काठमाडौ, जेठ ११,
संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजीनामाबारे पक्ष–विपक्षमा उभिएका मुख्य दलहरुबीच आज बिहीबार पनि छलफल हुँदैछ । संयुक्त छलफल अघि उनीहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा अहिले केहीबेरमा बस्दैछ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पनि दिउँसो एक बजेका लागि तय भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
एमाले पनि बैठकको तयारीमा छ । आन्तरिक छलफलपछि माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान निर्माण र म्याद थपबारे छलफल हुने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । तर समय भने तय भएको छैन ।
संविधानसभाको म्याद तीन महिना थप्ने सरकारको प्रस्तावमा कांग्रेस र एमालेले असहमति जनाएपछि संविधानसभाको भविष्य नै अन्योलमा परेको छ । कांग्रेस र एमालेले १४ गते अघि नै संविधान घोषणा गर्न सकिने निष्कर्ष निकाल्दै संविधानसभाको म्याद थप नगर्ने निर्णय गरेका हुन् ।
अहिले जति सकिन्छ संविधान जारी गर्ने र विवादित विषयलाई रुपान्तरित संसदबाट टुंग्याउने विषयमा कांग्रेस र एमाले एकमत देखिएका छन् । दुबै दलले प्रधानमन्त्री डा. बावुराम भट्टराईले जेठ १४ अघि नै राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।
र माओवादी र मधेसी मोर्चाले भने संविधान घोषणा हुने पक्का नभएसम्म प्रधानमन्त्री डा. बावुराम भट्टराईले राजिनामा दिन नहुने निर्णय गरेका छन् । कांग्रेसले आफू सरकारबाट हट्ने बताइसकेको छ ।
संविधान घोषणा गर्ने समय केही घण्टामात्र बाँकी रहेका दलहरु म्याद थप र प्रधानमन्त्रीको राजीनामाबारे पक्ष विपक्षमा उभिएपछि अन्योल झन् बढेको छ । राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका विवाद यथावत रहेकाले अबको चार दिनमा संविधान घोषणा हुने आधार देखिएको छैन । -उज्यालो नेटवर्क

0 comments:
Post a Comment