करौडो मूल्यको जग्गा हत्याउने उद्देश्यले खडा गरिएको कृत्रिम व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रशासकीय अधिकृत कार्कीलाई नियन्त्रणमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायव निरीक्षक राजकुमार वैदवारले बताए ।
सप्तरीको काचन गाविसमा २४ विगाहा जमिन भएका काठमाडौं मनपा–१ का ज्योतीसम्शेर राणाको नामबाट एक अपरिचित युवकको फोटो टाँस गरी गत वैशाख २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७१–००५१४/४६३ नम्बरको नागरिकता प्रमाणपत्र बनाइएको थियो ।
नक्कली नागरिकता बनाउने गिरोहमा संलग्न काचन गाविसका सचिव सप्तरीको बरही वीरपुर–६ का ३८ वर्षीय नवोनाथ मिश्र र प्रहरी चौकी काचनमा कार्यरत सिरहा अर्नमा गाविस–२ घर भएका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतोलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
गाविस सचिव मिश्र र प्रसनि महतो पक्राउ परेलगतै प्रशासकीय अधिकृत कार्कीले कार्यालयबाट लामो समयसम्म बिदा लिएका थिए ।
गाविस सचिव मिश्रले कृत्रिम व्यक्तिको नाममा अनियमित तरिकाले सरजमिन सिफारिस गरी नागरिकता बनाउन सहयोग गरेका थिए भने प्रहरी चौकी काचनले अनियमित तरिकाले सरजमिन मुचुल्का खडा गरेको थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले नागरिकताका लागि सरजमिन मुचुल्कामा बस्ने मानिसहरुसँग समेत वयान लिई दोषीलाई कारबाही गरिने बताए । - रासस








0 comments:
Post a Comment