असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असारे गीत गाउंदै धान रोप्ने गरिन्छ ।
हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउंदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् ।
यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कातिर चर्मरोग पनि निको हुन्ो जनविश्वास रहेको छ । रोपाइं गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा साउनमा खीर भन्ने गरिन्छ ।
असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुंदा हिउंदको शुरुवात भयो भन्ने गरिन्छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरेकाले आज धानरोपाइं र धानसंरक्षण सम्बन्धी कार्यक्रम गरी यो दिवस मनाइंदै छ । विभिन्न दलका कृषिसंग सम्बन्धित भ्रातृसंगठनले रोपाइं पर्व मनाउने गर्छन् ।
काठमाडौ पोखरा चितवनमा धान रोपाइं पर्यटकीय आकर्षणको रुपमा मनाउन थालिएको छ । प्रशस्त रैथाने धान पाइने मुलुकमा वर्णसंकरी धानले तिनलाई विस्थापन गर्दै आएको र धान खेतीयोग्य भूमिमा बस्ती बढ्दै गएको कृषि समस्या समधानका विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा धेरैले चासो व्यक्त गरेको पाइन्छ ।
केही वर्षअघि धानमा आत्मनिर्भर रहेको कृषिप्रधान देशमा अहिले उत्पादकत्व घटेर धानचामल समेत आयात गर्नुपर्ने अवस्था आएकाले राज्यले नै यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको विज्ञहरु बताउंछन् ।








0 comments:
Post a Comment