Monday, June 30, 2014

गायक रामकुष्ण ढकाल र लालीगुराँस सहकारी बीच चर्काचर्की

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनको घर लिलामीको घोषणा गर्ने लालीगुराँस सहकारी संस्थाबीच फेरि दोहोरी चल्न थालेको छ ।

सहकारीले आफूलाई अनावश्यक टर्चर दिन र बदनाम गराउँने नियतले पटक पटक पत्रिकामा नाम निकाल्ने गरेको आरोप ढकालको छ । एक साप्ताहिक पत्रिकासँग ढकालले भनेका छन्–यो विवाद हुने विषय नै होइन । सहकारीले मलाई घर किन्नका लागि १ करोड ८० लाख क्रृण दिएको थियो । तर मैले त्यो घर मात्र होइन थप ४८ लाख पनि सहकारीलाई बुझाइसकें ।

यति गरेपछि मेरो के गल्ती छ र रु तर पनि बदनाम गर्ने नियतले पत्रिकामा सूचना निकालिएको छ । तर उता सहकारीको भने अर्कै तर्क छ । ढकाललाई बदनाम गराउँने सहकारीको कुनै नियत नरहेको उसको भनाइ छ । उल्टै ढकाललाई सहयोग गर्ने पक्षमा आफूहरु रहेको सहकारीको दाबी छ । त्यसैले ढकाल सम्पर्कमा आएक हदैसम्मको छुट दिने योजनामा सहकारी रहेको छ ।

ढकालले सहयोग गरेमा चक्रिय क्रृण मिनाहा गर्न सकिने सहकारीका निर्देशक सुरेन्द्र भण्डारीले बताए । तर ढकाल आफैं विगत डेढ वर्षदेखि सम्पर्कविहीन भैरहेकोले सहकारी सूचना निकाल्न बाध्य भएको उनको भनाइ छ । गाँठी कुरा जे जस्तो भए पनि यो विवाद तत्कालका लागि साम्य हुने छाँटकाँट भने देखिन्न । किनभने सहकारी कुनै पनि नछोड्ने मुडमा रहेको छ भने ढकालको क्रृण नतिर्ने अडान पनि उत्तिकै अडिक छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment