ठूलो स्क्रिनवाला टिभीको मागलाई ध्यानमा राख्दै टाइटन स्क्रिन कम्पनीले विश्वमा अहिलेसम्मकै ठूलो स्क्रिन भएको टेलिभिजन सेट निर्माण गरेको छ । यसअघि पानासोनिक कम्पनीको १५२ इन्चको टिभी विश्वकै सबैभन्दा ठूलो टिभीको रुपमा थियो ।
त्यसलाई माथ दिँदै टाइटनले ३ सय ७० इन्चको स्क्रिन भएकेा टेलिभिजन पेश गरेको छ । यसको रिजोलुसन ४००० छ । टाइटन जिउस नामको उक्त टेलिभिजनको मूल्य पनि लरतरो कहाँ छ र ? यसको मूल्य अन्तराष्ट्रिय बजारमा १७ करोड रुपैयाँ भन्दा बढि छ ।
समाचार अनुसार टाइटले ३ सय ७० इन्चको केवल ४ वटा मात्र टेलिभजन सेट निर्माण गरेकोमा २ वटा बेचिसकेको छ । यो टेलिभिजन किन्ने पहिलो ग्राहकको नाम खुलाइएको छैन भने दोश्रो टेलिभिजन प|mान्सको पेरिसमा रहेको ले ग्राण्ड होटलले किनेर भवनको छतमा राखेको छ ।
यो होटलको छतमा राखिएको टेलिभिजन सेटमा त्यहाँ आसपास तथा समुद्री किनारबाट मज्जाले विश्वकप फुटबल मज्जा लिन सकिनेछ । यो टेलिभिजनको उचाइ ५ मिटर, चौडाइ ८ मिटर हुनुका साथै तौल झण्डै एक हजार किलो छ ।








0 comments:
Post a Comment