Sunday, April 29, 2012

स्वास्नीको रिसको पारोले हानेको ताबाले लोग्ने खुत्रुक्कै I

श्रीमती रिसाइन् भने डाडु पन्युको झटारो फाल्छन् भन्ने किस्साहरु नेपाली जनजिवनमा प्रसस्तै सुन्न पाइन्छ ।

तर स्वास्नीको रिसको पारो तात्यो भने डाडु पन्यु मात्र होइन रोटी पकाउने ताबाले समेत हिर्काउन पछि पर्दिनन् भन्ने कुरा एक घटनाले पुष्टि गरेको छ ।

रुसमा एक महिलाले ताबाले टाउकोमा हिर्काएर आफ्नै लोग्नेको हत्या गरेबाट घरझगडामा महिलाले प्रयोग गर्ने हतियारको प्रकारमा बढोत्तरी भएको प्रमाणित भएको हो ।

समाचार एजेन्सी आरआइए नोवोस्तीका अनुसार घटना पश्चिमी रुसको युराल्स क्षेत्रस्थित ओरेनबर्ग सहरमा भएको हो ।

प्रहरीका अनुसार ती महिलाको ताबा प्रहारबाट ५० वर्षीय पतिको टाउकोमा गम्भिर चोट लागेको थियो । गम्भिर अवस्थामा उपचारका लागि अस्पतालमा भर्ना भएका उनको इहलिला अर्को दिनमै समाप्त भयो ।

नाम नखुलाइएकी ३६ वर्षकी ती महिलाले आफुले झगडाको दौरान रिसको झोँकमा लोग्नेलाई ताबाले हिर्काएको स्विकारेकी छिन् ।

लोग्नेको हत्या गर्ने ती महिलालाई १५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।अनलाइनखबर

Saturday, April 28, 2012

श्रीमतीको शवसँग ६ घण्टा सेक्स ! यस्तो नि कानुन बन्दै I

नेपालका कानुन दैवले जानुन् भन्ने उखान छ । तर यो दुनियामा हाम्रो देशमा भन्दा अरु देशमै नियम कानुन अनौठा तथा जब्बर हुँदा रहेछन् जसलाई दैवले पनि बुझ्न गाह्रो छ । यस्तै अनौठो तथा विवादास्पद कानुन इजिप्टमा बन्दैछ ।

एजेन्सीहरुका अनुसार इजिप्टमा ‘अन्तिम संस्कार सम्भोग कानुन’ बन्ने भएको छ । यो कानुन कार्यान्वयन भएपछि हरेक श्रीमानले आफ्नी श्रीमतीको मृत्यु भएपछि पनि मृतक श्रीमतीको शवसँग मरेको ६ घण्टासम्म सेक्स गर्न पाउनेछ । मुस्लिम बाहुल्य संसदले बनाएको उक्त विवादास्पद कानुनको मस्यौदाले विवाह गर्ने न्युनतम उमेर समेत घटाएर १४ वर्षमा झारेको छ । इजिप्टको महिला परिषद्ले भने यस्तो कानुनको कडा विरोध गरेको छ ।

इजिप्टमा शवसँग सम्भोग गर्ने विषय सन् २०११ को मे मा सबैभन्दा पहिले उठेको थियो । त्यसबेला एकजना धर्मगुरुले मानिसको वैवाहिक सम्बन्ध मृत्युपछि पनि वैध रहने र महिलालाई आफ्नो मृतक श्रीमानसँग पनि सेक्स गर्न पाउने अधिकार रहेको बताएका थिए ।

इजिप्टको संसदले पुरुषलाई श्रीमतीको शवसँग सम्भोग गर्ने अधिकार सहितको कानुन बनाउन लागेको खबरले इजिप्टभरी नै निकै चर्चा पाएको छ । तर यसको बारेमा संसदले औपचारिक जानकारी भने गराएको छैन । कतिपयले पूर्व राष्ट्रपति होस्नी मुबारकका समर्थकले यस्तो हौवा चलाएको बताएका छन् ।
साभार:अनलाइनखबर

Wednesday, April 25, 2012

माच्छिसगँ यौन सम्पर्क गरेको खुलासा I

एक अमेरिकीले पोथी डल्फिन ‘माछा’ सँग यौन सम्र्पक गर्ने गरेको खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक ‘वेट गडेस’ मा सो कुरा उल्लेख गरेलगतै यो चर्चा चलेको छ ।

एक असर फोटोग्राफरको रुपमा चिनाउने माल्कोम ब्रेनरले आफुले पालेको ‘रुबी’ नामको डल्फिनसँग शारीरिक सम्बन्ध राख्दै गरेको बताए । उनले भने जब रुबीले आफ्नो पाखुरामा बिस्तारै टोक्न थालेपछि उत्तेजित हुने वताएका छन् ।

‘रुबीको खुट्टा निकै सेक्सी भएको र उसको यौन आकांक्षा पुरा गरिदिने अरु नभएकोले आफुले रुबीको यौन इच्छा पुर्ति गरिदिएको बताएका छन् ।

