Tuesday, July 8, 2014

सम्भोग टार्ने बहाना बन्यो विश्वकप फुटबल

यसअघिका अध्ययनहरुले सम्भोग टार्ने बहानाका रुपमा मानिसहरुले ‘आज मलाई टाउको दुखेको छ’ भन्ने कथनलाई मुख्य अस्त्र बनाउने गरेको तथ्य पत्ता लगाएका थिए ।

 तर अब यो कथनलाई अर्को कथनले माथ दिएको छ । फुटबल खेल हेर्न मन पराउनेहरुले टाउको दुखेको बहानालाई रातो कार्ड देखाइदिएका छन् । उनीहरु सेक्सबाट उम्किने बहानाको रुपमा फुटबल खेललाई प्रयोग गर्दै भन्ने गरेका छन्, ‘मैले फुटबल म्याच हेर्न चाहन्छु, त्यसैले आज नाइँ ल ।’

विश्वकप फुटबलको ज्वरो चढिरहेको बेला कण्डम लगायतका विभिन्न खाले यौनजन्य सामाग्रीको उत्पादक भारतीय कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणले ४० प्रतिशत पुरुषले फुटबल खेल हेर्ने बहानामा सेक्स टार्ने गरेका छन् ।
मानिसको यौन जिवनमा फुटबलले कस्तो असर पूराइरहेको छ त ? भन्ने विषयमा गरिएको अध्ययनले यस्तो अनौठो नतिजा निकालेको हो ।

पुरुषहरु यौनका भोका हुन्छन् र महिलाले गर्ने सेक्सको प्रस्तावलाई कहिल्यै नकार्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै यो अध्ययनले सयमा ४० जना पुरुषले सेक्सलाई भन्दा फुटबल म्याच हेर्नुलाई बढि प्राथमिकता दिने गरेको पाइएको छ ।

पुरुषहरुमा आफ्नी अर्धांगिनीप्रति निर्वाह गर्नुपर्ने यौनिक दायित्वका बारेमा चेतनामा कमी नआएको तर फुटबल म्याच चलिरहेको ९० मिनेटमा भने कुनै सम्झौता गर्न नसक्ने अवस्था रहेको अध्ययनको निष्कर्ष छ ।

तर म्याच सकिएसँगै टेलिभिजन बन्द गरेर पूर्ववत् पार्टनरसँगको समागमलाई सुचारु गर्ने धेरैको बानी छ, नत्र धेरैले विभिन्न खाले सजायको सामना गर्नुपर्छ । गएको जुन ४ मा २ हजार जना सहभागिबीच यस्तो अध्ययन गरिएको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment