शुक्रबार अबेर राति उत्तर वजिरिस्तानको दर्गामन्दी र चस्मा गोन क्षेत्रमा सो आक्रमण गरिएको जनाइएको छ।अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको उत्तरी वजिरिस्तानबाट पाकिस्तानी सैनिकले जारी राखेको भिषण आक्रमणका कारण करिब पाँच लाख व्यक्ति विस्थापित भएका छन् ।
दशौँ हजार घरपरिवार उत्तरी वजिरिस्तानबाट भागेर बन्नु सहरमा पुगेका बताइएको छ। बन्नु सहर उत्तरी वाजिरिस्तान नजिकै पर्दछ।मध्य जुनबाट सुरु भएको यस आतङ्ककारीविरुद्धको विमान आक्रमणका कारण उत्तरी वजिरिस्तानबाट भागेर पाकिस्तानको लक्की, मर्वाट कराक र देरा इस्मेल खानमा पनि सयौँ व्यक्ति पुगेका बताइएको छ।आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्य गरी सैनिक विमानबाट गरिएको बम आक्रमणमा १७ विद्रोहीको मृत्यु हुनुका साथै ती आतङ्ककारीको छवटा बासस्थान ध्वस्त भएको वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्।
पाकिस्तानमा मध्य जुनबाट सुरु गरिएको यस आक्रामक सैनिक विमान आक्रमणमा करिब ३७० आतङ्ककारी र १२ सुरक्षा अधिकारीको मृत्यु भएको बताएको छ।सन् २००९ देखि हालसम्म पाकिस्तानको आदिवासी इलाकाबाट १५ लाख व्यक्ति विस्थापित भएका पनि संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ। जसमा नौ लाख ३० हजार सो क्षेत्रमा जारी विभिन्न द्वन्द्वका कारण घरबार विहीन नै भएका पनि संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। रासस/एएफपी








0 comments:
Post a Comment