जनावरसित यौन सम्र्पक गर्ने आफु एक्लै नभएको दाबी गर्दै उनले भने विश्वमा रहेका १५ प्रतिशत मानिसहरु जनावरसित यौनसम्बन्ध राख्ने गर्छन । यसमा ६ जना पुरुषमा १ जना र ७ जना महिलामा एकजनाले पशुसँग यस खालको सम्बन्ध राखेको बताएका छन् ।

- ऐजेन्सिको सहयोगमा

Tuesday, April 24, 2012

पुरुष अंग स्पर्श गर्नेमा नेपाली महिला अगाडी I

दुई वर्ष लगाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको किशोरकिशोरी तथा युवा सर्वोक्षणले नेपाली समाजको यौन प्रवृत्तिमा व्यापक परिवर्तन भएको देखाएको छ । सर्वेक्षणले १२ दशमलव ९८ प्रतिशत नेपालीले विवाहअगाडि यौनसम्पर्क गरिसकेको देखाएको हो । विवाह अगाडिको यौनसम्पर्कमा महिलाको तुलनामा पुरुष धेरै अगाडि रहेको पनि अध्ययनको निष्कर्ष छ । अध्ययन प्रतिवेदन अनुसार विवाहअगाडि २३ दशमलव ०४ प्रतिशत पुरुषले यौनसम्पर्क राखेको र महिलाको हकमा भने यो प्रतिशत जम्मा तीन दशमलव ६६ प्रतिशत छ ।

मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्नेगरी १० देखि २४ वर्ष उमेर समूहका करिब नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोरकिशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । किशोरकिशोरी तथा युवाको यौन क्रियाकलाप उपशीर्षकमा उल्लेख भएअनुसार ती उमेर समूहका ४४ दशमलव १७ प्रतिशतले यौनसम्पर्क गरिसकेका छन् । यसमा विवाहित र अविवाहित दुवै सहभागी छन् । ‘यौनसम्पर्क राख्नेमा पुरुषभन्दा महिला बढी छन्’ प्रतिवेदनमा उल्लेख छ, ‘पुरुषको तुलनामा महिलाको विवाह चाडो हुने भएकाले यो संख्या बढी भएको हो ।’ प्रतिवेदनअनुसार २४ वर्षमुनिका ४९ दशमलव ४९ प्रतिशत महिला र ३८ दशमलव ०१ प्रतिशत पुरुषले यौनसम्पर्क राखिसकेका छन् ।

सर्वेक्षणले ६२ दशमलव ५८ प्रतिशतले हस्तमैथुन गर्ने गरेको जनाएको छ, जसमा ८० दशमलव १९ प्रतिशत पुरुष र २८ दशमलव ४२ प्रतिशत महिला छन् । त्यस्तै ५१ दशमलव २३ प्रतिशतले यौनसन्तुष्टिका लागि चुम्मा खाने गरेको, ५१ दशमलव ०८ प्रतिशतले अगालो मारेर यौनसन्तुष्टि लिने गरेको, ४८ दशमलव ५५ प्रतिशतले शरीरका संवेदनशील अंगमा छुने गरेको देखाएको छ ।

संवेदनशील अंगमा छुनेमा पुरुषको तुलनामा महिलाको प्रतिशत बढी रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार ४९ दशमलव २६ प्रतिशत महिलाले पुरुषको संवेदनशील अंगमा छुने गरेका छन् जबकि पुरुषको हकमा भने यो प्रतिशत ४७ दशमलव ७५ प्रतिशत छ । यौनसम्पर्कका क्रममा मुखमैथुन गर्नेमा ७ दशमलव ५४ प्रतिशत छन्, जसमा महिलाको प्रतिशत ७ दशमलव ९ प्रतिशत रहेको छ भने पुरुषको प्रतिशत ७ दशमलव २३ छ । यस्तै गुदद्वार सम्पर्कमा ४ दशमलव ८१ प्रतिशत सहभागी भएको समेत सर्वेक्षणले देखाएको छ ।

यसैगरी, सर्वेक्षणले किशोरकिशोरीको प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको समेत देखाएको छ तर किशोरकिशोरी प्रेमविवाहमै आकर्षित भएको सर्वोक्षणले देखाएको छ । ७२ प्रतिशतले प्रेमविवाहमा र ५३ प्रतिशत मागीविवाहमा रुचि देखाएको सर्वोक्षणको नतिजा छ । विवाह नगरी सगै जीवनयापन गर्ने किशोरकिशोरी तथा युवाको प्रतिशत १५ रहेको देखिएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत किशोरी अविवाहित रहेको सर्वोक्षणले देखाएको छ । सर्वोक्षणले विवाहित भएकामा पनि पहिलो बच्चा जन्माउदा औसत उमेर १९ बर्ष देखाएको आइतवारको सौर्य दैनिकले छापेको छ ।स्रोत:अनलाइन खबर