Sunday, June 29, 2014

शीघ्र स्खलन हुन्छ? यसो गर्नुस

 मेरो उमेर ३२ वर्ष भएको छ । म विवाहित छु । मेरो शीघ्र स्खलन हुन्छ । के कारणले यस्तो हुन्छ ? यो रोग हो ?

एकथरी पुरुषहरूमा यो समस्या सुरुदेखि नै अर्थात् किशोरावस्था देखि नै हुन्छ । अर्काथरीमा पहिले वीर्य स्खलन ठिकै समयमा हुने गरेको भए पनि पछि मात्र शीघ्र स्खलनको समस्या देखिएको हुन्छ ।
यो समस्या कुनै शारीरिक बिमारीका कारणले हुँदैन । र, कुनै रसायनको प्रयोगसँग पनि यो सम्बन्धित हुँदैन । महिलालाई चरमसुखको स्थितिसम्म पुग्न एकदमै समय लाग्ने तथ्यमा आधारित रहँदा कतिपय अवस्थामा पुरुषले शीघ्र पतनको अनुभव गरेका हुन पनि सक्छन् ।

यो कुरा पनि बिर्सनु हुन्न कि, केही महिला योनी मैथुनबाट चरमसुखको स्थितिसम्म नपुग्ने पनि हुन सक्छन् ।

वीर्य स्खलनभन्दा पहिले आउने रसलाई वीर्य निस्केको ठान्ने स्थिति पनि रहने गरेको हुनाले त्यसमा पनि विचार गर्नुपर्ने हुन्छ । कतिपयले यौन चलचित्रमा देखाइएका कुरालाई आफूसँग दाँज्ने गर्दछन् र आफ्नो वीर्य चाँडो स्खलन भएको ठान्न सक्छन् । चलचित्रमा अस्वाभाविक रूपमा घन्टौँ यौन सम्पर्कमा संलग्न भएजस्तो देखाइको हुन सक्छ ।

शीघ्र स्खलनको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले यो समस्याको मूल कारण मानसिक सोचाइ नै हो भन्न सकिन्छ । शीघ्र स्खलन हुनुले पुरुषको प्रजनन प्रणाली वा स्नायु प्रणालीमा शारीरिक रूपमा कुनै खराबी भएको अर्थ लगाउने वैज्ञानिक आधार छैन ।

कतिपय मानिसलाई यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ता नै यस्तो समस्याको कारक हुने गर्दछ । आत्तिनु पर्दैन ।

डा. राजेन्द्र भद्रा स्वास्थ्य खबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment