Saturday, May 26, 2012

प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी I

काठमाण्डौं, जेठ १३,

नेपाली काँग्रेस र एमालेको बिहीबार बसेको बैठकले जेठ १४ पछि आउने परिस्थितिका मिलेर समाधान गर्ने निस्कर्ष निकालेका छन् । एमालेका एक नेताले दिएको जानकारी अनुसार दुवै दलका बरिष्ठ नेताहरुले संविधान जारी गर्न थोरैमात्र समय बाँकी रहेपनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराईराख्नुपर्ने भनि सल्लाह गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।

संविधान विगठन भएमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाउन नसकिने भएकाले राष्ट्रपतिबाट बर्खास्त गराउने उपायबारे समेत छलफल भएको उनले बताएका छन् । संविधानसभा विगठन भएमा राष्ट्रपतिले यसैलाई आधार मानी प्रधानमन्त्रीलाई बखास्त गर्न मिल्ने भएकाले यस्तो गरिराख्नु उचित हुनेमा काँग्रेस र एमालेका बरिष्ठ नेताहरु सहमत भएका हुन् । तर यसवारेमा कुनै टुङ्गोमा भने नपुगेको नेताहरुले बताएका छन् ।

जेठ १४ पछि राष्ट्रपति गुहारेर यसरी सरकार बर्खास्त गर्दा ‘कु’ गरेको नदेखिने आधार तयार पारिराख्नु पर्ने दुवै दलका नेताहरुको साझा धारणा रहेको स्रोतको दाबी छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment