Friday, June 13, 2014

अमेरिकामै जिउँदो राक्षस हेर्नुस

भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् ।

अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ? ३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए । समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे । समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि ।
अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे । राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ । अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन ।

ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे । उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment