काठमाडौ, जेठ १३,
पत्रकार कृष्णसेन ईच्छुकको दशौं स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाईदैछ । प्रहरीको यातनाका कारण ज्यान गुमाएका पत्रकार ईच्छुकको सम्झनामा शनिवार विहान काठमाडौमा प्रभातफेरी हुँदैछ ।
काठमाडौको शान्तिबाटिकाबाट शुरु हुने प्रभातफेरी भृकुटीमण्डपमा पुगेर स्मृति सभामा परिणत हुनेछ । शनिवार नै कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार घोषणा गर्ने कार्यक्रम रहेको क्रान्तिकारी पत्रकार संघले जनाएको छ ।
जनादेश साप्ताहिकका सम्पादक रहेका सेनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्रेर निर्मम यातना दिएका कारण जेठ १३ गते ज्यान गएको थियो ।

0 comments:
Post a Comment