Friday, May 25, 2012

चलचित्र 'फुलस्टप' मा फरक भुमिकामा देखापर्दै बिनिता बराल I

चपली हाइटबाट ग्ल्यामरश छवी बनाएकी नायिका बिनिता बराल नयाँ चलचित्र 'फुलस्टप'मा फरक भुमिकामा देखिने भएकी छिन् । माता मनकामना प्रोडक्सन्सको व्यानरमा निर्माण हुन लागेको फूलस्टपमा 'चपली गर्ल' बराल र नायक सविन श्रेष्ठले विद्यार्थीको भुमिकामा अभिनय गरेका छन् ।

'फुलस्टप'को अहिले गोरखामा छायाङ्कन भइरहेको छ । द ओल्ड क्यापिटल उच्च माविमा गरिएको छायाङ्कनमा प्राध्यापकले लागुऔषध सेवन गरेको थाहा पाएपछि विद्यार्थी बराल र श्रेष्ठले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए । लागुऔषध सेवन गर्ने प्राध्यापकको भूमिकामा हुनुहुन्थ्यो फुलस्टपकै निर्देशक कमलकृष्ण पौडेल । अन्दाज, रावन र वर्षात लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक श्रेष्ठले आफूले अभिनय गरिरहेको चलचित्र फूलस्टपको कथावस्तु प्रेम, थ्रिल, एक्सन र रोमान्स सबैको समिश्रण भएको बताए ।

मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रन्जितले निर्माण गरेको चलचित्र फूलस्टपको एक्सन, एउटा गीत सहित केही दृश्यहरु गोरखामा छायाङ्कन भइरहेको छ । अरु दृश्यहरु नगरकोट, काठमाडौं लगायतका स्थानमा छायाङ्कन गरिने चलचित्रका निर्देशक कमलकृष्ण पौडेलले जानकारी दिए ।-डिसीनेपाल

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment