Saturday, June 14, 2014

एसएलसी फेल भएपछि आत्महत्या

रुकुम, जेठ ३१ – सोचे अनुसार नतिजा नआएपछि रुकुमकी एक छात्राले आत्महत्या गरेकी छिन् ।
ती छात्राले आत्महत्या गरेको थाहा पाएपछि उनकी साथी कक्षा ९ मा पर्ने अर्की छात्राले पनि आत्महत्या गरेकी छिन् ।
एसएलसी फेल भएपछि आत्महत्या गरेको पीडामा अर्को आत्महत्या


रुकुमकोट–६ छिप्रिदहकी १५ बर्षिया एक किशोरी (परिवारकै आग्रहमा नाम सर्वजनिक नगरिएको) ले एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको केही घन्टापछि कोठामै झुन्डिएर आत्महत्या गरेकी हुन् । अरु विषयमा पहिलो श्रेणीको नम्बर आएपनि गणितमा फेल भएकी थिईन् । लामो समय सम्म छोरी कोठाबाट बाहिर नआएपछि उनका बुबाले कोठामा गएर हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । रुक्मीणि उच्च मावि रुकुमकोटकी ती छात्राले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिईन् ।

ती छात्राले आत्महत्या गरे लगत्तै उनकी साथी रुक्मीणि उच्च माविकी  कक्षा ९ मा पर्ने अर्की छात्रा (परिवारकै आग्रहमा उनको नाम सर्वजनिक नगरिएको) ले शनिबार बिहान आत्महत्या गरेकी छिन् । शनिबार आत्महत्या गरेर मरेकी साथीको शब हेरेर रुदै बिहान घर आएकी खलंगा–८ रातामाटा घर भै रुकुमकोट स्थित मावलीमा बसेर पढ्दै गरेकी ती छात्रा ‘मलाई साथीले बोलाएकी छे, म उसलाई भेट्न गएँ’ भन्ने चिठ्ठी छाडेर झुण्डिएकी प्रहरीले जनाएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment