Thursday, May 29, 2014

कामको खोजीमा भौंतारिँदै सहिदका सन्तान

 गणतन्त्र ल्याउन जनआन्दोलनका क्रममा सहिद भएका ताहिर मियाँ अन्सारीका छोरा वाकर अली साउदीमा र हैदर अली दुबईमा वैदेशिक रोजगारीमा छन्।

उनका अन्य छोराहरू जम्सेर अली, अफ्ताव अली, अस्कर अली, सकिल अली केही वर्षअघि रोजगारीको लागि साउदी जाँदा दलालले झुक्याएकाले २२ दिन पछि नेपाल फर्केका थिए।

साउदीबाट २२ दिनमा फर्केपछि केही वर्षदेखि उनीहरू नेपालमा नै कामको खोजीमा छन्। video
देशमा गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र ल्याउन जीवन बलिदान गर्नेका सन्तान भने कामको खोजीमा भौंतारिरहेका छन्।
सहिदका परिवारलाई क्षमताअनुसारको राज्यले रोजगार दिनुपर्ने सकिल अलीले माग गरेका छन्। सहिद अन्सारीका जेठा छोरा अस्कर अलीले भने, 'राज्यले १० लाखबाहेक केही दिएन, सहिदका परिवारलाई उपेक्षा गरेको छ।'

वैदेशिक रोजगारमा जाँदा सहुलियत हुनुपर्ने, साना उद्योग, व्यापार, व्यवसाय गर्दा सरकारले अनुदान दिनुपर्नेलगायतका माग सहिद परिवारले राखेका छन्।

 गणतन्त्र आएको सात वर्ष भइसक्दा पनि संविधान नबनेकोमा सहिद अन्सारीकी पत्नी ५५ वर्षीया सकिला खातुनले दु:ख व्यक्त गरिन्। सहिद पत्नी सकिलाले भनिन्, 'देशमा शान्ति आओस्, नयाँ संविधान बनोस्।'

आन्दोलनको क्रममा रौतहटको प्रतापपुर पल्टुवा गाविस ६ का खतवैयाटोलका ताहिर मिया अन्सारीको प्रहरीको अश्रुग्याँस लागेर ज्यान गएको थियो। २४ जना भन्दा बढीको संयुक्त परिवार रहेको र दाजुभाइ बेरोजगार रहेकोले समस्या हुँदै आएको सहिद अन्सारीका छोरा जम्सेर अली अन्सारीले बताए।

सहिद अन्सारी तात्कालीन समयमा नेकपा एमालेका रौतहट जिल्ला कमिटी सदस्य, अखिल नेपाल किसान संघका जिल्लाअध्यक्ष तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्यसमेत थिए। सरकारले सहिदको गाउँमा बाटो बनाउनुपर्ने, बिजुली विस्तार गर्नुपर्ने, विद्यालयलगायतका अन्य भौतिक विकासमा चासो दिनुपर्नेसमेत माग उनीहरूको छ।

नेकपा एमाले रौतहटका जिल्लाअध्यक्ष तथा सभासद् रामकुमार भट्टराईले सहिद अन्सारीका परिवारले १० लाखबाहेक सरकारबाट अन्य सुविधा नपाएको जानकारी दिांदै सहिद अन्सारीको परिवारलाई रोजगारका लागि पहल गरिरहेको बताए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment