सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले नगद पुरस्कार सहित खेलाडीहरुलाई सम्मान गरेका छन् ।
खेलाडीहरुले नगद ५/५ लाख रुपैयाँ पाएका छन् भने साहायक प्रशिक्षक जगत टमटा, ब्यवस्थापक उत्तम कर्माचार्य र टेक्निकल एनालिष्ट रमन सिवाकोटीले भने तीन/तीन लाख रुपैयाँ पाएका छन् । बंगलादेशमा भएको विश्वकपको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने अफगानिस्तानाई नौ रनले हराएको थियो ।
टेष्ट मान्यताप्राप्त बंगलादेशसँग सम्मानजनक खेल खेलेको नेपाल ८ विकेटले पराजित भएको थियो । कार्यक्रममा राष्ट्रपति डा. यादवले खेलाडीहरुले देशको नाम उच्चो पारेको भन्दै सरकारलाई खेलकुदमा लगानी बढाउन आग्रह गरे । उनले भने-’अहिलेको सबै नजर खेलकुदमा छ, सरकारले पनि यसमा लगानी बढाएर खेलाडीलाई प्रोत्साहित गरोस् ।’ नेपाली टिमका कप्तान पारस खड्काले आफूहरु राष्ट्रका लागि खेलीरहेको भन्दै आफूहरु देशको नाम उच्चो पार्न हर समय लागिरहने बताए । - See more at:








0 comments:
Post a Comment