तिलविक्रम थेबे, दोहा - पाँचथर सेवा समाज दोहा कतारले गतसाता दोहामा आयोजक सहित ३२ भलिबल टिम रहेको नकआउट भलिवल प्रतियोगिताको आयोजना गरेर नेपाली समुदायका विचमा सबैभन्दा धेरै भलिवल टीम सहभागी गराउने श्रेय पाएका छन् ।
सनैया २४ नं को खेल मैदानमा बिहीवार राती ११ बजेदेखि शुरु भएको पहिलो चरणको १६ खेल र दोस्रो चरणको ८ खेल लगातार २४ घण्टासम्म चलेको थियो ।
किरात याक्थुङ चुम्लुङका सल्लाहकार दिलकिरण खजुम प्रमुख अतिथी रहेको उक्त भलिवल प्रतियोगिताका अन्य अतिथीहरु किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द तुम्रोक, एनआरएनए सदस्य जितेन भण्डारी रहेका थिए ।
प्रतियोगिता सफल पार्न पाचथर सेवा समाजका तर्फबाट संरक्षक हिमाल मैनाली, अध्यक्ष छविरमण कटुवाल, सल्लाहकारत्रय चन्द्र नेउपाने, दिलीप मैनाली,सुजन लिम्बु, सचिवद्धय लिला लावती र मानबहादुर खड्का तथा कोषाध्यक्ष सन्तोष गौतमको अग्रणी र सक्रिय भुमिका रहेको थियो ।
खेल व्यवस्थापकहरु नविन सुब्बा, दुर्गा गुरुङ्ग, विनोद तामाङ्ग, चुडामणी चौधरी रहेका थिए । लिला लावतीको संचालन रहेको सो प्रतियोगिताको उदघाटन प्रमुख अतिथी खजुमले गरेका थिए भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष छविरकण कटुवालले गरेका थिए ।
खेला आयोजक सस्थाका अनुसार समयाभावको कारणले वाकी खेल आगामी शुक्रबार १० बजे शुरु हुने भएको छ । यसअघि नै झापालाई पराजित गर्दै गुल्मी सेवा समाजले सेमी फाइनलको यात्रातय गरिसकेको छ भने तेस्रो चरणका बाकी खेलहरुका लागि तनहुँ भानुमती सनैया १० संग, स्याङ्जा चौवारी युनाइटेड पोखरासंग र बागलुङ सेवा समाजका खेलाडीहरु पाल्पाका खेलाडीहरुसंग भिडन्त गर्नेछन् ।
एकातिर आकर्षक प्रतिस्पर्धामा ५ ओटा भलिबल समेत फुट्ने गरी खेलाडीहरुले कडा सटहरु प्रहार गरिरहेको देखिन्थ्यो भने अर्कातिर दर्शकहरुले प्रचन्ड गर्मी र निंद्राको समेत वास्तै नगरी नेपाली समुदायका विचको खेल प्रतिस्पधामा खेलाडीहरुलाई हौस्याउदै खेलको भरपुर मजा लिइरहेका थिए ।

0 comments:
Post a Comment