Tuesday, July 8, 2014

एउटा सिनले गर्दा ज्यानै गयो

नुवाकोट : भीरवाट खसेर रसुवामा एक वेलायती नागरिकको मृत्यु भएको छ। रसुवाको धुन्चेस्थित नागुङमा तस्बिर लिने क्रममा भीरबाट खसेर वेलायती एक स्वंयसेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
धुन्चे गाविस वडा नं. ९ नागुङमा भीरबाट एकसय मिटर तल खसेर वेलायती नागरिक ५७ वर्षिय पियरस हेल्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षा अनुरागकुमार द्विवेदीले मंगलबार जानकारी दिए।

१५ दिनदेखि धुन्चेस्थित बालमन्दिरमा रहेका वालवालिकाहरुलाई पढाउँदै आएका हेल्सन २ जना बच्चा लिएर घुम्न जाँदा झरनाको तस्बिर लिने क्रममा सोमबार साँझ यो घटना भएको हो। तर उनीसँगै गएका बालबालिका भने सकुशल छन्। भिरबाट चिप्लिएर एकसय मिटर तल ढुंगामा ठोक्‍किएका हेल्सनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव मंगलवारै पोष्टमार्टमका लागी काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। उनी विगत तीन वर्षदेखि सहयोगी संस्थामार्फत नेपालमा शिक्षा क्षेत्रमा स्वंसेवा गर्दै आएको जनाइएको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment