Saturday, July 5, 2014

आँखाको मुनी हुने कालो दागलाई कसरी हटाउन सकिन्छ ?

आँखाको मुनी हुने कालो धब्बालाई डार्क सर्कल पनि भनिन्छ । यो प्रायः दुवै आँखामा देखिने हुन्छ । तर तपाईको एउटा आँखामा हो या दुबैमा यस्तो छ, खुलाउनु भएको छैन ।

आँखाले धेरै थाक्ने काम गरेमा वा आँखाले आराम नपाउँदा यस्तो समस्या देखिन्छ । नजिकबाट गरिने कामहरू लगातार कम्प्युटर चलाउने, सिलाईबुनाई गर्ने, टिभी हेर्ने, पढ्ने, निद्रा नपुगेको अवस्थामा कालो धब्बा देखिने हुन्छ । यसबाहेक परिवारमा कसैलाई छ भने अरूमा पनि देखिने सम्भावना हुन्छ ।

डार्क सर्कल कम गर्न आँखालाई आराम दिनुपर्ने हुन्छ । साथै यसको उपचारको लागि ३ महिनासम्म औषधि लगाउनुपर्ने पनि हुन सक्छ । तर, प्रत्यक्ष नजाँची डार्क सर्कल हो या होईन यसै भन्न सकिदैन । कहिलेकाहीँ चाँया पनि कालो वा फुस्रो हुने, पछि आएर कोठी हुने र विस्तारै बढ्दै जाने हुन्छ ।

उपचार पछि कालो धब्बा हटाउन सकिन्छ । जसका लागि तपाईले एकपटक छाला तथा चर्म रोग विशेषज्ञसँग सल्लाह लिनुहोला ।
डा. अनुपमा कार्की, छाला तथा चर्म रोग विशेषज्ञ, वीर अस्पताल 
स्वास्थ्यखबर पत्रिकाबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment