै रूपन्देहीमा चालक सहित ट्रकमा आगजनी I

रूपन्देही, जेठ १२,

बन्दको अवज्ञा गरेको भन्दै रूपन्देहीको पड्सरीमा आज बन्दकर्ताहरूले चालकलाई गाडीमै राखेर ट्रकमा आगो लगाइदिएका छन् । थरुहट र बृहत मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताहरूले बन्दमा गाडी नचाएकोमा आक्रोश पोख्दै चालक सहित ट्रकलाई आगजनी गरेका हुन् । आगलागीका कारण ट्रक चालक प्रदीपकुमार शर्मा घाइते भएका छन् । उनको हात जलेको छ ।

चालक शर्माको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । ट्रकमा भने सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थारुहटका कार्यकर्ताले ट्रकमा आगजनी गरेको हुन सक्ने जनाएको छ । आगजनीमा सङ्लग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख रबिन्द्रनाथ रेग्मीले जानकारी दिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment