जर्मनीका लागि खेल सुरु भएको १३ औं मिनेटमा म्याट्स ह्युमेल्सले निर्णायक गोल गरे। टोनी क्रुसले दिएको फ्रिकिक पासमा ह्युमेल्सले हेडमार्फत गोल गरेका थिए।
उनको हेड प्रहार क्रसबारको भित्रि भागमा ठोक्किएर गोलमा परिणत भएको थियो। ह्युमेल्सको सोही गोल नै जर्मनीलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त भयो।
दुबै युरोपेली टोलीबीच भएको क्वार्टरफाइनल निकै प्रतिस्पर्धात्मक थियो। खेलका क्रममा दुबै टोलीले एकअर्काको पोष्टमा थुप्रै गतिला प्रहार गरे पनि ती उपलब्धिमुलक हुन सकेनन्।
सन् १९९८ को विश्वकप विजेता फ्रान्सले दोस्रो हाफमा आक्रामक प्रदर्शन गरे पनि गोल भने फर्काउन सकेन। लयमा रहेका स्ट्राइकर करिम बेन्जेले गरेका केही गतिला प्रहारलाई जर्मन गोलरक्षक म्यानुएल नेउरले विफल पारे। प्रिक्वार्टरफाइनलमा फ्रान्सले नाइजेरियालाई र जर्मनीले अल्जेरियालाई हराएका थिए।
यस्तै घरेलु टोली ब्राजिल कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै विश्वकप फुटबलको सेमिफाइनलको यात्रा तय गरेको छ। शनिबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोल अन्तरले हरायो।
खेलको ७ औ मिनेटमा नेमारको प्रहारलाई डिएगो शिल्भाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।
ब्राजिलका डेभिड लुइजले खेलको ६९ औं मिनेटमा फ्रिकिक प्रहार गर्दै उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई दोब्बर अग्रता दिलाए। खेलको ८८ औं मिनेटमा चोटका कारण ब्राजिलका स्ट्राइकर नेयमारले मैदान छाडे। उनको स्थानमा हेनरिक मैदान प्रवेश गरेका थिए। अब हुने सेमिफाइनल खेलमामा घरेलु टोली ब्राजिल र जर्मनी जितका लागि भिड्नेछन्।








0 comments:
Post a Comment