Sunday, July 13, 2014

खरिदारको तलब २० हजार


काठमाडौं २९ असार  । साउन एक गतेदेखि खरिदारको तलब २० हजार र शाखा अधिकृतको तलव २८ हजार रुपैयाँ पुग्ने भएको छ । यसअघि खरिदारको १७ हजार र शाखा अधिकृतको २४ हजार रुपैयाँ मासिक तलव थियो ।
सरकारले यो वर्ष पनि सरकारी कर्मचारीको तलब १४ प्रतिशतले बढाउने भएको छ । सरकारले आफ्ना कर्मचारीलाई दिँदै आएको मासिक एक हजार रुपैयाँ महंगी भत्तालाई पनि तलवमा समावेस गरेको हो ।
कर्मचारी संगठनहरुले २० प्रतिशत तलव बढाउन अर्थमन्त्रीलाई दवाव दिँदै आएका थिए ।

सरकारी कर्मचारीको तलव प्रत्येव वर्ष मुल्यवृद्धिभन्दा निकै उच्च अंकले बढ्न थालेपनि सरकारी सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ अाजको अनलार्इन खबरमा छापिएको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment